स्विस गाईवस्तु जुलुस युनेस्को सम्पदा सूचीमा !
गाईवस्तुलाई हिमाली (अल्पाइन) चरन मा लैजाने स्वीस परम्परालाई युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदा सूचीमा समावेश गर्न प्रस्ताव गरिएको छ।
मेको सुरुदेखि मध्य जुनसम्म किसानहरूले आफ्नो उपत्यकाका फार्महरूबाट पहाडी घाँसहरूमा एक चौथाई भन्दा बढी गाईहरू लगेर पाल्छन् । त्यसपछि शरद ऋतुको सुरुमा तिनीहरूलाई हिमाली चरनबाट फिर्ता ल्याउँछन् ।
यो किनभने हिमाली भेगमा त्यो बेला हिउँ पग्लिसकेको हुन्छ र जरिबुटी खाएर उम्रिएको घाँस ज्यादै पोषिलो हुन्छ । त्यस्तो घाँसमा चरेका गाइवस्तुको दुध प्रसिद्ध स्विस चीजहरूको लागि दूध उत्पादन गर्न उत्तम मानिन्छ ।
औसतमा गाईवस्तुहरू लगभग ५९० मिटर (१,९३६ फीट) माथि चढ्छन् । तुलना गर्नुपर्दा काग उड्दा १६ दशमलव ३ किलोमिटर उड्छन् । हिमाल जाने गाई, भेडा बाख्रा भिरालो र घुमाउरो बाटो भएर उक्लिन्छन् ।
स्विजरल्यान्डले १४ औं शताब्दीको परम्परालाई देशको संस्कृतिको अभिन्न अंगको रूपमा विश्वव्यापी रूपमै मान्यता स्थापित गर्न चाहन्छ । युनेस्कोले सन् २०२३ को अन्त्यसम्ममा आफ्नो फैसला घोषणा गर्ने अपेक्षा गरिएको छ ।
अमूर्त सांस्कृतिक सम्पदा सूचीमा पहिले नै सात स्विस परम्पराहरू समावेश छन्, जसमा वार्षिक बासेल कार्निभल, घडी बनाउने शिल्पकला, चार्ली चापलिनको गाउँ भेभेको वाइन उत्पादकहरूको उत्सव र स्केलिंग पर्वत (अल्पिनिज्म) को कला छन् ।
गाई गोठाला समावेश गर्ने प्रस्ताव पेश गर्दा संस्कृति संघीय कार्यालयले चीज बनाउने र त्यससित संवन्धित गोठालाका गीतहरू जस्ता परम्पराहरूसमेत हस्तान्तरण गरेको छ ।
अल्पाइन गाईवस्तुको जुलुस, विशेष गरी शरद ऋतुमा चढ्ने उकालो हो । यो धेरै समुदायहरूमा एक सामाजिक घटना, रमाईलो पर्व र संस्क्रितिक रुपमा परिणत भएको छ । यसले आन्तरिक र बाहिरका पर्यटकहरूलाई आकर्षित गर्दछ।
गाई, भेडा, बाख्राहरुलाई फूलको मुकुट लगाएर किसान, गोठालाहरूले शहर र गाउँका गोठदेखि डोर्याउँदै लैजान्छन् । घाँटीमा बाँधिएका घण्ट टिडिङ टिडिङ बजाउँदै उकालो लाग्छन् । तिनलाई परम्परागत पोशाकमा पनि सजाइएको हुन्छ ।