आइतबार, वैशाख २३, २०८१

एनआरएनए एनसिसी विश्व भेलाका सात निष्कर्ष कार्यान्वयन गर्न सुझाव, पुरा नगरे अर्को कदम चालिने

नेपालप्लस संवाददाता२०७८ कार्तिक ९ गते २०:१५

गैर आवाशिय नेपाली संघ (एनआरएनए) लाई निकास दिन गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्हरुको विश्व भेलाले सर्वसम्मतिबाट सात वटा निष्कर्ष निकाल्दै पत्रकार सम्मेलन मार्फत मंगलवार सार्वजनिक गरेको छ ।

नेपालमा हालै भारी बेमौसमी वर्षाका कारण बाढी पहिरोमा परि भएको धन जनको क्षतिप्रति एनसीसीहरुको तर्फ़बाट गहिरो दुख ब्यक्त गर्दै पीडित परिवार र समुदायलाई सहयोग गर्न एनसीसीहरुले आआफ्नो तर्फबाट सक्दो सहयोग जुटाउने र आपसी समन्वय गरि पठाउने निर्णय गरेको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्बाट एउटै विषयमा एनसीसीहरुलाई भिन्नाभिन्नै पत्र पठाउनु असमान व्यवहार भएको हाम्रो निश्कर्ष समेत निकालेको छ । आइसीसीले सबै एनसीसीहरुलाई समान व्यवहार गर्न नसक्नु तथा आइसीसीका पदाधिकारीहरु नै चुनावमा होमीने भएपछि आफ्नो अनुकूल स्थिति बनाउन यस्ता कामहरु गरिएको हामी एनसीसीहरुको भोगाइ र बुझाइ रहेको उल्लेख गरेको छ । आइसीसीको निर्वाचन परिणामलाई प्रभावित गर्न एनसीसीको निर्वाचन तथा डेलिगेट्स चयन प्रक्रियामा हस्तक्षप गर्ने वातावरण अन्त्य गर्न हामी माग गरिएको छ ।

गैरआवासीय नेपाली संघ नेपाल सरकार परराष्ट्र मन्त्रालयमा दर्ता भएकाले संस्था भित्रका विवाद सम्बन्धमा सुनुवाइ नभएको अनुभूति गरेपछि नियामक निकायमा जानु स्वाभाविक भएको हाम्रो ठहर गरेको छ । परराष्ट्र मन्त्रालयले दिएको सुझाव र सल्लाहलाई संघको विधान मुताविक कार्यान्वयन गर्न संघको वर्तमान नेतृत्वलाई आह्वान समेत गरेको छ । निष्कर्षमा भनिएको छ “मन्त्रालय, नेपाल सरकार वा कुनै दल विशेषलाई आरोप लगाउने काम कुनै पनि संस्थाको जिम्मेवार पदाधिकारीलाई सुहाउने काम होइन । त्यसो नगर्न पनि हामी आग्रह गर्दछौं ।”

संघको विधानको गलत व्याख्या गरेको भन्दै नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई विश्व सम्मेलनमा भाग लिन नदिने काम न्यायोचित हुन नसक्ने उल्लेख गरेको उल्लेख गर्दै भनिएको छ “यस सम्बन्धमा पुरानै प्रचलित अभ्यास अनुसार गर्नु भन्ने परराष्ट्र मन्त्रालयको स्पष्ट सुझाव तथा संघको विधानको मर्म र भावना अनुरुप ६५ प्रतिशत डेलिगेट्स चयन गर्ने जिम्मा २०२१-२३ का लागि निर्वाचित कार्यसमितिको नै हो भन्ने ठहर यो विश्व सम्मेलनले पनि गरेको छ। त्यसैले सोहि अनुरुप गर्न गराउन अनुरोध गर्दै यसको तुरुन्त कार्यान्वयन गर्नका लागि यो सम्मेलन केन्द्रीय समिति समक्ष जोडदार माग गर्दछ ।

गैरआवासीय नेपाली संघको विधानको व्यवस्था बमोजिम २ वर्ष भित्र महाधिवेशन गर्न नसकेको कारणले संघको विधानको धारा १६ (१) को (४) मा उल्लेख भए बमोजिम संस्थाको साख बचाउन पहल गर्नुपर्ने जिम्मेवारी संरक्षक परिषदमाथि आइपुगेको भेलाले निष्कर्ष निकालेको छ ।

संघको इतिहासमै उत्पन्न अभूतपूर्व संकटलाई हालै कार्यकाल पुरा गरेको आइसीसी, नव निर्वाचित आइसीसी सदस्यहरु, सल्लाहकारहरु तथा हामी सम्पूर्ण एनसीसीहरुसंग छलफल र परामर्श गरी निकास निकाल्ने वैधानिक दायित्व पुरा गर्न संरक्षक परिषद अग्रसर हुने विश्वास पनि ब्यक्त गरिएको छ । संघलाई वर्तमान संकटबाट मुक्त गर्न आवश्यक जस्तोसुकै पहल कदमी लिन पनि एनसीसीहरु तैयार रहेकोमा भेलाले जोड दिएको निष्कर्षमा उल्लेख छ । एमआइएस (सदस्यता सूचना प्रणाली) मा अनियमितता रहेको भन्दै त्यसलाई छानबिन गर्नुका साथै निर्वाचन समितिसंग समन्वय गरी संघको दशौँ महाधिवेशन तथा स्वतन्त्र र निस्पक्ष निर्वाचन संम्पन्न गर्ने काममा संरक्षक परिषदलाई पूर्ण सहयोग रहने प्रतिबद्दता जनाइ एको छ ।

त्यस्तै यो भेला २०२१-२३ का लागि निर्वाचित सम्पूर्ण आइसीसी सदस्यहरु दशौँ महाधिवेशनका लागि स्वतः प्रतिनिधि (डेलिगेट्स) मानिने व्यवस्था गर्न माग गरिएको छ ।

यी सुझावहरु तत्काल कार्यान्वयन गर्न केन्द्रीय समितिसमक्ष आग्रह गर्दै यदि यी सुझावहरु कार्यान्वयन गर्न ढीलाइ गरिए एनसीसीका सबै अध्यक्ष तथा नवनिर्वाचित आइसीसी सदस्यहरु सहभागी विश्व भेला गरी आगामी कदमबारे निर्णय लिइने निष्कर्षमा उल्लेख छ ।

गैरआवासीय नेपाली संघसँग आबद्ध राष्ट्रिय समन्वय समिति (एनसीसी) हरु मध्ये ८० प्रतिशत भन्दा बढी एनसीसी अध्यक्षहरुको सहभागितामा पहिलो विश्व भेला गत आइतवार सम्पन्न भएको दाबि यस अघिनै आयोजकहरुले गरिसकेका छन् । सोहि भेलाको निचोड निष्कर्षकारुपमा मंगलवार भर्चुवल माध्यमबाट पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो ।

संवन्धित समाचार

एनसीसी विश्व भेलामा सहभागि बनेर केन्द्रिय विवादमा एनआरएनए स्पेनलाई मुछेको आरोप

एनआरएनए एनसीसीहरुको पहिलो विश्व भेला सम्पन्न

एनआरएनए एनसिसीहरुको विश्व भेलालाई टक्कर दिन एनआरएनए अमेरिकाका शाखा अध्यक्षहरुको भेला

एनआरएनए एनसिसीहरुद्वारा आयोजित विश्व भेलाको तयारी पुरा

तपाइँको प्रतिक्रिया

फेसबुक