बुधबार, वैशाख १९, २०८१

युक्रेनका १९३ नेपाली दुतावासको सम्पर्कमा, सिमा पार गरेर सुरक्षित स्थल जान दुतावासद्वारा विशेष पत्रको ब्यवस्था

नेपालप्लस संवाददाता२०७८ फागुन १३ गते १७:०३

जर्मनीस्थित नेपाली राजदूत रामकाजी खड्का

युक्रेनमा रहेका १९३ नेपाली जर्मनीस्थित दुतावासको संपर्कमा रहेको र युक्रेनबाट नजिकैका देशमा गएर सुरक्षित रहनकालागि सिमार पार गर्न दुतावासले विशेष पत्रको ब्यवस्था गरेको छ ।

जर्मनीस्थित नेपाली राजदूत रामकाजी खड्काले आजै शुक्रवार नेपालप्लससित संक्षित कुराकानी गर्दै बताए ‘हाम्रो संपर्कमा युक्रेनका १९३ जना नेपाली हुनुहुन्छ । उहाँहरु सबै सकुशल हुनुहुन्छ ।’

खड्काका अनुसार युक्रेनमा युद्द भड्किएपछि पोल्याण्ड, हंगेरी र स्लोभाकियाले आफ्ना सिमाहरु खोलिदिएकाले नेपालीहरु आफूलाई पायक, सहज र नजिकका ति कुनै देश गएर सुरक्षित रहनसक्ने बताए ।

उनले सिमा पार गर्नकालागि विशेष पत्रको ब्यवस्था गरेको र उक्त पत्र सिमा क्षेत्रका सुरक्षाकर्मीलाई देखाएपछि भिसा नचाहिने ब्यवस्था भएकोसमेत जानकारि दिए ।

खड्काले भने “पोल्याण्डले हाम्रो सिमा खुला छ भनेर पत्र पठाएको छ । आफ्ना माछे भए खबर गरिदेउ बह्नेको छ । विशेष पत्र दुतावासबाट प्राप्त हुन्छ र त्यो देखाएपछि आफूलाई सहज हुने जुन देश गएरपनि सुरक्षित रहन सकिन्छ । त्यसपछि ति जुनसुकै देशबाट नेपाल फर्किन सहज हुन्छ ।”

खड्काले नेपालप्लससितको कुराकानीका क्रममा तीन जना नेपाली सुरक्षितसाथ युक्रेनबाट पोल्याण्ड छिरेको सूचना आएकोपनि बताए ।

“विद्यार्थी हुन् कि के हुन् स्पष्ठ नभएपनि तीन जना नेपाली युक्रेनबाट पोल्याण्ड प्रवेश गरी सुरक्षित रहेको भन्ने खबर पाएका छौं” खड्काले भने ।

युक्रेनबाट अन्य सुरक्षित देश पुग्न र त्यहाँ पुगेपछि फेरि सहजताकासाथ नेपाल फर्किन, सिमा क्षेत्रका लागि विशेष पत्र वा अन्य कुनैपनि सहयोगकालागि राजदूत खड्काले नेपाली दुतावासमा सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।

तलको नंवर वा ईमेलमा संपर्क गरि सहयोग माग्न सकिने छ ।

Tel. +49 (030) 34 35 99 -20  अथवा +49 (030) 34 35 99 -21 अथवा +49 (030) 34 35 99 -22

 Email: [email protected] अथवा  [email protected]

तपाइँको प्रतिक्रिया

फेसबुक