शनिबार, वैशाख १५, २०८१

एनआरएनमा ‘रअ’ को प्रवेश ?

महेन्द्र पौडेल२०७८ पुष २७ गते १८:५२

धेरै मानिसलाई लागिरहेको छ, गैर आवासीय नेपाली संघमा विवाद किन भइरहेको छ ? के यो नेतृत्वको विवाद हो? यसभित्र केवल पदको मात्र लडाईँ होला? पक्कैपनि होइन । गैर आवासीय नेपाली संघभित्र जतिपनि विवाद छन् ती एउटा छलफलले टुंगाईरहेको हुन्छ । तर यसपटकको विवाद लामो छलफलपश्चातपनि नटुंगिएको प्रष्ट देखिन्छ । नेकपा एमालेको सरकारपछि बनेको पाँचदलिय गठनबन्धनसहितको नेपाली कांग्रेसको सरकार छ । यसै सरकारको परराष्ट्र मन्त्रालयले पहिलोपटक एनआरएनमाथी हस्तक्षेप बढायो । यो क्रम दोहोरो तेहोरोसम्म चल्यो । वर्तमान नेतृत्व परराष्ट्रको हस्तक्षेप विरुद्ध अदालतसम्म गए । तर सदस्यता, नामावली विभिन्न देशभित्रका चुनाव बैधानिक अबैधानिक वा गैर प्रतिनिधि यी सबै भन्ने कुराहरु मात्र हुन् । मुख्यकुरा सन् २००३ देखि बनाइएको यस संस्थाको आवरण अहिले प्रष्ट हुन आएको छ ।

के हो त त्यो आवरण यसलाई बृस्तृत रुपमा बुझौं पहिला ।

यस संस्थाको डिजाइनरका रुपमा भीम उदासलाई मानिन्छ । बौद्धिक प्रोफेसरकारुपले चिनिएका उदासले संस्थाको संयोजकको रुपमा उपेन्द्र महतोलाई अघि बढाएका थिए । लामो समय अध्यक्षको नेतृत्व गरेका महतोको पहिलो कार्यकाल हल्लाखल्लामै बित्यो । संस्थाको बिधान बनेको थियो । तर गैर आवासीय नियमावली बनेको थिएन । बिधानभित्र देश छाडेर बिदेश गएकाहरु ६ महिनाभन्दा बढी बसेका आधारमा गैर आवासीय नेपाली कहलिन्थे । सार्कराष्ट्र भनेर किटान गरिएको थिएन । त्यसैले देशबाहिर बसेका भनेपछि भारतमा बसेका नेपालीपनि गैर आवासीय हुन् भन्ने भो ।

त्यसैले पहिलो सम्मेलन सन् २००३ अक्टोबरमा पत्रकारसम्मेलन रिपोर्टस क्लवमा गरिएको थियो । त्यतिबेला भारतमा आफ्नो करियर बनाएकी जल्दीबल्दी नायिका मनिषा कोइरालाईपनि बोल्न निम्त्याइएको थियो । म त्यसबेला हिमालय टाइम्सबाट रिपोर्टरको रुपमा पुगेको थिएँ । मनिषा कोइरालाले ५० लाख लगानी गरेर नेपालमा फिल्म बनाउने उद्घोष गरेकी थिइन् । उनको फिल्ममा उपेन्द्र महतोले समेत लगानी गर्ने भनिएको थियो । यद्यपि यो भन्नुको मतलब नेपालभन्दा बाहिर ६ महिनाभन्दा बढी बसेका जो कोहीपनि गैर आवासीय नेपाली भनिन्थ्यो ।

रसियामै बसेका रसियामै रमेका केही युवाहरु मध्येबाट जीवा लामिछानेले नेपालको संचारक्षेत्रमा हात हाले । उनले कान्तिपुर टेलिभिजनको सुरुवात गर्ने क्रममा नेपाल आवत जावत हुनथाल्यो । यसैगरी उपेन्द्र महतोको संचारक्षेत्रमा । यसरी उहाँहरुको पहुँच माथिल्लो नेतृत्वसम्म पुग्न थाल्यो र स्थापित भयो ।

फलश्वरुप सन् २००७ मा गैर आवासीय नेपाली सम्बन्धी नियमावली ल्याइयो । त्यहाँ सार्क राष्ट्र बाहेक भनेर छुटृाइयो । ती बाहेकका देशमा दुइ वर्षभन्दा बढी बसेकाहरु मात्र गैर आवासीय नेपाली हुनुपर्ने नियमावली बनाइयो । त्यसपछि सार्क राष्ट्र बाहेक भनेपछि भारत र भुटान छुटे । जुन नियमावलीलाई २०६६।०५।२२ मा नेपालको राजपत्रमा प्रकासित गरी नेपाल कानुनमा दर्ज गरियो । यसैलाई अहिले आधिकारिक एक्ट मानिन्छ । परराष्ट्रले पनि यही नियमावली टेकेर गैर आवासीय नेपाली संघमाथी धावा बोल्न सक्यो ।

