आइतबार, माघ २७, २०८१

काठमाडौंस्थित भारतीय राजदूत रायलाई देशनिकाला गरिंदैछ भन्ने मिडियामा हल्ला गर्ने को ?

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ असोज २९ गते ०:५६

फोटो-द काठमाण्डु पोष्ट

२०१३ अक्टोबरदेखि २०१७ फेब्रुवरीसम्म नेपालका लागि राजदूत रहेका रनजित रायको हालै आएको पुस्तक ‘काठमाडौं डिलेमा (रिसेटिङ इन्डिया–नेपाल टाइज)’ले बिभिन्न खालका विवाद र बहस निम्त्याउने नेपाल प्रसङ्ग बाहिर ल्याएको छ ।

नेपालमा भारतीय नाकाबन्दी, महाभूकम्पको काल, संविधान निर्माणको अवधी जस्ता मुख्य क्षणहरुमा नेपालका लागि राजदूत रहेका रायले आफ्नो पुस्तकमा आफूलाई नेपालबाट ‘पर्सना नन ग्राटा’को कारवाहीसहित तत्कालिन सरकारले देशनिकाला गर्न चाहेको एउटा सन्दर्भ समेत लेखेका छन् ।

दिल्लीस्थित जेपाली राजदूत दीपकुमार उपाध्यायलाई पनि ओली सरकारले फिर्ता बोलाउने निर्णय गरेको र लगत्तै काठमाडौंमा रहेका भारतीय राजदूतलाई पनि अवान्छित राजनीतिक गतिबिधिका कारण देश फिर्ता गर्न लागिएको भन्दै भारतीय केही मिडियामा समाचार आएपछि यसबारेमा राजदूत रायले सोधपुछ थालेका थिए । यस्तो समाचारबारेमा प्रष्ट हुन भारतीय विदेश सचिव एस. जयशंकरदेखि नेपालमा परराष्ट्र मन्त्री कमल थापासँग भएको फोन संवादले धेरै कुरा उजागर गरेको रहेछ ।

त्यही खोजीका क्रममा दिल्लीस्थित कान्तिपुरका पुर्व संवाददाता एवं तत्कालिन अवस्था (२०७२) सालमा प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारमार्फत आफ्ना बिरुद्धमा मिडिया क्याम्पेन गरिएको रहस्य राजदूत रायले खुलाएका छन् । त्यसरी बिगतमा दिल्ली संवाददाता भएर र पछि प्रधानमन्त्री ओलीकै घेराभित्र सल्लाहकार बनेका एकैजना पत्रकार थिए— गोपाल खनाल ।

आश्चर्य, प्रधानमन्त्री ओलीको दोस्रो कार्यकालमा गोरखापत्र संस्थानको सल्लाहकार सम्पादक बनेका उनै राजनीतिक भक्त एवं कार्यकर्ता खनाल अहिले भने बिगतमा आफैंलाई हटाइएको कान्तिपुर मिडियामा ‘देउवाको असफल परराष्ट्र नीति’ भनेर सन्देशमूलक पाठ सुनाउन थालिसकेका छन् ।

हिजोसम्म ओलीले बिगारेको चीन तथा भारतसँगको सम्बन्ध वा एमसीसीदेखि बीआरआइसम्मको असफलताबारे केही नबोल्ने तर देउवा सत्तामा आएको ३ महिना पनि नबित्दै परराष्ट्र नीतिको असन्तुलन भनेर ढोंगी चरित्र देखाउने यी पात्रको छेपारे रंग देखेर काठमाडौंको बौद्धिक बर्ग आश्चर्यमा डुबेको छ ।

तपाइँको प्रतिक्रिया