रिमरिम उज्यालोमा ब्रह्मपुत्रको अवर्णनिय सौन्दर्य
(पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस)
२०७९ साल बैशाख १ गते नयाँ वर्षको पहिलो दिन (अप्रिल १४ २०२२) बिहान हामीलाई सात बजे भित्र तयार भइसक्नुपर्ने थियो । हामी सबैजना नित्य कर्मबाट निवृत्त भएर बाहिर निस्कँदा चिया आइसकेको रहेछ । चिया पछि हामी नजिकै रहेको कार्यक्रम स्थल, त्यस इलाकाकै पुरानो र प्रतिष्ठा आर्जन गरेको विश्वनाथ कलेजमा पुग्यौँँ । २०३८ साल (१९८१) मा मैले पढाउने जनता मा.वि. पथरी, मोरंगमा प्रधानाध्यापकको रुपमा कार्यरत मेघनाथ ओझाले यसै कलेजमा पढेको भन्नुहुन्थ्यो । त्यो बेला (आज भन्दा चालीस वर्ष अगाडी) नै यो कलेजको शैक्षिक गतिविधिका बारेमा केही जान्ने अवसर पाएको थिएँ । मेघनाथ ओझा सर आठ वर्ष अघि विद्यालयको काम लिएर विराटनगर जाँदै गर्दा सवारी दुर्घटनामा परेर बितिसक्नुभयो । चालीस वर्षपछि यस कलेजको प्रत्यक्ष दर्शन पाउँदा मैले सुनेको भन्दा धेरै फरक पाएँ ।
व्यवस्थित भवनहरु महिला छात्रावास, प्राचार्य आवास सबै कुरा पूर्ण भएको महाँ विद्यालय रहेछ । हामी लगायत विभिन्न ठाउँबाट यो कार्यक्रममा भागलिन आउनुहुने सबै अतिथिहरुलाई प्राचार्य चिन्तामणि शर्माले स्वागत गरेर चियानास्ताको प्रवन्ध भएको ठाउँमा पुर्याउनु भयो । चिया खाजा पछि कार्यक्रम हल तर्फ लागियो । युवा विद्वान अञ्जन बास्कोटाले सञ्चालन गर्नुभएको कार्यक्रममा अतिथिहरुको आसनग्रहण र कलेजका प्राचार्य डा. चिन्तामणि शर्माको स्वागत प्रवचन पछि प्रेम विश्वकर्माको संगित टोलिको स्वागत गानले अतिथिहरुको सम्मान गरिएको थियो ।
सर्वप्रथम स्वतन्त्रता सेनानी प्रसाद सिंह सुब्बा मेमोरियल अकादमीद्वारा निर्मित सभाभवनको उद्घाटन गर्ने कार्यक्रम रहेछ । प्रमुख अतिथी डा. गोविन्दराज भट्टराईद्वारा दीप प्रज्वलन र प्रथम सत्रका अध्यक्ष चन्द्रमणि उपाध्यायबाट स्वस्ति वाचन गरी भवनको उद्घाटन गरियो । हामी यता बाट जाने दशजना मध्ये डा. गोविन्द राज भट्टराई, डा. अञ्जना वस्ति, डा. कुमार कोइराला, डा. विष्णु राई र विजय हितानलाई कार्य पत्र प्रस्तुत गर्न आमन्त्रण गरिएको थियो । बाँकी हामी पाँचजना म निर्मला भट्टराई, डा. व्यञ्जना शर्मा, खगेन्द्र भट्टराई, सुवना कोइराला घुमघामकै लागि गएका थियौँ तर हाम्रो सौभाग्यनै मान्नुपर्छ । हामीलाई उच्च सम्मान दिएर यस्तो विशिष्ट कार्यक्रममा सहभागी हुने मौका दिइयो ।