किन विवादित भैरह्यो संघ भन्नेकुरा मुल प्रश्न हो । सानातिना विवाद संघमा हुनु राम्रो हो । भइरहनु पर्दछ । यसपटकको विवाद फरक हो । किनभने अन्तर् राष्ट्रिय विश्व खाद्यसँग लामोसमय काम गरेका भीम उदास भोजपुर निवासी हुन् । उनको राष्ट्रिय अन्तर्राष्ट्रिय पहुँच छ । उनले अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा नेपाली मुलका बर्मेली र भुटानीहरुलाई नजिकबाट हेर्ने मौका पाएका थिए । त्यसैले उनले एनआरएन स्थापना गर्ने अभियान ल्याए । एनआरआएनको स्थापना भएपछि उनी सो संस्थाको अन्तर् राष्ट्रिय समन्वय प्रमुखका रुपमा काम गरे । त्यसपछि उनी मौन बसे ।

२०७३ फागुन ९ गते नेपाली कांग्रेसको कोटाबाट देउवा सरकारले उनलाई बर्माको राजदूतमा नियुक्त गर्यो । बर्मामा एउटा बिद्रोह मच्चिएको थियो । त्यहाँ रोहिन्याँजातिलाई लेखिटिएको थियो । उनी बर्मा पुगेपछि अधिकांस रोहिन्याँजातिहरु नेपाल प्रवेश हुन थाल्यो । अहिलेपनि काठमाडौंको बौद्धमा रोहिन्याँजातिलाई शरण दिएर सरकारले राख्न बाध्य भएको छ । उदासले पहिलो दिननै बर्मा टेकेको भोलीपल्टबाट बर्मेली नेपालीको छाता संगठन अखिल म्यानम्यार गोर्खा हिन्दु धार्मिक संघको दुइदिने कार्यक्रममा अतिथिका रुपमा भाग लिए । यो संस्थाले बर्मामा नेपालीले नागरिकता पाउनुपर्दछ नत्र नेपालले बर्मेली नेपालीलाई पुर्नवासको जिम्मा लिनुपर्दछ भन्ने आन्दोलन गर्दछ ।

चार पाँचपुस्तादेखि बर्मामा बसेका नेपालीले नागरिकता पाएका छैनन् । यस्ता संस्थामा राजदूतजस्ता मान्छे सरिक भएर कार्यक्रम गर्नु आफैंमा अनौठो हो । यद्यपि अहिले उहाँको कार्यक्रम सकिएको छ । परराष्ट्रले गैर आवासीय नेपाली संघमाथी भनौं बर्तमान नेतृत्वमाथी चुनाव गर्न असक्षम रहेको आरोप समेत लगाएको छ ।

यस पंक्तिकारसँग केहीहप्ताअघि वर्तमान अध्यक्ष कुमार पन्तले चुनाव कुनैपनि हालतमा हुन्छ भनिरहेका छन् । तर कसरी हुन्छ भन्नेकुरा कसैलाई थाहै छैन । यसभित्र चुनाव हुनका लागि भुटानी वा बर्मेली मुलका जो नेपाली छन्, जो सँग नेपाली नागरिकता छैन तिनीहरुले नेपाली भाषाका आधारमा गैर आवासीय नेपाली कार्ड अर्थात एनआरएन कार्ड पाउनुपर्ने अदृश्य खेल हो यो । यदि दशवर्षे एनआरएन कार्ड पाइयो भने त्यसकार्डमार्फत् नेपालमा जग्गाजमिन र व्यापार ब्यवशायमा लगानी गर्न र बस्न पाइने हुन्छ । कालान्तरमा त्यो नै नागरिकताको आधिकारिक दाबेदारसमेत हुने हुँदा त्यो कार्ड दिलाउन माथिल्लो कुटनैतिक तहका ‘रअ’का केही ब्यक्तिहरु परराष्ट्रमार्फत लागिरहेका छन् । यसमा राजदूत भैसकेका ब्यक्ति भीम उदासको संलग्नता नहोला भन्न सकिन्न । किनभने पछिल्लो समय एनआरएनको समिकरण मिलाउन भित्रभित्रै उदास लागिरहेको सबैलाई थाहै छ ।

बर्मेली र भुटानी गरेर करिब दुइदेखि तीनलाख नेपाली भाषीहरु देश बिदेशमा छन् भने करिब ६ लाख जति नागरिकता बिहिन नेपाली भाषीहरु बर्मामा छन् । यसो भएको खण्डमा सबै बर्मेलीहरु गैर आवासीय नेपाली हुन् भन्ने हुन्छ । यस भित्रको खतरनाक खेलमा बर्तमान नेतृत्व अनभिज्ञ भने छैन । त्यतिमात्रै हो, खुल्न नसकेको हुनसक्छ । अहिलेको बर्तमान सरकार पनि यस मानेमा उदार छ । प्रधानमन्त्री पत्नि आरजु देउवाको ठाडो आदेशले परराष्ट्रले पत्र काटेको भन्नेकुरा सबैलाई थाहा छ । त्यो कसरी सम्भव भयो भनिरहन परोइन । डिजाइन गरेका मानिसले बोकिरहेका मानिसहरुको पृष्ठभूमिले पनि प्रष्ट पारेको छ ।

तपाइँको प्रतिक्रिया