मंगलबार, वैशाख १८, २०८१

पछिल्लो मत परिणामपछि सुनक बेलायतको भावी प्रधानमन्त्री बन्ने दौडमा अगाडि

नेपालप्लस संवाददाता / बेलायत२०७९ साउन ३ गते १५:१६

पूर्व अर्थमन्त्री ऋषि सुनक बेलायतको आगामी प्रधानमन्त्रीको दौडकालागि कन्जरभेटिभ पार्टीका तर्फबाट अग्रिम स्थानमा देखिएका छन् । सांसदहरूले सोमबारको पछिल्लो चरणको मतदानमा सुनकले आफ्नो अग्रता फराकिलो बनाएका छन् । तर पनि अन्तिम दुईमा पुग्ने दौड कडा देखिएको छ ।

सुनकले १ सय १५ टोरी सांसदको समर्थन जितेका थिए । त्यसपछि पेनी मोर्डन्टले ८२ मत, लिज ट्रसले ७१, केमी बडेनोकले ५८ र टम टुगेनधाटले ३१ मत पाएका थिए, जो अन्तिम उम्मेदवारबाट बाहिरिएका थिए ।

दुई जना मात्र उम्मेदवार बाँकी रहेसम्म सांसदहरूले मतदान जारी राख्नेछन् र त्यसपछि पार्टीका सदस्यहरूले विजेता को भन्ने निर्णय सार्वजनिक गर्नेछन् ।

पेनी मोर्डन्टको सप्ताहन्त अघि प्रभाव राम्रो भएपनि अघिल्लो राउन्डबाट भोटहरू गुमाए ।

विदेश सचिव ट्रसले ग्यापलाई ११ मा बन्द गरिन् र सम्भवतः बाडेनोकका समर्थकहरूबाट उनलाई थप समर्थनको अपेक्षा गरिएको छ । यदि विद्रोही उम्मेदवारलाई अर्को चरणमा हटाउन सकेमा बुधवार अन्तिम दौडमा अग्रणी बनाउनको लागि अवशर मिल्ने छ ।

सोमबार सुनक र ट्रसबिच मंगलबार साँझ हुने भनिएको योजनाबद्ध टेलिभिजन बहस खारेज गरिएको छ । पछिल्लो समयमा कन्जरभेटिभ पार्टीभित्रै आरोप प्रत्यारोप र आलोचना भैरहेको छ । यसले पार्टीलाई क्षती पुर्‍याएको भनाई एक थरीको छ ।

“कन्जरभेटिभ सांसदहरूबिचको बहसले कन्जरभेटिभ पार्टीको छविमा घाटा पार्छ, आन्तरिक पार्टीभित्रकै नेताबिचको बहसले, पार्टी भित्रको असहमति र विभाजनलाई पर्दाफास गर्ने बारे नेताहरु चिन्तित छन्” एक विज्ञप्तिमा भनिएको छ।

बोरिस जोनसनको सरकारमा घोटाला र कोरोनाको प्रतिबन्धका बेला गरेको भोज लगायतका कारण पार्टीभित्रै बिद्रोह शुरु भएपछि बोरिस जोनसनले गत जुलाई ७ मा प्रधानमन्त्रीबाट राजिनामा दिने घोषणा गरेका थिए ।

सेप्टेम्बर ५ मा आफ्नो उत्तराधिकारीको घोषणा नभएसम्म जोनसन प्रधानमन्त्रीको पदमा रहनेछन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक