शनिबार, साउन १२, २०८१

कुमार पन्तको नेतृत्वमा एनआरएनए द्वारा राहत बितरण

नेपालप्लस संवाददाता२०७८ कार्तिक १० गते १३:४४

केहि दिन अघिको अत्याधिक वर्षाको कारण सुदिरपश्चिमको कंचनपुर जिल्ला महाकाली नदिमा आएको बाढिले बिस्तापित भिमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका ३०० घरधुरी बिपन्न परिवारलाई गैरआवासीय नेपाली सघंबाट राहत सामग्री हस्तान्तरण गरिएको छ।

प्रत्येक एक घर परिवारको लागी ५० किलो चामल, ३ लिटर खाने तेल, ५ किलो दाल ५ किलो आलु, ३ किलो नुन, ५ किलो प्याज, आधा किलो मसला,) १ थान त्रिपाल, २ थान म्याट, २ थान मण्डी (सिरक), १ थान बाल्टी, १ थान जग बितरण गरिएको छ ।

त्यस्तै, दैनिक प्रयोग हुने लत्ताकपडामा टि सर्ट ४ थान, टाउजर २ थान, विनसिटर २ थान, छाता १ थान रहेको छ ।

उक्त हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष कुमार पन्त प्रत्यक्ष रुपमा नै प्रभावित क्षेत्रमा पुगी अवलोकन गरेपछि पन्तकै सहभागितामा राहतका सामाग्रीहरु हस्तारण गरिएको थियो ।

पन्तले जहिले पनि मातृभूमीमा आपत विपत परेको बेला विश्वभरीका गैरआवासीय नेपालीहरुले भौतिक तथा आर्थिक रुमा सहयोग गर्दै आएको बताए । यस माननवीय कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने विश्वभरका गैरआवासीय नेपाली लगायत सम्पुर्ण माहानुभावहरुमा गैरआवासीय नेपाली संघको तर्फबाट हार्दिक कृतज्ञता प्रकट उनले गरे ।

यस राहत हस्तान्तरण कार्यक्रमका संयोजक तथा मध्यपूर्वक क्षेत्रका क्षेत्रीय उपसंयोजक मनोज कुमार श्रेष्ठ (गोर्खाली), माननर्थ परिषदका सदस्य तथा राहत कार्यक्रमका उपसंयोजक धर्मराज गिरि, राष्ट्रिय समन्वय परिषद क्यानाडा प्रतिनिधि तुला भट्टचन, राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया प्रतिनिधि तथा नेपाल पत्रकार महासघं दक्षिण कोरियाका अध्यक्ष रन्जन राज कुँवर, राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाबाट नवीन राज जोशी, स्वयंसेवक प्रदिप खनाल, स्वयंसेवक सन्जु श्रेष्ठ लगायत विभिन्न ब्यक्तिहरुले यस कार्यक्रममा सकृय सहभागीता जनाएका थिए ।

यस राहत कार्यमा पूर्व श्रम मन्त्री रमेश लेखक, स्थानीय निकायका जन प्रतीनिधिहरु, कंचनपुर जिल्ला प्रहरी कार्यलय प्रमुख प्रहरी उपरीक्षक उमा प्रसाद चतुरबेदी, कंचनपुर जिल्ला प्रशासन कार्यलय साहयक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारी, दोधरा चाँदनी नगरपालिकाका प्रमुख बिर बहदुर सुनार, भिमदत्त नगर पालिका प्रमुख सुरेन्द्र बिष्ट, उधोग बाणिज्य संघ कंचनपुरका पूर्ब उपाध्यक्ष माधब राज जोशी, संचारकर्मी, सुरक्षाकर्मी तथा स्थानीय बासिन्दाहरुले सहजीकरण तथा सहयोगीको भूमिका खेलेका थिए ।

तपाइँको प्रतिक्रिया