शनिबार, वैशाख १५, २०८१

एनआरएनएको निर्वाचन मिति उहि, सहमतिकालागि अन्य कार्यतालिक स्थगित

नेपालप्लस संवाददाता२०७८ मंसिर २९ गते २३:०३

गैर आवाशीय नेपाली संघ (एनआरएनए) ले घोषणा गरेको निर्वाचनको मिति नबदलेपनि अन्य कार्यतालिका भने स्थगित भएको छ । अध्यक्षका प्रत्यासी कुल आचार्य, डा. बद्रि केसी र रबीना थापाबिच सहमतिकालागि अन्तिम प्रयास भैरहेकाले निर्वाचनका अन्य प्रक्रिया स्थगित गरिएको हो ।

तर एन आर एन एले प्रकाशित गरिएको सुचनामा भने एनआरएनएको निर्वाचनकालागि उपलब्ध हुनुपर्ने मतदाता सुची पूर्णरुपमा प्राप्त नभैसकेकाले छनबिन प्रक्रिया प्रभावित भएको एनआरएनए द्वारा १५ डिसेम्वर बुधवार प्रकाशित सुचनामा जनाईएको छ ।

छानबिन प्रक्रिया प्रभावित भएको कारण देखाउँदै एनआरएनएले यस अघि प्रकाशन भएका निर्वाचन मिति बाहेकका सबै कार्यतालिका स्थगित गरेको उल्लेख गरेको छ ।

नयाँ निर्वाचन प्रक्रियाको कार्यतालिका पछि प्रकाशित गरिने जनाईएको छ । तर वास्तविकता भने सुचनामा जनाएजस्तो होइन ।

नेपालप्लस स्रोतका अनुसार एनआरएनएको आगामी नेत्रित्वकालागि खास गरि अध्यक्ष पदका प्रत्यासी डा केसी, कुल आचार्य र रबीना थापाबिच सहमतिको प्रयास चलिरहेकाले उमेदवारी मनोनय, दाबी बिरोध लगायतका निर्वाचन प्रक्रिया स्थगित गरिएको हो ।

सहमतीका लागि बुधवार साँझपनि त्रिपक्षिय उमेदवारहरु राखेर पूर्व अध्यक्षहरु र अध्यक्ष कुमार पन्त बिच छलफलको प्रयास भएको छ ।

सहमती गर्न केहि दिन लाग्नसक्ने हुनाले निर्वाचनको मितिलाई यथावत राखी निर्वाचनका अन्य प्रक्रिया स्थगित गरिएको हो । उमेदवारी मनोनयन, दर्ता, प्रतिनिधिको अन्तिम नामावली प्रकाशन र दाबि बिरोधलाई सहमतिपछि प्रकाशन गरिने छ । वा कुनैपनि सहमति नभएमा अर्को सुचना मार्फत् जाकारि दिईने भएको छ ।

तपाइँको प्रतिक्रिया