यो अन्तराष्ट्रिय सेमिनार विभिन्न चारवटा संस्था विश्वनाथ कलेज, स्वतन्त्रता सेनानी प्रसाद सिंह सुब्बा मेमोरियल अकादमी, असाम नेपाली नाट्य सम्मेलन र देवनागरिक साहित्य प्रकाशनको सहभागितामा भएको रहेछ । प्रथम सत्रको अध्यक्षता चन्दमणि उपाध्यायले गर्नुभएको थियो भने दोस्रो र तेस्रो ज्ञान बहादुर छेत्रीले गर्नुभएको थियो । अन्तिम सत्रको छत्रमान सुब्बाले गर्नुभएको थियो । कार्यक्रम प्रस्तोता विद्वानहरु सबै आ–आफ्नो विषयका विज्ञ हुनुहुन्थ्यो ।
धुमिल साँझ । नयन प्रकाश सिमा भन्दा टाढा । मनमोहक हरियो किनारा । क्षितिज छुँदै गरेका पहाडहरु । मन्द मन्द पवनस्पर्स । बसिरहुँ हेरिरहुँ जस्तो । वर्णनातित स्वर्णिम आनन्दमा । सौन्दर्यभित्र हराउन मन लाग्यो । तर के गरुँ ? समयले घण्टी बजाएपछि ।
यताबाट जाने अतिथिहरु मध्ये मुख्य वक्ति(कि नोट) प्रा.डा. गोविन्दराज भट्टराईलाई कार्यपत्र प्रस्तुत गर्न पैतालिस मिनेटको समय र बाँकी डा. कुमार कोईराला, डा. अञ्जना वस्ती, डा. विष्णु राई र विजय हितानलाई पन्ध्र पन्ध्र मिनेटको समय निर्धारण गरिएको रहेछ । अरु सहभागीहरुका लागि पाँच पाँच मिनेटको समय मात्रै भएकाले अति संक्षेपमा मन्तव्य प्रस्तुत गर्नुपर्ने थियो ।
प्रमुख वक्ता डा. गोविन्दराज भट्टराईले साहित्य लेखनमा नवचेतना सम्बन्धमा बोली सकेपछि अरु विद्वानहरु डा. अञ्जना वस्तिले आसामका नारी स्रस्टाहरुको बारेमा, डा. कुमार कोईरालाले नेपाली समालोचनाका सम्बन्धमा, विजय हितानले पर्यावरणीय साहित्य सम्बन्धमा थियो । नयाँ र गम्भिर विषय भएकाले सहभागीहरु ध्यानमग्न भएर सुनिरहनु भएको थियो । डा. विष्णु राईका सिर्जनात्मक लेखन भन्ने शीर्षकले पूरै हलको ध्यानाकर्षण गरेको थियो । अति थोरै समय भएकोले हेर्ने सुन्ने मन हुँदा हुँदै पनि थोरैमा चित्त बुझाउनु पर्यो । धेरै स्रोताहरु यस्तो विषयको क्लास कम्तिमा एक घण्टाको हुनु पथ्र्यो भनिरहेका थिए ।
यस्तै अन्जन बास्कोटाले असमेली नेपाली साहित्यमा पर्यावरणीय लेखनको सवेर् क्षण, पूर्ण सुब्बाको लिल बहादुर छेत्रीकृत ब्रह्मपुत्रको छेउछाउ उपन्यासको चर्चा, छत्रमान सुब्बाको डा. गोविन्दराज भट्टराईकृत मुगलान उपन्यास माथि चर्चा, डा. तिलक शर्माको उत्तर उपनिवेसवादी साहित्य र संस्कृति, विष्णुदेवीले आधुनिक नेपाली कथामा नारीवादी चिन्तन विषयमा चर्चा गर्नुभयो । त्यहाँ अन्य धेरै विद्वानहरु पवन क्षेत्री, लीना हजारिका ह्यापी देवरी, बन्दना गोगोइ, डा. मिताली देवी, नमिता देवी, आदि एक से एक विद्वान विदुषीहरु हुनुहुन्थ्यो । सबैको प्रस्तुति उच्च कोटीको थियो । त्यसमा पनि कुमार भास्कर वर्मा संस्कृत पूरातन अध्ययन विश्वविद्यालय