बिहीबार, वैशाख २०, २०८१

रुसी राष्ट्रपती पुटिनलाई भेट्नु अघि रूसी कोविड परीक्षण गर्न फ्रान्सेली राष्ट्रपतीद्वारा अस्वीकार

नेपालप्लस संवाददाता२०७८ माघ २८ गते १९:३१

Image Credit- istanbulpost.com.tr

फ्रान्सेली राष्ट्रपति एमानुएल माख्रोंले रुसी राष्ट्रपती भ्लादिमिर पुटिनसँग भेट गर्नु अघि रूसी कोविड-१९ परीक्षण लिन अस्वीकार गरेका छन् ।

युरोन्युज अनुसार रुसी राष्ट्रपतीको कार्यालयले उक्त तथ्य सार्वजनिक गरेको हो ।

द इस्तानबुल पोष्टका अनुसार युक्रेन संकटको बारेमा लामो छलफलको क्रममा माख्रों र रुसी राष्ट्रपतिबिच लामो टेबल राखेर अलग गरिएको थियो ।

दुई शक्तिशाली नेताबिच सामाजिक दूरी कायम राखेर गरिएको वार्ताको तस्विरले फ्रान्सका अनलाइनमा धेरै बहस चर्काएको छ ।

केहीको भनाई छ, ‘यो फ्रान्सेली समकक्षप्रति पुटिनको चिसो मनोवृत्तिको संकेत हो ।’ किनकि पुटीनलाई हप्ताको अन्त्यमा अन्य विश्व नेताहरूसँग भने नजिक बसेको तस्विर सार्वजनिक गरिएको थियो ।

तर रुस सरकारका प्रवक्ता दिमित्री पेस्कोभले माख्रोंले रूस पुग्दा पीसीआर परीक्षण गर्न अस्वीकार गरेको बताएका छन् ।

“केही मानिसहरूले आफ्नै नियमहरू पछ्याउँछन् ….तर यस अवस्थामा हाम्रो राष्ट्रपति र उहाँ (माख्रों) को होस्टको स्वास्थ्यको रक्षा गर्न स्वास्थ्य प्रोटोकल लागू गरिएको हो” पेस्कोभले शुक्रबार पत्रकारहरूलाई भने ।

“यो कुनै राजनीतिक विचारहरूबाट प्रेरित भएर गरिएको होइन । पुटिन र माख्रोंबीचको भौतिक दूरीले वार्तामा कुनै पनि हिसाबले हस्तक्षेप गर्दैन” पेस्कोभले थपे ।

फ्रान्सेली राष्ट्रपतीको कार्यालय एलिजे प्यालेसले रुसले लगाएको स्वास्थ्य प्रोटोकलहरू आफूहरुकालागि अस्विकार्य र एजेण्डामा नरहेको बताएको छ ।

“हामीले रूसी प्रोटोकलद्वारा प्रस्तावित अर्को विकल्प रोज्यौं” फ्रान्सेली राष्ट्रपतिको कार्यालयले स्पष्ठ पारेको छ ।

महामारीको सुरुवातदेखि नै रुसी राष्ट्रपतीको कार्यालय भित्र स्वास्थ्य उपायहरू कडा पारिएको छ । राष्ट्रपति पुटीन नियमित रूपमा भेटघाट गर्ने पाहुनाहरूबाट धेरै मिटर टाढा बसिरहेका छन् ।

तर माख्रों र पुटिनको सामाजिक दूरी कायम गरी आयोजित बैठकको तीन दिन पछि रूसी नेतालाई कजाखस्थानका राष्ट्रपति कासिम-जोमार्ट तोकायेभसँग हात मिलाउँदै र धेरै नजिकको टेबलमा बसेको चित्रण गरिएको थियो ।

युक्रेनको विषयलाई लिएर रुस र पश्चिममी देशहरुबीचको तनाव कम गर्ने उद्देश्यले माख्रोंको सोमबार मस्को भ्रमण भएको हो ।

रुसले आफ्नो युक्रेनी सीमामा एक लाखभन्दा बढी सेना तैनाथ गरेको छ जसले आक्रमण गर्ने तयारी गरिरहेको चिन्ता बढाएको पस्चिमी देशहरुले आरोप लगाउँदै आएका छन् । मस्कोले उक्त आरोप अस्वीकार गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक