शुक्रबार, मंसिर ७, २०८१

निबन्ध : गौचरनको स्वर

युवराज नयाँघरे२०७८ मंसिर ५ गते १८:५१

एकाबिहानैको गौचरन छ ल्याप्फै भिजेको ! कुइरोले घेरिएको, सेतै मुस्लो छ जतासुकै । फुसफुसे धुँवाजस्तो । पुसे ठिहीले डसेको छ हरेकलाई । बिहानै आज भनिने विमानस्थलको छैवैमा उभिएको छु ।

पेटीमा जीवनको दिनचर्याले थान्कोमान्को लगाउने तरखर गरेको देखिन्छ । ठेला गाडीको लस्कर । सबै गाडीमा बेस्सरी खसेको देखिन्छ शीतको तप्प–तप्प । गम्लङ्ङ मजेत्रो गुथेका आइमाईहरुको लर्को छ ।

मसँग छन् यी पेटीको संसारतिर दगुरेका आँखा । कति कष्ट र कठोरतासँग यी अनुहार हाँस्दै छन् । नाक रसाएका र ओठ कलेँटी परेको देखिरहेको छु । हरेकका पछाडिपट्टि ससाना नानी झुण्डिएका छन् । ग्यास, स्टोभका ह्वारह्वारीमा चिया पाकिरहेको देख्छु म । तातो बाफमा यिनका अनुहारले राप पाउँछन् ।

सडक छेउको दगुरादगुर बढिरहेको छ बेस्सरी । चिया खाने र जाडो भगाउने दुइटै हतारो छ । मलाई यी दुबैबाट वरै राख्ने मन छ । मानिसका दुःख र दुःखले गिजोलेको अनुहारसँग हेलमेल गर्न खोजिरहेको छु ।

‘म त निन्द्रैमा उठाएर बूढालाई यता धकेल्छु । ऊ निदाएरै लुगा लाउँछ । निन्द्राकै तालमा गाडा धकेलेर याँ आइपुग्छ ।’

गाडा पछिल्तिर फलामे कराईमा आगो बालिएको छ । दाउरा ठोसठास नि हुन्छ घरीघरी । म त चियाको सुर्काइ र बिहानैको गौचरनमा मन फड्कार्न पुगेको पो छु ।

हरेक गाडामा छन् आइमाईहरु नै । चिया उमालिरहेका, अण्डा तारिरहेका, पाउरोटी तताइरहेका, दूध छड्काइरहेका आइमाईको हुल । गाडा मुन्तिरका चिसा पानीमा गिलास पखालिरहेका लोग्नेमान्छेको असिनपसिन छ झन् चर्को ।

तीनवटा गाडा छन् एकदमै नजिक । गाडाबाट बोली एक अर्कामा आइजाई भइरहेछ सुस्पष्ट र मज्जैले ।

‘हेर्नु न, मेरो बूढाको चालामाला । अहिले नि सुतिराकै छ । बिहान छिटो यता आऊ भन्यो, साह्रै गाह्रो मान्ने । आफूलाई नै हो भनेर कराउँदाकराउँदै एक घण्टा बित्छ !’

म समयलाई बित्ताबित्ता नापिरहेका अनुहार पढिरहेको छु । भर्भराइरहेको आगोमा दाउरा ठोसठास पार्नेहरु नि छँदै छन् । आगोबाट उडेका खरानीका कण अनुहारमा पर्छन् घरीघरी । चस्मा पुछ्छु पटकपटक ।

‘सुत्नेका कुरा नगर्नु नै राम्रो । मेरो बूढा त सुत्नैका लागि जन्मेको हो कि क्या हो । जति बेला नि उङिरहेको हुन्छ ऊ !’