नलवारीबाट प्रतिनिधित्व गर्नु हुने नमिता देवीले प्रस्तुत गर्नुभएको वर्तमान परिप्रेक्षमा नारी सशक्तिकरण सन्दर्भको विषयमा दिनुभएको प्रवचन वैदिककालीन वेदका मन्त्रका रचयिता अपाला, घोषा, गार्गी, मैत्रेयी, लोपा मुद्रा, हिमाद्री, आत्रेयी, आदि महिलाहरुले गरेका संघर्ष, देखी उत्तर वैदिक कालका नारीले भोगेका दुर्दशा र वर्तमान समयसम्म आइपुग्दाका सुधार हुँदै आएको विषयमा प्रस्तुत गर्दा बिसौँ शताब्दिको पूर्वार्धसम्म आइपुग्दा भारतीय नारीहरुमा पहिलोपल्ट स्नातक उत्तीर्ण गर्ने दुइ नारी चन्द्रमुखी वसु र कादमबिनी गाब्गुलीको नाम उल्लेख गर्नु भएको छ ।
अर्की विदुषी लीना हजारिकाको भारतीय साहित्यमा दलित वर्ग र नारीवादी चिन्तनबारे दिइएको प्रवचन ज्यादै उच्चकोटीको थियो । हुन त सबैका प्रस्तुति एक से एक थिए । तर व्यक्तिको रुची फरक फरक हुने हुनाले मलाई यि दुइ विदुषी नमिता देवी र लीना हजारिकाको प्रस्तुतिले प्रभाव पार्यो । यो अन्तराष्ट्रिय गोष्ठी त्रैभाषिक (नेपाली, अंग्रेजी र असमिया) भएको हुँदा हामी यताबाट जानेहरुका लागि असमिया भाषामा प्रस्तुत विचारहरु बुझ्न समस्या भयो । अंग्रेजी वा नेपालीमा भाषानुवाद भईदिएको भए बुझ्न सजिलो हुनेथियो । यस्तो प्रकारको कार्यक्रम कम्तिमा तीन दिनको समय भईदिएको भए प्रत्येक विद्वानहरुले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि छलफल गर्न र सबै सहभागिहरुले आफ्ना विचारहरु
पूर्ण रुपमा राख्न पाउनुुहुने थियो । सहभागी श्रोताहरुले धेरै कुरा जान्ने अवसर पाइन्थ्यो होला जस्तो लाग्यो । यो कार्यक्रममा प्रस्तुत गरिएका कार्यपत्रहरुको पूर्णपाठ संकलन गरी जर्नल प्रकाशित गर्ने कुरा सुनेर पछि पढ्न पाइएला भन्ने आशा जागेको छ ।
मेरो विचारमा कसैको कृतिमाथि विवेचना गर्नु भनेको पाठकको रुची र अध्ययनको गहिराईमा भरपर्छ भन्ने लाग्छ । लेखक आफ्नै रचनाभित्र प्रवेश नगरेको हुन सक्छ । तर पाठकले खोतलेर लेखकलाई थाहा नभएका विषयहरु पत्ता लगाउन सक्दा रहेछ । जस्तो गोविन्दराज भट्टराईको मुगलान उपन्यासबाट छत्रमान सुब्बाले डायस्पोरिक सैद्धान्तिक आधार खोज्नु, पूर्ण सुब्बाले ब्रह्मपुत्रको छेउछाउ उपन्यासमा अभिघात सिद्धान्तको आधार खोज्नु आदि ।
साँझपखको मन्द उज्यालोमा अस्ति गुहाटीमा देखेको भन्दा विराट रुप भएको बह्रमपुत्रको प्राकृतिक सौन्दर्य अवर्णनिय लाग्यो ।
