सोमबार, वैशाख २४, २०८१

ईटालीमा पहिलो महिला प्रधानमन्त्रीमार्फत् सत्तामा अति दक्षिणपन्थी पार्टी पुग्ने संकेत

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ साउन ९ गते १४:४७

ब्रदर्स अफ इटाली (एफडीआई) पार्टीका प्रमुख, जर्जिया मेलोनी लिग (लेगा) पार्टी, ब्रदर्स अफ इटाली (एफडीआई) पार्टी र फोर्जा इटालिया (एफआई) पार्टीको एकताबद्ध जुलुसमा मञ्चबाट हात हल्लाउँदै देखापर्दा धेरैलाई अप्रत्याशित लाग्यो । उनी सरकार बिरोधी र्‍यालीमा राजधानी रोमको पियाजा डेल पोपोलोमा देखापरेकि थिईन् जुलाई ४, २०२० मा ।

प्राविधिक रूपमा कुशल अभिजात वर्गको सदस्य (टेक्नोक्रेट) मारियो ड्राघीको राष्ट्रिय एकताको सरकारको शासनकालमा विपक्षमा रहेको एक मात्र पार्टी, इटालीको पोस्ट-फासिस्ट ब्रदर्सले सेप्टेम्बर २५ मा हुने इटालियन चुनावमा राम्रो प्रदर्शन गर्ने देखिन्छ । यो पार्टीले पार्टी नेता जर्जिया मेलोनीलाई इटालीको आगामी प्रधानमन्त्री बनाउन अघि सारेको छ ।

इटालीको पहिलो महिला प्रधानमन्त्री बनाउनको लागि व्यापक रूपमा मन पराइएको छ उनलाई । मेलोनीले र्‍यालीहरूमा आफूले हस्ताक्षर गरेको नारा बारम्बार प्रयोग गर्छिन्: “म एक महिला हुँ, म आमा हुँ, म इटालियन हुँ, म एक क्रिश्चियन हुँ र तपाईंले यसलाई मबाट हटाउनुहुनेछैन। ”

रोमको श्रमिक-वर्ग गार्बेटेला जिल्लामा सिसिलियन आमा र सार्डिनियाका बुबाबाट जन्मेकि उनी शहरका सम्भ्रान्तहरूबाट टाढा थिईन् । ब्रदर्स अफ इटालीका नेताहरू अब उनको पार्टीलाई द्राघीको एकमात्र विपक्षी शक्ति बनाउन ज्यान दिएर लागिरहेका छन्। द्रागीले फेब्रुअरी २०२१ मा आफ्नो ठूलो गठबन्धन गठन गरेका थिए ।

पोलिटिकोको पोलिङ तथ्यांक अनुसार, ढिलोभएपनि ब्रदर्स अफ ईटाली पार्टी इटालीका राजनीतिक दलहरूमा २३ प्रतिशतले अगाडि बढेको छ।

पेरिसको साइन्स पो युनिभर्सिटीका इटाली विशेषज्ञ मार्क लाजरले भने “डेढ वर्षदेखि, इटालियनहरूले जे पाए, जे भोगे असन्तुष्टि मात्रै पाएका छन्, यसको एउटा मात्र बाटो छ बाहिर निस्किने: ब्रदर्स अफ इटाली । यसैले स्थानीय चुनावमा यसले ठूलो प्रगति गर्यो र अहिले देशको प्रमुख दलहरू मध्ये एक हो । सर्वेक्षणले त्यहि देखाउँछ।”

ब्रदर्स अफ इटालीले हाल मध्य-वाम प्रजातान्त्रिक पार्टी (सेन्टर लेफ्ट डेमोक्रेटिक पार्टी) लाई एक अंकले पछि पारेको छ । तर सामूहिक रूपमा राजनैतिक परिद्रिष्यमा अर्को पक्ष भन्दा अति दक्षिणपन्थी, अतिनै अतिवादी (एक्स्ट्रिम राईटिस्ट) र दक्षिणपन्थी (राईटिस्ट) हरूले धेरै भार बोक्छन् । पूर्व गृहमन्त्री माटेओ साल्भिनीको लोकप्रिय-राष्ट्रवादी लीग १५ प्रतिशतले तेस्रो स्थानमा छ । ब्रदर्स अफ इटालीको लिग र पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको फोर्जा इटालियासँग गठबन्धन छ तिनको, चौथो स्थानमा पपुलिस्ट फाइभ स्टार मुभमेन्टभन्दा ८ प्रतिशत पछाडि छ।