अर्को ठेला गाडीबाट बोल्ने आइमाईले गिलासमा चिया छानिरहेकी हुन्छे । एउटा असन्तोष वा अस्वीकारोक्तिले चारैतिरबाट गिल्ला गरिरहेको जस्तो देखिरहेको छु म । कति च्यापिएर यो शहरमा जीवनका छाल सानातिना तरङ्गमा उठ्दा छन् ।

बिहानैको मौन गौचरन । जहाज ओर्लिने समय तालिका बनेको छैन कि ! यसका बत्तीहरु शान्त टिल्पिलाइरहेका छन्—झिप्झिप्…झिप्झिप्… राता बत्ती परका भवनतिर टाँस्सिएरै झल्मलाइरहेका देख्छु म ।

‘मरिच पिस्ने लोहोरो बूढाले कता राख्यो कता । राति उसैले मलाई त्यै लोहोरो लिएर झम्टेको थियो । बिहान गाडा धकेल्न आफूलाई हतार भइसक्यो । उसलाई सोधेको, निन्द्रैमा केके बर्बराइरहेथ्यो । मैले त क्यै बुझिन !’

सुत्न नपाउने गुनासो । धेरै सुतेको गथासो । यी दुबैका तर्कनाले वरिपरि गुञ्जायमान भइरहेको छ । मेरा मुखमा कालो चिया र कानमा गनगनले स्वाद सजाउन पुगेका छन् । आगोको तातो र वातावरणलाई अँगाल्न सक्ने मनलाई तारबेरा पारेको हर्ष पनि छ परेली छेउकुनामा ।

‘म त निन्द्रैमा उठाएर बूढालाई यता धकेल्छु । ऊ निदाएरै लुगा लाउँछ । निन्द्राकै तालमा गाडा धकेलेर याँ आइपुग्छ । कुम्भकर्णेसँग जोडिन पुगेँ, खोई कसरी चल्छ भोलिको जीवन ?’

तेस्रो पसलमा एउटी पातली आइमाई स्टोभमा अण्डा उसिन्दै बोलिरहेकी छ ।
घरपरिवार र समाजमा गति दिन निन्द्राको विपक्षमा बोलीले यहाँ साक्षी बसेको भेटिरहेको छु म । जाडो बेस्मारी बढेको छ । स्याँठ र कुइरोले कति धेरै सामथ्र्य देखाइरहेको छ भने—गाडाको माथ्लो छानाबाट तप्प–तप्प पानीका थोप्ला बर्सिरहेका छन् निरन्तर ।

फेरि दाउरा ठोसठास पारे । मेरा अनुहारमा खरानी उडेर परे । चस्मा पुछ्नलाई हम्मेहम्मे भइहाल्छु म । बाफ र खरानीको दोहोरो मार एकै पटक ।

अर्को गाडा सर्दैसर्दै नजिक आयो । साँघुरिएर बसेको ठेलामा म हेर्छु—त्यसमा रहेका आमाछोरी । अब यिनको आवाज कतिखेर आउला हँ ? यो आशामा छु । भत्कियो पनि तुरुन्तै प्रतीक्षाको बाँध । जितेको खुसीमा दाउरा ठोसेँ मैले नै ।

‘लोग्नेमान्छेले हात बाँधेर हुन्छ ? तीन खेपसम्म उठ भनेँ, अल्छी गर्‍यो । अनि चुकुल लगाएर हिँड्यौँ आमाछोरी । कम्ताको रिस उठेन मलाई त । एक बाल्टिन पानी खन्याउन मन थियो मलाई । उसले निन्द्रा पुगेन भन्दैमा आफ्नो कामदाम रोक्न मिल्छ ?’

उनीहरु आगो छेउमा उभिएर कुरा नि गर्न भ्याउँछन् । हात सेकेर, चुरा मिलाउँदै र निधारको टीको छामेर निन्द्राबारे भनिरहेका हुन्छन् । बेलुका पाँचै बजे सुतेर बिहानको तीन बजे गाडा नधकेले पेटीमा ठाउँ पाइन्न रे !

