बुधबार, वैशाख १९, २०८१

सदस्यबाट दस्तुर लिएर केन्द्रमा नबुझाउने १० एनआरएनए एनसिसीको सूची सार्वजनिक

नेपालप्लस संवाददाता२०७८ मंसिर २० गते १९:०८

गैर आवाशिय नेपालीहरुबाट वार्षिक सदस्यता शुल्क लिएरपनि केन्द्रमा बुझाउनुपर्ने दस्तुर नबुझाउनेमा गैर आवाशिय नेपाली संघ (एनआरएनए) का १० वटा राष्ट्रिय समन्वय परिषद (एनसिसी) हरुको सूची सार्वजनिक भएको छ ।

यहि डिसेम्वर १५ मा हुने निर्वाचनकालागि प्रमुख निर्वाचन अधिकृत लिला मणी पौडेलले  केन्द्रमा सदस्यताबापत तिर्नुपर्ने सदस्यता दस्तुर नतिरेको भन्दै १० वटा एनसिसीहरुको सूची सार्वजनिक गरेका हुन् ।

त्यसरि सदस्यता शुल्क नतिर्ने एनसिसीहरुमा एनसिसी क्यानडा, एनसिसी कोष्टारिका, एनसिसी अमेरिका, एनसिसी जापान, एनसिसी फिलिपिन्स, एनसिसी बेलारुस, एनसिसी साईप्रस, एनसिसी युके, एनसिसी अष्ट्रेलिया छन् ।

त्यसैगरि एनसिसी युनाईटेड अरब इमिरेट्सका १८८७ सदस्य मध्ये ५०० जनाको मात्रै शुल्क बुझाइएको निर्वाचन समितिले जारि गरेको सूचनामा छ । साथै युएईमा अधिवेशन समेत नभएको उल्लेख छ ।

यदि निर्वाचन समितिले तोकेको समयसम्म यि उल्लेखित १० एनसिसीले केन्द्रमा बुझाउनुपर्ने सदस्यता शुल्क नबुझाएमा निर्वाचन प्रक्रिया, महाधिवेशनमा भाग लिन नपाउने संभवना बलियो छ ।

यस अघिनै आफूहरुसित सदस्यता शुल्क लिएर केन्द्रमा तिर्नुपर्ने दस्तुर नतिरेको भन्दै एनसिसी अष्ट्रेलियामा विवाद शुरु भैसकेको छ । यदि एनसिसीहरुले सदस्यहरुको केन्द्रलाई बुझाउनुपर्ने दस्तुर नबुझाएमा यो विवाद अन्य एन सिसीहरुमापनि बढ्ने देखिन्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक