शुक्रबार, वैशाख २१, २०८१

‘सबै बिरामी छन् तर परीक्षण सम्म छैन’ : बोस्नियाद्वारा अहिलेसम्मकै ठूलो कोरोना संकटको सामना

नेपालप्लस संवाददाता२०७८ माघ ७ गते २१:१८

लामो युद्द र मानविय संकटबाट बाहिरिएको देश बोस्नियाका सबै नागरिक बिरामी छन् । कोरोनाले सताएको छ । तर मानिसलाई कुनै परिक्षण छैन । परिक्षण गर्न गयो पालो पाइन्न । बिरामी भएर डाक्टर बोलायो त्योपनि पाइन्न । बोस्नियाले अहिलेसम्मै सबैभन्दा ठूलो कोरोना संकट झेलिरहेको छ ।

हालको लहर अभूतपूर्व छ । अप्रिल २०२१ को अन्तिममा कोरोना ब्यापक भएको भनिएको थियो । तर अहिले त्यो बेला भन्दा औसतमा तीन गुणा बढी संक्रमित छन् । त्यस समयमा अस्पतालहरूलाई उनीहरूको अधिकतम क्षमता प्रयोग गर्न लगाइ एको थियो । लास ब्यवस्थापन गर्ने सेवा, शवबाहनले धान्नै सकेका थिएनन् । सेवाहरू दिन नसकेर तिनको काम ओझेलमा परेको थियो । लासको ब्यवस्थापन गर्न एक हप्तासम्म प्रतिक्षा गर्नुपरेको थियो ।

बाल्कन क्षेत्रका अन्य धेरै देशहरू जस्तै बोस्नियाली अधिकारीहरूले जाडो बिदाको वरिपरि कडा उपायहरू घोषणा गर्न सकेनन् । डिसेम्बरमा सम्पूर्ण महाद्वीपमा फैलिएको कोरोना लहरको बावजुद उत्सवहरू र सामूहिक जमघटहरू जारी राखे, बोस्नियालीहरुले । समुह समुहमा भोगभतेर गर्ने, नाचगान, सांस्क्रितिक कार्यक्रम खुब गरे । त्यसपछि त कोरोनाको संक्रमण तिब्ररुपमा फैलियो ।

“अहिले सबै बिरामी छन् । मानिसहरूले पीसीआरको लागि डाक्टरको समय प्राप्त गर्न सक्दैनन् । ड्राइभ-इन परीक्षण साइटहरूमा लाइनहरू यति लामो कहिल्यै भएको थिएन । फार्मासिस्टले मलाई उनका सबै सहकर्मीहरू बिरामी र घरमा स्व एकान्तबास (सेल्फ आइसोलेसन) गर्ने भएकाले उनले दोहोरो सिफ्टहरू गर्नुपर्ने बोस्नियाको ‘राष्ट्रिय रेडियो टेलिभिजन बोस्निया’ का पत्रकार “रेडजिक बताउँछन् ।

महामारीको दुई वर्षमा बोस्निया युरोपमा कोरोनाबाट धेरै मृत्यु हुने दोस्रो स्थानमा छ । प्रति १० लाख नागरिकमा ४,२५५ हताहत भएका छन् । बुल्गेरियामा ४,६८८ जनाको मृत्यु भएको छ ।

अर्कोतर्फ यो मुलुक खोप दरमा युरोपमा अन्तिमबाट दोस्रो स्थानमा छ जहाँ यसको जनसंख्याको २२ प्रतिशत मात्र पूर्ण रूपमा खोप लगाइएको छ ।

कतिपय ठाउँमा स्रोत र साधनको अभावका कारण विभिन्न तहका सरकारहरूले पीसीआरको सट्टा द्रुत परीक्षण वा दुईको संयोजनमा स्विच गरेका छन् । यस्तो निर्णय गर्दा दैनिक कोभिड-१९ का संक्रमितहरूको सङ्ख्या निर्धारण गर्नु स्वास्थ्य अधिकारीहरूका लागि जटिल कार्य भएको छ ।