फासिस्ट पछिको इतिहास

मेलोनीको पार्टी सन् २०१२ मा राष्ट्रिय गठबन्धनको उत्तराधिकारीको रूपमा स्थापित भएको थियो, जुन तानाशाह बेनिटो मुसोलिनीको राष्ट्रिय फासिस्ट पार्टीका सदस्यहरूले गठन गरेको १९४६-१९९५ इटालियन सामाजिक आन्दोलनको खरानीबाट उठेको थियो। मेलोनीले मुसोलिनीका विचारहरूसँग कुनै पनि सम्बन्धलाई अस्वीकार गरेकि छन् । तर आफ्नो शासनको निन्दा नगर्न निकै होशियारी अपनाउँछिन्, सतर्क हुन्छिन् ।

“मेलोनी आफ्नो युवावस्थादेखि नै पोस्ट-फासिस्ट राजनीतिमा सक्रिय छन्” बोलोग्ना विश्वविद्यालयका प्रोफेसर एमेरिटस र इटालीका ब्रदर्सका विशेषज्ञ पिएरो इग्नाजीले भने “पार्टीको पहिचान, धेरै भागमा पोस्ट-फासिस्ट परम्पराहरूसँग जोडिएको छ। तर यसको प्लेटफर्मले यस परम्परालाई केही मुख्यधारका रूढीवादी विचारहरू र स्वतन्त्र उद्यम जस्ता नवउदारवादी तत्वहरूसँग मिलाउँछ ।

तर ब्रदर्स अफ इटालीका केही सदस्यहरू छन् जो ड्युसको शासनको लागि उदासीन छन् । यसको सेकोलो डी’इटालिया अखबारले देशको इतिहासको यस अध्यायमा अस्पष्ट बयानहरू गरेको छ ।

तर, मेलोनीले आफूलाई एडल्फ हिटलरको कठपुतली बनेका नेताबाट टाढै राखेकी छिन् । आफ्नो परिवार र इटालियन राष्ट्रिय पहिचानको सुनिस्चितकर्ताको रूपमा आफूलाई प्रस्तुत गर्दै ब्रदर्स अफ ईटालीले देशको कम जन्मदरसँग सम्झौता गर्न प्रो-नेटलिस्ट नीतिहरूलाई समर्थन गर्दछ । यसले नि:शुल्क नर्सरीहरू कक्षा सिर्जना गर्ने र प्रति महिना प्रति परिवार ४०० युरो भत्ताको प्रस्ताव समेत गरेको छ ।

मेलोनीले समलिङ्गी नागरिक साझेदारीको पनि विरोध गरेकि छन् र लिबियाबाट आउने आप्रवासीहरूलाई इटालीको बन्दरगाह बन्द गर्न चाहन्छिन् ।

उनी हंगेरीका राष्ट्रवादी प्रधानमन्त्री भिक्टर ओर्बानका साथै फ्रान्सेली अति दक्षिणपन्थी पार्टी नेशनल र्‍याली र स्पेनको भोक्स पार्टीको नजिक छिन्। मेलोनीको अमेरिकाको दक्षिणपन्थी वा केहिले अतिवादी भन्ने गरेको पार्टीसँग पनि निकट सम्बन्ध छ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प सँगै २०२२ कन्जर्भेटिभ पोलिटिकल एक्शन कन्फरेन्समा उनले भाग लिएकि थिईन् । त्यसलाई त्यहि निकटताबाट हेर्ने गरिन्छ ।