चौथो सत्रमा बहुभाषिक कविता वाचन चल्दै गर्दा कलेजका प्राचार्य चिन्तामणि शर्मा सरले चिया खान जाउँ भन्नुभयो र नेपाली विभाग प्रमुख हेमकुमार गौतम सर सहित तीनजना चिया खान गयौँ । चियापछि चिन्तामणि सर कार्यक्रम स्थलतर्फ लाग्नुभयो । हेम कुमार सरले नेपाली विभागको कार्य कक्ष हेर्न जाउँ भन्नु भयो । मैले डा. कुमार कोइराला सरलाई पनि लिएर जाँदा ठिक होला भनेर एकैछिन पर्खियौँ । एकै छीनपछि कुमार कोईराला सर र विष्णु राई सर आउनुभयो र हामी नेपाली विभागको कार्यकक्ष हेर्न गयौँ । हेर्दा सामान्य लाग्ने तर भित्र सबै कुरा पूर्ण भएको कार्यालय रहेछ । एकछिन पठनपाठन, पाठ्य पुस्तकको उपलब्धता, पाठ्यक्रम आदि विषयमा चर्चा भए ।
हामी कार्यक्रम स्थलमा पुग्दा कार्यक्रम सकिनै लागेको रहेछ । अन्त्यमा कार्यक्रमको समापन प्रचार्य डा. चिन्तामणि शर्माले गर्नुभयो भने आसाम नेपाली नाट्य संमेलनका तर्फबाट पूर्ण कुमार शर्माले धन्यवाद ज्ञापन गरेपछि कार्यक्रम सम्पन्न भयो । समापनपछि केहि सामूहिक फोटाहरु उठाउने काम भयो ।
हामी सबैजना आवासमा पुगेपछि कार्यक्रममा भेला हुनु भएका धेरै जना विद्वानहरु सँग पुस्तक आदान प्रदान र फोटो लिने काम भयो । साँझ पर्नै लाग्दा डा। व्यञ्जनाले कतै घुम्न जाने कुरा गर्दा कार्यक्रममा सँगै सहभागी हुनु हुने विश्वनाथ कलेजकै पूर्व नेपाली विभाग प्रमुख अरुण भट्टराई जो नातामा हाम्रो काका पर्नु हुँदो रहेछ, उहाँले घुमाईदिने हुनुभयो । हामी पाँचजना म, निर्मला, डा. अञ्जना, डा. व्यञ्जना र सुवना कोइराला, अरुण काकाको गाडीमा अटाएर बस्यौँ । साँझ पर्नै लागेकोले हतार हतार गाउँको बाटो भएर विश्वनाथ घाट पुर्याई दिनुभयो । वहाँको घर हाम्रो वासस्थान नजीकैको गाउँमा रहेछ । सफा र पक्की बाटाका दुवैतर्फ ससाना एकनासे घरहरु । सबै नेपाली वस्ति । गाउँकै बीचमा भानु स्मारक, भानु रंगशाला बनाइएको रहेछ । भानुभक्तकै नामबाट रंगशालानै बनाइएको पाउँदा नेपाली जाति र भाषा प्रतिको सम्मान कति रहेछ भन्ने छर्लङ्ग हुन्छ । अरुण काकाले नजीकमा देखिने सबैकुरा देखाउँदै र चिनाउँदै लानुभयो ।
नेपाली गाउँको पुछारमा सानो मुसलमान वस्ति रहेछ । अन्त्यमा खोला किनारतिर माझी र अन्य जातीहरुको बसोबास रहेछ । विश्वनाथ घाट छेउमै धेरै प्राचीन विश्वनाथको मन्दिर रहेछ । भुकम्पले जीर्ण भएपछि छेउमै अर्को मन्दिर बनाएर पूजा गर्न थाले पनि प्राचीन मन्दिरलाई यथावत राखिएको रहेछ । रिमरिम उज्यालोमा ब्रह्मपुत्रको प्रख्यात विश्वनाथ घाट हेरियो । विश्वनाथ घाट भन्ने वित्तिकै बनारसको गंगा किनारको घाटको सम्झना आएपनि यहाँको घाट त्यहाँको जस्तो रहेनछ । त्यहाँ गंगा किनारको घाटमा सौन्दर्यतासँगै शहरका विकृतिहरु पनि उतिकै हुन्थे । यहाँको घाट शहरभन्दा टाढा रहेकाले सुन्दर र सफा रहेछ । साँझपखको मन्द उज्यालोमा अस्ति गुहाटीमा देखेको भन्दा विराट रुप भएको बह्रमपुत्रको प्राकृतिक सौन्दर्य अवर्णनिय लाग्यो ।
त्यहाँ एउटा पुरानो शिव मन्दिर पनि रहेछ । यो अति प्राचीन मन्दिर पौराणिक अशुर राजा वाणासुरले बनाएको भन्ने मान्यता रहेछ । प्राचिन स्मारकहरुलाई सुरक्षित राखिएको रहेछ ।
धुमिल साँझ । नयन प्रकाश सिमा भन्दा टाढा । मनमोहक हरियो किनारा । क्षितिज छुँदै गरेका पहाडहरु । मन्द मन्द पवनस्पर्स । बसिरहुँ हेरिरहुँ जस्तो । वर्णनातित स्वर्णिम आनन्दमा । सौन्दर्यभित्र हराउन मन लाग्यो । तर के गरुँ ? समयले घण्टी बजाएपछि ।
पहिले अन्य स्थल यातायातको व्यवस्था नहुँदासम्म व्यपार व्यवसाय र मानिसहरुको यातायातको मुख्य साधन नै जल यातायात भएको बेला यहाँ टाढा टाढाबाट ठूला ठूला जलयानहरु आउजाउ गर्नका लागि घाटहरुको निमार्ण गरिएको रहेछ । अहिले स्थल यातायातका साधनहरुले पानी जहाजलाई विस्थापिन गर्न लागेको रहेछ । हाल यहाँ सामान्य कृषि उपजहरु ओसारपसार गर्ने र पर्यटकहरुलाई मनोरञ्जन गराउनका लागि मात्र जलयानहरु चल्दा रहेछन् ।
त्यहाँ एउटा पुरानो शिव मन्दिर पनि रहेछ । यो अति प्राचीन मन्दिर पौराणिक अशुर राजा वाणासुरले बनाएको भन्ने मान्यता रहेछ । प्राचिन स्मारकहरुलाई सुरक्षित राखिएको रहेछ । सबै घरहरु रुख पातले घेरिएका सुन्दर देखिन्थे । पर्यावरण जोगाउन पूरै ध्यान दिइँदो रहेछ । विश्वनाथ घाटमा उत्तर दिशाबाट ब्रह्मपुत्रको सहायक बडगाब नदी आएको रहेछ । त्यसले बीचमा हरियो टापू बनाई दुई भंगाला भएर ब्रह्मपुत्रमा मिसिँदो रहेछ ।
हतारमा भएपनि अरुण भट्टराई सरले घुमाइ दिएर विश्वनाथ घाट हेर्ने अवसर जुट्यो । वहाँको आतिथ्य र सहयोगप्रति हृदयदेखि आभार व्यक्त गर्दै आवास तर्फ आइपुग्दा नजीकै चमेना गृह सञ्चालन गर्ने थापा भाईले भोजनको प्रबन्ध गरिसकेका रहेछन् । हामी सबैले त्यहाँको प्रशिद्ध वास्मती चामलबाट बनेको भात र सात्विक व्यञ्जन ग्रहण गर्याैँ । यो सबै व्यवस्था आयोजकका तर्फबाटै गरिएको थियो । आवासमा भेला हुँदै गर्दा चन्दमणि सरले यताबाट जाने सबैलाई बैशाख २ गते (१५ अप्रिल) का दिन तेजपुरबाट साप्ताहिक रुपमा प्रकाशित हुने नेपाली र असमिया भाषाको साप्ताहिक पत्रिका देशवार्ताले ३२औँ वर्ष पूरा गरेको अवसर पारेर आयोजना गरेको सम्मान कार्यक्रममा सहभागी हुन हामी सबैलाई निमन्त्रणा पत्र दिनुभयो । हाम्रा लागि यो भन्दा ठूलो खुसीको कुरा के हुन सक्ला र । हामी सबैले सहर्स स्वीकार गर्यौँ ।
दमक–१,झापा