शनिबार, साउन १२, २०८१

अमेरिका मन्दीमा छ कि छैन भनेर निर्णय गर्ने आर्थिक ‘रेफ्री’ को ?

हेनरिक भालादार / फ्रान्स२०७९ साउन १६ गते १८:४०

अमेरिकी वाणिज्य विभागले देशको कुल गार्हस्त घरेलु उत्पादन लगातार दोस्रो त्रैमासिकमा घटेको बिहीबार घोषणा गर्‍यो । राष्ट्रपति जो बिडेनले भने “यो मन्दी जस्तो लाग्दैन।”

धेरै देशहरूमा कुल गार्हस्थ घरेलु उत्पादन (जिडिपी) को लगातार दुई चौथाई गिरावट आधिकारिक रूपमा देखिएमा त्यो मन्दीको रूपमा मानिन्छ । तर अमेरिकामा भने होइन । त्यहाँ आठ अर्थशास्त्रीहरूको स्वतन्त्र निकायले गर्छ । त्यो निकायको नाम बिजनेस साइकल डेटिङ कमिटी हो । त्यसैले त्यसको निर्धारण गर्छ ।

धेरैजसो देशहरूमा मन्दीको घण्टी बज्नुपर्ने हो र सरकारले आधिकारिक रूपमा अर्थव्यवस्था मन्दीमा प्रवेश गरेको घोषणा गर्नुपर्ने थियो । तर अमेरिकामा छैन । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको जीडीपी गत त्रैमासिकमा शुन्य दशमलव ९ प्रतिशत वार्षिक दरमा घटेको वाणिज्य विभागलेनै बिहीबार घोषणा गरेको छ । यो लगातार दोस्रो त्रैमासिक नकारात्मक घटना हो ।

तर विभागले नयाँ तथ्यांक सार्वजनिक गरे लगत्तै राष्ट्रपति जो बाइडेनले पत्रकारहरूलाई भने “नयाँ डाटा मलाई मन्दी जस्तो लाग्दैन ।”

तर यदि फ्रान्समा भए त्यहि जीडीपी तथ्याङ्क आफ्नो देश मन्दीमा पुगेको घोषणा गर्न पर्याप्त हुनेथियो ।

देशको राष्ट्रिय तथ्याङ्क तथा आर्थिक अध्ययन संस्थान (इन्सी) ले मन्दीलाई कम्तीमा पनि लगातार दुई त्रैमासिकमा कुल गार्हस्थ उत्पादन (जीडीपी) मा आएको गिरावट भनेर परिभाषित गरेको छ। आर्थिक सहयोग र विकास संगठन (ओईसिडी) ले पनि यही परिभाषा लागू गर्दछ ।

बाईडेन र व्हाइट हाउसका शीर्ष अधिकारीहरूले बिहीबार अमेरिकी अर्थतन्त्रको बारेमा धेरै सकारात्मक तथ्यहरू औंल्याए । उनीहरुको दाबी अनुसार रोजगारदाताहरूले अझै पनि कामदार भर्ती गरिरहेका छन् । बेरोजगारी ५० वर्षमै न्यूनमा झरेको छ र निर्माता, लगानीकर्ताहरूले अझै लगानी गरिरहेका छन्।

आठ अर्थशास्त्री

अमेरिका बाहेक जापान एक मात्र यस्तो लोकतान्त्रिक देश हो जसले मन्दीको इन्सी र ओइसिडी परिभाषालाई पालना गर्दैन ।

“जापानी सरकार रेफ्री हो । तर सरकारको स्वचालित दुई-चौथाई नियमबाट अलग हुन्छ र रोजगार वा उपभोग जस्ता अन्य सूचकहरूलाई विचार गर्दछ” हार्वर्ड अर्थशास्त्री जेफ्री फ्रान्केलले आर्थिक चक्रको परिभाषाको अमेरिकी अपवादमा सन् २०१९ वार्ताको रूपरेखामा भनेका छन् ।

जापानमा, प्रजातान्त्रिक रूपमा निर्वाचित निकायले जनसङ्ख्याद्वारा परिचित नियमहरु, प्रावधानहरु वा परिणामहरुलाई हेर्दछ ।