तर मेलोनीले केही मुद्दाहरूमा आफ्नो अडानलाई पनि नरम पारेकी छिन् । पूर्व अडानबाट पछि हटेर उनले इटालीमा गर्भपतनमा पहुँच सुरक्षित गर्ने वाचा गरेकि छन् । मेलोनीले फेब्रुअरी २४ मा रूसी आक्रमण पछि युक्रेन र एट्लान्टिक गठबन्धनको लागि दृढ समर्थन पनि गरेकि छन् । साल्भिनी र बर्लुस्कोनी दुबैको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको सम्बन्धको तुलनामा भिन्न रहेको प्रस्तुत गरेकि छन् उनले ।

ब्रदर्स अफ ईटाली पार्टीका नेताहरुले यसको ईयू विरोधी अडानलाई ठूलो मात्रामा कम गरेका छन् । पार्टीले “युरोप अफ नेशन्स” लाई प्राथमिकता दिएको भन्दै ईयु वा युरोजोन पनि नछोड्ने पक्षधरता देखाएको छ ।

मेलोनीले यो स्थितिलाई समर्थन गर्न सजिलो भएको हुन सक्छ किनभने इटालीले ईयु कोविड रिकभरी कोषबाट लगभग दुई अर्ब युरोको फाइदा उठाइरहेको छ।

“मेलोनीले आफ्नो मैत्रीपूर्ण कार्यक्रम र उनको कार्यप्रणाली, कार्यमा नैतिकता, आचरणको खाका बनाउँदैछन्” लाजरले भने।

“मेलोनी धेरै पुरुष भएको र पुरुष वातावरणमा रहन, कार्य गर्न सक्ने एक मात्र महिला हुन् । उनले मे महिनामा एक अन्तरदलीय सम्मेलन आयोजना गरिन्, जसमा उनी दक्षिणपन्थी (राईट्स) तर्फका बुद्धिजीवी र राजनीतिज्ञहरूसँग घेरिएकि थिईन् । तर अति दक्षिणपन्थीहरू निकट थिएनन् । यसले उनलाई प्रधानमन्त्रीका लागि उपयुक्त उम्मेदवारका रूपमा प्रस्तुत गर्न मद्दत गर्छ ।

सन् २००६ मा २९ वर्षको उमेरमा सांसद बनेकी मेलोनी केही समयदेखि राजनीतिमा थिइन्। दुई वर्षपछि उनी बर्लुस्कोनीको क्याबिनेटमा युवा मन्त्रीको रूपमा सामेल भएकि थिईन् ।

विश्लेषकहरुको भनाईमा उनको आचरणपनि गम्भीर खालको छ । श्रमिक वर्गको पृष्ठभूमि छ । इटालियन राजनीतिको धेरै हदसम्म पुरुष वातावरणमा महिलाको रूपमा उनी आफ्नो बलियो उपस्थितिमा भर पर्दै आएकि छन् । उत्तरी इटालीमा धेरै स्थानीय चुनावमा विजय हासिल गर्दै मेलोनीले ब्रदर्स अफ इटालीको अपीललाई यसको परम्परागत ग्रामीण, दक्षिणी हार्टल्याण्डहरू भन्दा बाहिर फराकिलो बनाएकी छिन् । तिनमा लिगको प्रभुत्व छ । र सिसिलीको सबैभन्दा ठूलो सहर पालेर्मोमा प्रभावशाली स्कोर गरेकि छन् । पोर्लेमो सिसिलीमा वामपन्थी र नरमपन्थीहरुको लामो समयदेखि गढ रहेको थियो ।

उमेरले ४५ वर्षकी मेलोनीको मेहनत र रणनीति अब सफल भैरहेको देखिएको छ । उनको पार्टीले आम चुनाव जित्यो भने अति दक्षिणपन्थी वा अतिवादी र दक्षिणपन्थी बीचको विभाजन कम हुनसक्छ । उनको र साल्भिनी बीचको व्यक्तिगत दुश्मनीको इतिहासलाई ध्यानमा राखेर उनको पार्टी विजयी हुनसक्छ ।

(फ्रंस २४ डट कममा लु रोमेओको स्रोतसमेतको सहयोगमा)

तपाइँको प्रतिक्रिया

फेसबुक