उनीहरुले गाडा ढिलो ल्याएको कुराको कारण खुल्यो । जति उज्यालो भइरहेको छ—उति नै ठिहीमा हात फुलेका छन् । सडक पेटीमा निकै गाडा बढिरहेका छन् । रोजगारीसँग जोडिएका यी कर्मठ ज्यान । ज्यानसँग जोडिएका आरामविरामका कुरा । अरुभन्दा अर्थतन्त्रको एउटा गतिशील लहर ।

मैले फेरि एक कप कालो चिया खाएँ । ‘मरिच हाल्नु भएनछ !’ पिँधसम्मको चिया पिएर मैले सोधेँ ।

‘मरिच पिस्ने लोहोरो बूढाले कता राख्यो कता । राति उसैले मलाई त्यै लोहोरो लिएर झम्टेको थियो । बिहान गाडा धकेल्न आफूलाई हतार भइसक्यो । उसलाई सोधेको, निन्द्रैमा केके बर्बराइरहेथ्यो । मैले त क्यै बुझिन !’

निन्द्राको कुरो यहाँ नि आयो । मैले सुनिरहँदा पनि त्यो निदाउनसम्म निदाएको अनुहारको पत्रे रुप एक खेप आयो । सपनाभन्दा चेतनाको थकानमा पराजित त्यो सन्तप्त अनुहारलाई केलाउन खोजेँ मैले ।

म बसेको पूर्वपट्टि ठेला थियो । त्यहाँ अत्यन्तै किशोरी उमेरकी आइमाई ठेलामा उभिएरै पाउरोटी र चिया बेचिरहेकी थिई धमाधम ।

‘जति बोलाउँदा नि नआउनेलाई के गर्नु मैले । लु, सुतिराख भनेर म त गाडा ठेलेरै आएँ । कुन दिन सधैंलाई सुत्ने गरी मुड्की बजार्छु अनि थाहा पाउँछ !’  किशोरीको रोष कडा देखियो निकै ।

अरुजस्तो सुती खाने सम्पत्ति मसँग छैन !’ यति सुनेपछि मैले अनुहारमा आएको खरानीको धुलो छोडिदिएँ । धुँवामा अरुका अनुहार सिलिङबिलिङ देखेँ । कुइरो झन् चिसो ओकलेर गौचरनभरि फैलेको थियो । गाडामा ओसका थोपा खसिरहेथे तप्पतप्प ।

जीवनको दौडमा निन्द्राले किन बढी ठाउँ लियो ? यी पेटीमा चिसोसँग जुधिरहेका अनुहारले हुत्याएको प्रश्न पनि त थियो यो ।

उनीहरु आगो छेउमा उभिएर कुरा नि गर्न भ्याउँछन् । हात सेकेर, चुरा मिलाउँदै र निधारको टीको छामेर निन्द्राबारे भनिरहेका हुन्छन् । बेलुका पाँचै बजे सुतेर बिहानको तीन बजे गाडा नधकेले पेटीमा ठाउँ पाइन्न रे !

पेटीमा ठाउँ पाउन नि पुरानिनु पर्‍यो । त्यसका लागि धेरै निन्द्रा गुमाउनै पर्‍यो । नत्र ठाउँ पाइन्न कहिल्यै फेरि ।

निकै मोटो अनुहारकी आइमाईले गलबन्दी गुथ्दै भनेकी थिई—‘एउटा खाटमा छोरो सुतिरहेथ्यो । अर्को खाटमा बढेकी छोरी सुतेकी थिई । म चैँ बूढालाई आफूले ओढेको सिरक समेत खापेर गाडा ठेल्न जर्‍याकजरुक उठेँ ।’

‘अरुजस्तो सुती खाने सम्पत्ति मसँग छैन !’ यति सुनेपछि मैले अनुहारमा आएको खरानीको धुलो छोडिदिएँ । धुँवामा अरुका अनुहार सिलिङबिलिङ देखेँ । कुइरो झन् चिसो ओकलेर गौचरनभरि फैलेको थियो । गाडामा ओसका थोपा खसिरहेथे तप्पतप्प ।

हरेक कुरामा निदाउनेहरुलाई देखेका छैनन्—यी पेटीका गाडावालले । देखेका क्षण कति क्षुब्ध र आहत हुन्थे होलान् । यी स्वरको आलाप कति बढ्थ्यो होला—निदाउनेको चर्तिकला देख्ता । देश सुतुवाहरुको हातमा परेको त छैन ?

तपाइँको प्रतिक्रिया