तर अमेरिकामा आर्थिक मध्यस्थकर्तामा आठ अर्थशास्त्रीहरू छन् जसलाई बिजनेस साईकल डेटिङ कमिटी (व्यापार चक्र डेटिंग कमिटी) भनिन्छ र यो राष्ट्रिय आर्थिक अनुसन्धान ब्यूरो (एनबिईआर) को एक भाग हो। एनबिईआरको परिभाषाले “मन्दीले अर्थतन्त्रमा फैलाएको प्रभाव र केही महिनाभन्दा बढी समयसम्म रहने आर्थिक गतिविधिमा उल्लेखनीय गिरावटलाई जोड दिन्छ”।

यसैले बेरोजगारी दर, ज्याला स्तर र लगानी सहित समितिले विचार गर्ने कारक मध्ये जिडिपी संकुचन मात्र भएको एक भाग वा कारक मान्दछ ।

यी मध्यस्थहरूले अमेरिकी अर्थतन्त्र मन्दीमा छ कि छैन भनेर मात्र निर्धारण गर्दैनन् बरु तिनीहरूले आधिकारिक रूपमा मन्दी समाप्त भएको छ भनेर निर्धारण गर्न सक्ने क्षमतापनि राख्छन् ।

राजनीतिक रूपमा संवेदनशील मुद्दा

वाशिंगटनमा अर्थतन्त्र सधैं धेरै राजनीतिक रूपमा संवेदनशील भैरहने मुद्दा हो । विशेष गरी यसको बारेमा मतदाताहरूको चिन्ताले नोभेम्बर ८ को मध्यावधि चुनावमा कांग्रेसको नियन्त्रणको लागि बाइडेनका समर्थक डेमोक्र्याटहरूलाई असर गर्न सक्छ।

प्रतिनिधि सभा र सिनेटमा हाल डेमोक्र्याटहरूसँग पातलो बहुमत छ । तर पूर्व डेमोक्रेटिक राष्ट्रपतिहरू बिल क्लिन्टन र बाराक ओबामाको पहिलो कार्यकालमा भएको मध्यावधि चुनावहरू पार्टीका लागि विनाशकारी थिए । रिपब्लिकन र रूढिवादी राजनीतिक टिप्पणीकारहरूले जीडीपीको घट्दो तथ्याङ्क, बढ्दो मूल्य र सुस्त भएको आवास बजारलाई अर्थतन्त्रको अवस्थाको लागि बाइडेनलाई दोष दिन उद्दत देखिएका छन् ।

रोयटर्स इप्सोस सर्वेक्षणका अनुसार राष्ट्रपतिको स्वीकृति मूल्याङ्कन ३६ प्रतिशतको रेकर्ड न्यूनमा झरेको छ । अर्थव्यवस्थाको अवस्थापनि मतदाताहरूको चिन्ताको शीर्ष स्थानमा रहेको छ ।

ह्वाइट हाउसले छानेका सहभागीहरूसँगको बैठकमा पनि बाईडेनले अमेरिकी अर्थतन्त्रको मिश्रित विवरण सुने । “हामी उपभोक्ताले गर्ने खर्चमा मन्दी देखिरहेका छौं” मेटेरियल साईन्स फर्म कर्निंगका सीईओ वेन्डेल वीक्सले टेलिभिजन र कम्प्युटर निर्माताहरूलाई कम्पनीको बिक्री उद्धृत गर्दै बाईडेनलाई सुनाए ।

यद्यपि वर्षको पहिलो आधामा अमेरिकी रोजगारी वृद्धि औसत चार लाख ५६ हजार सात सय प्रति महिना भएको छ, जबकि घरेलु माग निरन्तर बढिरहेको छ। बिहीबारको श्रम विभागको तथ्याङ्कले राज्यले दिने बेरोजगारी लाभका लागि प्रारम्भिक दाबीहरू थोरै घटेको देखाएको छ ।

फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले बिहीबार पत्रकारहरूलाई भने “यस प्रकारको कुराले अर्थतन्त्र मन्दीमा पर्नसक्छ भन्ने अर्थ छैन ।”

बाह्र महिनालाई मन्दीको नाम

जबसम्म बिजनेस साइकल डेटिङ कमिटीले अमेरिका मन्दीमा छ भनेर भन्दैन तबसम्म बाईडेनले आफ्नो देश मन्दीमा छैन भनेर पूर्ण विश्वाशकासाथ भन्न सक्ने छन् । राष्ट्रपतिसँग आफ्नो पक्षमा समर्थन गर्न कारण र समय हुन सक्छ : “टर्निङ प्वाइन्ट [मन्दी वा रिकभरी] र समूहको घोषणा बीचको औसत ढिलाइ १२ महिना हो” फ्रान्केलले लेखे, जो २० वर्ष भन्दा बढी समयदेखि आठ अर्थशास्त्रीको समितिमा बसेका छन्।

समितिका आठ अर्थशास्त्रीहरूले सन् २००७ को अन्त्यमा मन्दी सुरु भएको घोषणा गर्न डिसेम्बर २००८ सम्म पर्खिरहेका थिए। अन्तिम समयमा वित्तीय सङ्कटले विश्वभर विनाश गरिरहेको थियो। लेहम्यान ब्रदर्स टाट पल्टिसकेका थिए । (मायर लेहमान एक जर्मनमूलकाअमेरिकी व्यापारी, बैंकर, र परोपकारी थिए । उनी लगानी बैंक लेहमन ब्रदर्सका तीन संस्थापकमध्ये एक थिए।)

“समितिले मूल्यांकन गरेर ढिलो निर्णय गर्ने र समय लगाउने तरिका समस्या हुनसक्छ जब राजनीतिज्ञहरूलाई निर्णय गर्न द्रुत मूल्याङ्कन चाहिन्छ” नेशनल पब्लिक रेडियो (एनपीआर) ले मन्दी रेफ्रीहरू” भनिने एक कार्यक्रममा भने।

एक समाजवादी अर्थशास्त्री र ‘लेसे फेयर’ कार्यकारी बीचको मित्रता

मन्दीको पहिचान गर्ने अमेरिकी अपवाद पहिलो विश्वयुद्ध र समाजवादी अर्थशास्त्री नाचुम स्टोन र अमेरिकन टेलिफोन एण्ड टेलिग्राफ कम्पनी (एटी एण्ड टी) का प्रमुख तथ्यांकबिद माल्कम रोर्टीबीचको सम्भावित मित्रता पछिको हो । अमेरिकी व्यापार पत्रिका फोर्ब्सका अनुसार यो एक ‘लेसे फेयर’ दर्शनको लागि प्रसिद्ध छ ।

लेसे फेयर प्रसिद्द फ्रान्सेली शब्द वा दर्शन हो । यसको अर्थ ‘लेट पिपल डु एज थे चुज’ अर्थात् जनताले चाहे अनुसार गर्न देउ भन्ने हो ।

यि दुई निकाय कुनैपनि आर्थिक अवधारणामा सहमत हुन सकेनन् । त्यसैले अमेरिकालाई आर्थिक बहसको आधारको रूपमा सेवा गर्न केही निर्विवाद तथ्यहरू स्थापित गर्न सक्ने निकाय चाहिन्छ । चाहिएको देखिन्छ ।

यसरि सन् १९२० मा एनबिईआरको जन्म भएको थियो । त्यो एक स्वतन्त्र संस्थान हो जसले विकास दर, रोजगारी, वा मन्दीहरू मापन गर्ने जस्ता दबाबका मुद्दाहरूमा सहमतिमा पुग्न सबै आर्थिक दृष्टिकोणबाट स्वतन्त्र र चम्किलो ब्यक्तित्व, दिमाखलाई एकसाथ ल्याउन खोजेको थियो ।

लगभग ६० वर्ष पछि सन् १९७८ मा यो संस्थाले व्यापार चक्र डेटिङ समितिको स्थापना गर्यो । यसको कार्य के भने आजको मितिसम्म एकदमै सटीक तरिकाले देशको विभिन्न आर्थिक चक्रहरूमा विश्लेषण, काम गर्‍यो । त्यसैले यसको ढिलाइ पनि भयो।
“उदाहरणका लागि, जीडीपीमा प्रायः संशोधनहरू हुन्छन्” म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका अर्थशास्त्रका प्राध्यापक, एनबीईआरका अध्यक्ष र बिजनेस साइकल डेटिङ कमिटीका सदस्य जेम्स पोटर्बाले एनपीआरलाई भने ।

“मलाई लाग्छ कि समग्रमा, मन्दीको सुरुवात निर्धारण गर्न हाम्रो अमेरिकी दृष्टिकोणले जीडीपी गिरावटको दुई लगातार चौथाईको मात्र सूचक प्रयोग गर्ने विशुद्ध मेकानिकल प्रक्रियाको तुलनामा काम गर्दछ” पोतेर्बाले थपे।

यूके अफिस फर नेशनल स्ट्याटिस्टिक्सले सन् २०१३ मा जीडीपी वृद्धिलाई माथि पुर्‍याएर संशोधन गर्‍यो । त्यो बेला पहिले सोचे अनुसार सन् २०११ को अन्त्यमा कुनै मन्दी थिएन।

