आइतबार, जेठ ६, २०८१

चीनले अन्तरिक्ष स्टेशनमा ६ महिनाकालागि दोस्रो टोली पठायो

नेपालप्लस संवाददाता२०७८ असोज ३० गते १३:४१

Image credit: CCTV via space.com

चीनले शनिबार आफ्नो अन्तरिक्ष स्टेशन मा छ महिने मिशनको लागि तीन सदस्यीय टोली पठाएको छ । चिनियाँ अन्तरिक्ष यात्रीहरुद्वारा अन्तरिक्षमा जति समय बिताईएको छ त्यो भन्दा बढी समय बिताएर एक नयाँ कीर्तिमान स्थापित गर्ने चीनले योजना बनाईएको छ ।

एपी न्युजका अनुसार तीन अन्तरिक्ष यात्री बोकेको शेन्झाउ -१३ अन्तरिक्ष यान शनिबार बिहान १२:२५ बजे लंग मार्च -२ एफ रकेटद्वारा प्रक्षेपण गरिएको थियो ।

यो चालकदलले पहिले तिन महिना बाहिर बिताएको थियो । ती चालक दलका सदस्यहरूले दुई स्पेसवाक सञ्चालन गरेका थिए ।

नयाँ चालक दलमा अन्तरिक्ष यात्राको लागि ५५ वर्षीय पायलट झाई झिगाङ र ४१ वर्षकी वाङ यापिङ छन् । मिसनमा एक मात्र महिला छन् । ४१ वर्षीय ये ग्वाङफुले अन्तरिक्षको पहिलो यात्रा गर्दै छन् ।

चीनको सैनिकद्वारा संचालित अन्तरिक्ष कार्यक्रमले आगामी दुई वर्षमा धेरै चालक दल पठाउने योजना बनाएको छ । यसलाई पूर्ण रुपमा कार्यान्वयन ल्याउने कोसिस गरिरहेका छन् । शेन्झाउ -१३ त्यो अन्तरिक्ष संरचनाको लागी पाँचौं मिशन हो ।

उनीहरुले अन्तरिक्षमा आपूर्तिहरु प्रदान गर्नको लागि बिना चालक दलको यात्राहरु पनि गरिसकेका छन् ।

एपीका अनुसार चीनको विदेश मन्त्रालयले शुक्रवार अन्तरिक्षको शान्तिपूर्ण उपयोगमा अन्य राष्ट्रहरुसँग सहयोग गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

तपाइँको प्रतिक्रिया

फेसबुक