जति संक्रमितको दर र संख्या भनिएको छ त्यसमापनि विज्ञहरुले शंका गरेका छन् । उनीहरुको भनाईमा वास्तविक संक्रमण दर धेरै उच्च छ । समग्रमा गरिएको परीक्षणको संख्या कम देखाइएको छ । अस्पतालहरूले आउने बिरामीहरूलाई उपचार गर्न संघर्ष गरिरहेका छन् ।

शुक्रवार ५,५५६ जनाको कोरोना परिक्षणका नमूना लिएको मध्ये २,५४४ सकारात्मक देखिएपछि थप चिन्ताहरू देखिएका छन् ।

बोस्निया विश्वको सबैभन्दा जटिल राजनीतिक प्रणालीहरू मध्ये एक भएको देश हो जहाँका १४ प्रशासनिक विभागहरूका विभिन्न तहमा राज्यतर्फबाट स्वास्थ्य मन्त्रालय नभएका छन् । यसले गर्दा देशव्यापी उपायहरू अपनाउने बेला वा खोपहरूको अधिग्रहणमा निर्णय लिनुपर्ने कुनै पनि बेला दुःस्वप्नको कारण बन्यो ।

यस्तो प्रणाली १९९५ मा भएको हो । डेटन शान्ति सम्झौताको प्रत्यक्ष परिणामले ल्याएको हो जुन देशमा युद्ध रोक्नको लागि थियो । दोस्रो विश्वयुद्ध पछि युरोपेली भूमिमा सबैभन्दा रक्तपातपूर्ण ईतिहास भएको देश हो बोस्निया ।

शान्ति सम्झौताले देशका तीन मुख्य जातीय समूहहरू – बोस्नियाक, सर्बियाली (सर्ब ?) र क्रोएट्सलाई पूर्ण राजनीतिक प्रतिनिधित्व प्रदान गर्यो । अक्षम राज्य-स्तरीय संस्थाहरूको कारण यस्तो भएको हो भनिन्छ ।

दुई मुख्य प्रशासनिक विभाग वा संस्थाहरू – सर्ब-प्रभुत्व रिपब्लिका स्पस्का (आरएस) र बोस्निआक-क्रोएट बहुसंख्यक महासंघ बिआइएच (एफबिआइ एच) प्रत्येकमा स्वास्थ्य मन्त्रालय छ । एफ बि आइ एच लाई १० प्रान्तमा विभाजन गरिएको छ जहाँ क्यान्टोनल स्वास्थ्य मन्त्रालयहरूले महामारीलाई कसरी ब्यवस्थापन गर्ने भनेर निर्धारण गर्ने जिम्मेवारीमा छन् ।

अरू देशमा भन्दा केही विचित्र देखिने यसले सबै प्रकारका प्रारम्भिक समस्याहरू सिर्जना गर्‍यो ।

सुरुमा बोस्नियाले राम्रो गरिरहेको देखिन्थ्यो । किनकि पहिलो तालाबन्दीका उपायहरूले यस क्षेत्रमा सबैभन्दा कम संख्यामा संक्रमण र मृत्यु भएको थियो । तर २०२० को गर्मीयाममा ब्यापक संक्रमण देखियो । देश चिनियाँ-निर्मित श्वासप्रश्वास यन्त्रहरू र स्वास्थ्य उपकरणहरूको शंकास्पद खरीदसँग सम्बन्धित घोटालाहरूमा फसेको अन्य युरोपेली देशकाले बताउने गरेका छन् । ति उपकरण स्तरिय नपरेरपनि थप समस्या निम्तिएको टिप्पणी इयुका टिप्पणीकारहरुले गर्ने गरेका छन् ।

पछिल्लो परिणामले एफबि आइ एचको तर्फबाट प्रधानमन्त्री बनेका फाडिल नोभालिच सहित चार उच्च स्थानमा रहेका सार्वजनिक उच्चस्तरिय कर्मचारी विरुद्ध राज्य-स्तरीय अदालतमा मुद्दा पर्‍यो ।

सेप्टेम्बरमा आरएसको संस्थामा सबैभन्दा गम्भिर घोटाला अस्पतालहरूले श्वासप्रश्वास यन्त्रहरूमा बिरामीहरूको लागि आवश्यक मेडिकल-ग्रेड स्तरको प्रयोग गर्नुको सट्टा औद्योगिक-ग्रेड अक्सिजन प्रयोग गरिरहेको दाबी गरियो । त्यसैमा चलिरहेको अनुसन्धानद्वारा मुद्दा प्रेरित थियो ।

