बिहीबार, वैशाख २०, २०८१

नेदरल्यान्ड्सका स्त्री रोग विशेषज्ञ २१ बच्चाका छद्म बाबु

नेपालप्लस संवाददाता२०७८ माघ १९ गते २३:५६

एक पूर्व डच स्त्री रोग विशेषज्ञले महिलाहरुलाई जानकारिनै नदिई कम्तिमा २१ वालवालिकाको बाबु बनेको अनुसन्धानले पत्ता लगाएको छ ।

सन् २०१९ मा मृत्यु भएका डा. जो बेकले सन् १९७३ देखि १९८६ को बीचमा महिलाको सहमतिबिना गर्भाधान गरेको अस्पतालले सार्वजनिक गरेको हो ।

उनले २५ वर्षसम्म विशेषज्ञका रुपमा काम गरेको नेदरल्याण्ड्सको लेडेन सहरको एक अस्पतालले मंगलबार निष्कर्षहरू पुष्टि गरेको हो ।

यहाँ एक स्त्री रोग विशेषज्ञले सहमति बिना प्रजनन उपचारमा आफ्नै शुक्राकिट प्रयोग गरेको नेदरल्याण्डमा यो तेस्रो ज्ञात घटना भएको युरोन्युजले उल्लेख गरेको छ ।

यो अनुसन्धान लिइडेर्डोर्पको अलरिज्ने केन्द्रले सुरु गरेको थियो जसलाई पहिले एलिजाबेथ अस्पताल भनेर चिनिन्थ्यो ।

सम्भावित सन्तान ‘दर्जनौं’

अस्पतालले उनीहरूलाई गत वर्ष फिओम (एफ आइ ओ एम) द्वारा सम्पर्क गरिएको थियो जुन २१ वालवालिकाको प्रतिनिधित्व गर्ने डच पितृ संगठन हो ।

२००४ को कानून अन्तर्गत १६ वर्ष भन्दा माथिका डच नागरिकहरूले आफ्नो जैविक आमाबाबुको पहिचान थाहा पाउने अधिकार छ । यसपछि डिएनए जाँच गर्दा सोधिएका प्रश्नमा रहेका सबै २१ बच्चाहरूको एउटै जैविक पिता तिनै डाक्टर थिए ।

“ति डाक्टरले आफ्नै वीर्य दान गरेका थिए । र यसलाई अज्ञात रूपमा शुक्रकीटको लागि पर्खिरहेका गर्भवती आमाहरूलाई गर्भाधान गर्न प्रयोग गरेका थिए भन्ने देखिन्छ” अस्पतालले भनेको छ ।

“बच्चाहरु र उनीहरुका अभिभावकहरु यसबारे सचेत थिए भन्ने त्यहाँ कुनै रेकर्ड छैन” अस्पतालले थपेको छ ।

बेकले अस्पतालमा आफ्नो कार्यकालमा कति बिरामीहरूको उपचार गरे भन्ने क्लिनिकले पुष्टि गरेन । सबै अभिलेखहरू नष्ट भएको युरोन्युजलाई बताए ।

अस्पतालले स्त्री रोग विशेषज्ञबाट उपचार गर्ने जो कोहीलाई सम्पर्क गर्न अपील गरेको छ । उनीहरूले दर्जनौं सन्तान पत्ता लगाउने सम्भावनालाई अस्वीकार गर्न नसक्ने बताएका छन् ।

‘हामी धेरै स्तब्ध छौं’

यस विषयमा स्वतन्त्र अनुसन्धानकालागि जनवरीमा अघि बढाइएको थियो । अनुसन्धानको नतिजा अर्को गर्मीमा प्रकाशित हुने अपेक्षा गरिएको छ ।

“त्यस समयमा ति डाक्टरले जुन तरिका अपनाए त्यो अस्वीकार्य छ” अल्रिज्ने केन्द्रका बोर्ड सदस्य पिटर जुले भनेका छन् ।

“यसबाट हामी धेरै स्तब्ध छौं । पक्कै पनि यसबाट अभिभावक र वालवालिकाहरूमा महत्त्वपूर्ण प्रभाव पार्छ” उनले थपे ।

अस्पतालले सन् १९७० र १९८० को दशकमा प्रजनन उपचारलाई कडाइका साथ नियमन गरेको र अवस्था अहिले पूर्णतया फरक भएकोमा जोड दिएको छ ।

अक्टोबर २०२० मा डिएनए परीक्षणले एक स्त्री रोग विशेषज्ञ १७ बच्चाहरुको जैविक पिता भएको पत्ता लागेको छ । तिनको सन् २००९ मा मृत्यु भइसकेको छ ।

त्यसभन्दा एक वर्षअघि अर्का डाक्टरले अन्य महिलाहरुलाई थाहनै नदिई आफ्नो शुक्रकिट प्रयोग गरेर ४९ बच्चाका बाबु बनेको पाइएको थियो ।

तपाइँको प्रतिक्रिया

फेसबुक