पारदर्शिता र विविधताको अभाव

समितिले यसको संरचना र पारदर्शिताको अभावमा आलोचनाको सामना गर्नुपरेको सिएनएन बिजनेश रिपोर्टमा भनिएको छ “उनीहरूसँग कुनै पूर्वनिर्धारित बैठकको मिति छैन र तिनीहरूको छलफल निजी हो ।”

कुनै निश्चित कार्यकालको मिति पनि छैन र समितिमा कसले सेवा गर्ने भन्ने अन्तिम निर्णय एकजनाले गर्ने हो” एनबीईआरका अध्यक्ष पोतेर्बाले भने ।

“यो अर्थतन्त्रको ‘लडाई गर्ने क्लब (फाईट क्लब)’ जस्तै हो” एनपिआरले भन्यो।

यो समुहका सबै आठ सदस्यहरू शीर्ष अमेरिकी विश्वविद्यालयहरू (हार्वर्ड, प्रिन्सटन वा स्ट्यानफोर्ड) बाट अध्ययन गरेका छन् । ति सबै पस्चिमेली गोरा वर्णका र ६० वर्ष भन्दा बढी उमेरका छन् । यसबाहेक, त्यहाँ दुई जना महिला मात्र छन्, जसमा एक जना त्यहि आठ जना मध्येकै अर्को सदस्यसँग विवाहित छन् ।

ति आठ अर्थशास्त्री मध्ये एक जनाको भूमिकामा सेवा गर्ने पहिलो महिला र फेडरल रिजर्भ अध्यक्षको रुपमा कार्य गरेकि अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनले भनिन् “फेडरल र सरकारमा महिला र अल्पसंख्यक अर्थशास्त्रीहरूको अभावले दृष्टिकोणलाई कम गर्छ र छलफलको दायरा सीमित गर्छ ।”

“यो अनैतिक छ” म्यासाचुसेट्स विश्वविद्यालयका अर्थशास्त्रका प्रोफेसर रिचर्ड वोल्फले सीएनएनलाई भने ।

“हाम्रो आर्थिक प्रणालीमा वार्तालापको हिस्सा हुनुपर्दछ भन्ने आधारभूत मुद्दाहरू अस्तित्वमा छैनन् जस्तोगरी बहिष्कृत गरिएको छ” वोल्फले भने । उनले हार्वर्डमा स्नातक गरेका थिए र स्ट्यानफोर्डमा आफ्नो मास्टर डिग्री र येलमा आफ्नो पीएचडी प्राप्त गरे। उनी येलेनको सहपाठी थिए ।

“तपाईसँग एउटै अभिजात वर्गका पुराना, गोरा स्नातकहरूको समुदाय छ र उनीहरूका लागि के महत्त्वपूर्ण छ भन्ने कुरा महत्त्वपूर्ण छ। यदि तपाइँ फरक सोच्नुहुन्छ भने तपाइँ क्लबबाट बाहिर पर्नुहुन्छ ।”

सामाजिक र जातीय विविधताको अभावले समितिको काममा असर परेको छ । जुलाई २०२१ मा आफ्नो अन्तिम बैठकमा सदस्यहरूले अन्तिम मन्दी कोविड १९ महामारीसँग जोडिएको र अप्रिल २०२० मा समाप्त भएको बताएका थिए ।

तिनीहरूको तर्क मुख्य रूपमा बेरोजगारी दरमा आधारित थियो जुन लगभग पूर्व-महामारी स्तरहरूमा फर्किएको थियो । तर सबैभन्दा गरिब अमेरिकी र अल्पसंख्यकहरू अझै पनि आफ्नो गुमेको क्रयशक्ति पुन: प्राप्त गर्नबाट टाढै थिए ।

“समितिमा थप विविधताले हामीले अर्थतन्त्रको स्वास्थ्यलाई कसरी बुझ्छौं भन्ने बारे दृष्टिकोण र अन्य विचारहरू ल्याउनेछ” आर्थिक नीति संस्थानको रेस, एथनिसिटी र इकोनोमी कार्यक्रमका निर्देशकका साथै राष्ट्रिय आर्थिक संघका अध्यक्ष भ्यालेरी विल्सनले सीएनएनसँग एक साक्षात्कारमा भने ।

यो लेख फ्रान्सेली भाषाको फ्रंस २४ बाट नेपालीमा भावानुवाद गरिएको हो-सं)

तपाइँको प्रतिक्रिया