खोपहरू प्राप्त गर्नु अझ जटिल कार्य थियो । किनकि बोस्निया सन् २०२१ पछि प्रायः अनुदान मार्फत खोपहरू प्राप्त गर्ने अवस्थामा पुगेको थियो ।

पछिल्लो संक्रमणको बढ्दो क्रम र हालको संक्रमण दर कत्तिको व्यापक छ भन्ने स्पष्ट तथ्याङ्कको अभावले स्पष्ट महामारी रणनीतिको मस्यौदामा अझ बढी भ्रम पैदा गरेको छ । दुर्भाग्यवश उनीहरुले सुरुदेखि गरेका गल्तीहरूबाट कुनै पाठ नसिकेको विशेषज्ञहरुको भनाई छ ।

अहिले वास्तविक मृत्युको संख्या पनि अस्पष्ट छ र धेरै बढी हुन सक्छ । हालको तथ्याङ्कले मृत्यु हुनु अघि सकारात्मक परीक्षण गर्नेहरूलाई मात्र दर्ता गर्छ । यद्यपि बोस्नियाको कानुनले आधिकारिक कारण स्थापित गर्न पोस्टमार्टम आवश्यक भन्छ । तर व्यवहारमा यो लागू गरिएको छैन ।

कोविड-सम्बन्धित मृत्युको रूपमा के व्यवहार गर्ने भन्नेमा अझैपनि उनीहरु निस्चित छैनन् । केवल कोरोना भाइरसबाट हुने मृत्युहरू गणना गर्ने वा संक्रमण बढेको अवस्थाले गर्दा हुने मृत्युहरू गणना गर्ने निस्चित गरिएको छैन । त्यसैले कोरोनाबाट हुने निस्चित आँकणापनि उति भरपर्दो छैन ।

स्वास्थ्य प्रणालीको कमजोरी र राज्यको वन्चित भूमिकाले नागरिकहरूको हानी भएको छ । त्यो गैर जिम्मेवारीको लागि प्रत्येकले अर्कोलाई जिम्मेवारी सुम्पने गरेका छन् ।

देशको स्वास्थ्य पद्दतीबारे कुनैपनि प्रकारको एकीकृत दृष्टिकोणलाई औंल्याउन उनीहरूबीच कुनै सञ्चार गर्ने परिपाटी छैन ।

स्वास्थ्य क्षेत्र, प्रशासनिक क्षेत्र प्रत्येक क्षेत्रमा योग्यता र जिम्मेवारीहरू पूर्ण रूपमा अस्पष्ट छन् । त्यसपछि राज्यले आफ्ना नागरिकहरूको स्वास्थ्य र सुरक्षाको लागि नाममात्रको ग्यारेन्टरको रूपमा उल्लेख गर्छ । तर उनीहरूको सुरक्षाको लागि कुनै पनि काम गर्दैन । त्यसमाथि यस्ता स्थानीय प्रशासनिक स्तरहरू छन् जसले स्वास्थ्य तिनीहरूको जिम्मेवारीको क्षेमा पर्दैन भनेर दाबी गर्छन् ।

मार्च २०२१ मा नाकासले राज्य-स्तरका प्रधानमन्त्री जोरान टेगेल्टिजा र एफबि आइ एच प्रम नोभालिसे लगायत देशका धेरै प्रमुख निर्णयकर्ताहरू विरुद्ध मुद्दा दायर गरे । भ्याक्सिनहरू प्राप्त गर्न नसक्नु घोर लापरवाही भएको दाबी गर्दै ।

राज्य-स्तरीय अभियोजकको कार्यालयले उक्त समयमा भनेको थियो “कोरोना भाइरस महामारीको वृद्धिले बोस्नियाली नागरिकहरूको जीवन र स्वास्थ्यमा परेको गम्भीर परिणामहरूको लागि आपराधिक जिम्मेवारीमा अनुसन्धान सुरु गरिनेछ ।

करिब एक वर्ष बितिसक्दा पनि कार्यालयले मुद्दामा कुनै प्रगति गर्न सकेको छैन ।

तपाइँको प्रतिक्रिया

फेसबुक