मंगलबार, वैशाख १८, २०८१

स्विजरल्याण्डमा एक जना भोक हडतालकर्ताको मागमा संसदनै झुक्न बाध्य

नेपालप्लस संवाददाता स्विजरल्याण्ड२०७८ मंसिर २६ गते ११:५३

उनको अनशन ३९ दिनसम्म चल्यो । तर यो लायक थियो । स्विस नागरिक गुइलेर्मो फर्नान्डेजले अन्ततः आफ्नो मुद्दा जिते । नोभेम्बर १ बाट विहान देखि रातीसम्म यि बाबु बनिसकेका ब्यक्ति बर्नको संघीय स्क्वायर (चोक) मा बसेर “हाम्रा बच्चाहरुको मौसमको लागी भोक हड़ताल” लेखिएको चिन्ह बोकेका थिए ।

उनले जलवायु परिवर्तनबाट उत्पन्न समस्याले भविष्यदेखि आफू डराएको बताए । र पारिस्थितिकिय प्रणालीका मुद्दाहरूमा आईपीसीसी (जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल) का विशेषज्ञहरूद्वारा संसद गठन गर्न आग्रह गरे । किनभने जलवायु परिवर्तनले विश्वभरि अनिकाल पार्ने, वायु प्रदुषणले संसार खत्तम बनाउने लगायतका मुद्दा उनले उठाएका थिए ।

स्विजरल्याण्डको राजधानी बर्नको संसद भवन अगाडि जलवायु परिवर्तनका मुद्दा राज्यले संवोधन गर्नै पर्छ भन्दै बोर्ड समातेर निरन्तर भोक हडतालमा बसेका एक्लो ब्यक्तिको मुद्दा सुन्न अन्तत स्विस सरकार बाध्य भयो । उनले स्विस संसदलाई झुकाएरै छोडे ।

बिहीवार डिसेम्बर ९ मा नेशनल काउन्सिलका अध्यक्ष इरेन कालिनले उनको अनुरोध स्वीकार गरेको जेनेभा दैनिक ‘ल कुरियर’ ले रिपोर्ट गरेको छ ।

उनी मे २ मा निर्वाचित अधिकारीहरू र वैज्ञानिकहरू बीच एक प्रशिक्षण दिन आयोजना गरिएको कार्यक्रममा बोल्न प्रतिबद्ध भएका छन् । उनले त्यस दिन आफ्नो भोक हडताल र आफूले उठाएका मुद्दाबारे बोल्ने छन् । विश्व जैविक विविधता परिषदको पछिल्लो रिपोर्टहरूमा जुलाईको मध्यमा जलवायु परिवर्तनबारे ब्रीफिंगहरू पनि आयोजना गरिने छ।

“यी रिपोर्टहरू जलवायु समस्याहरूको सन्दर्भमा भरपर्दो र बारम्बार उद्धृत गरिएका स्रोत हुन् । त्यसकारण सांसदहरूले नतिजाहरू छिट्टै र प्रत्यक्ष रूपमा थाहा पाउनु पर्छ” उनले भोक हडताललाई उल्लेख नगरी एक विज्ञप्तिमा भने ।

उनको भोक हडताल सकियो । र गुइलेर्मो फर्नान्डेजले फेरि खाना खान थालेका छन् । उनका अनुसार उनले “सानो कदम” लिएका हुन् । “हामी, नागरिकहरूले सांसदहरूलाई जलवायु परिवर्तनका असर र महत्वबारे थाहा छ भनेर भन्न सक्षम हुने छौं । मैले नारा बोकेका बेला, जलवायु परिवर्तनका मुद्दा उचालेका बेला दिनमा र त्योपनि संसदभित्रै आयोजित कार्यक्रममा उपस्थित हुन अस्वीकार गर्नेहरूले थाहा पाउनेछन् । जो उपस्थित हुन्छन् र केहि गर्दैनन् त्यो हामीलेपनि तिनबा बारेमा थाहा पाउनेछौं” उनले भनेका छन् ।

उनले स्थानीय अखबार ल लिबर्तेलाई भने “मेरो दृष्टिकोण सफल भएको तथ्यले यो नारालाई वैध बनाएको छ ।”

उनी आफ्नो सम्पूर्ण समय जलवायु परिवर्तनको लडाईमा समर्पित गर्न चाहन्छन् । विशेष गरी उनले आफ्नो कार्यको समर्थन गर्न साथ दिने, समर्थन गर्नेको नेटवर्कलाई धन्यवाद दिएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक