युद्धमा सैनिक ट्रक चलाउँथिन बेलायतकी महारानी
![](https://nepalplus.com/wp-content/uploads/2022/09/elisabeth-1.jpg)
रेडक्रसको तालिमका क्रममा राजकुमारी एलिजावेथ
राजा महाराजाहरुले धेरै खनजोत गरेको सार्वजनिक हुन्छ । गाइभैसीं, घोडा, भेडाबाक्रा मुसार्ने गर्छन् । गाडी हाँक्ने गर्छन् । तर त्यो सोख र जनतालाई देखाउनैकालागि हो । बेलायतकी महारानी एलिजाबेथ द्वितियले भने साँच्चिकै ट्रक हाँकिन् युद्दकालमा । आफ्नो देशको रक्षाकालागि । सामाजिक कामकालागि ।
दोस्रो बिश्वयुद्धताका जहाँपनि लडाइँ थियो । मारामार र झैझगडा हुन्थ्यो । जतापनि युद्ध । मान्छेहरु घाइते उत्तिकै हुन्थे । पुरुषहरु लडाइँमा थिए । महिलाहरुले झन पती बियोग र घाइतेको सुसार गर्नुपर्थ्यो । आफैंले सहनु पर्थ्यो । हो, त्यो बेला बेलायतकी महारानी (त्यो बेला राजकुमारी) आफैंले ट्रकसम्म चलाउने गर्थिन् । सैनिक ड्रेस लगाएर कहिलेकाहिँ आफैं ट्रक चलाएर हिँड्थिन् । उनी आफ्नो वास्तबिक भेष लुकाएर ट्रक चालक बन्थिन, सैनिक ट्रक ।
त्यो बेला महिला सैनिकको छुट्टै इकाई थियो बेलायतमा । सन् १९४२ को प्रारम्भमा उनी ‘ग्रेनेडियर गार्ड इन्फन्ट्री रेजिमेन्ट’ को कर्नेल-इन-चीफ नियुक्त भइन् । युद्धको अन्त्यमा उनी बेलायती सेनाको महिला शाखा सहायक क्षेत्रीय सेवामा सामेल भएकि थिईन् । त्यसमा रहेर युद्धकालमा बेलायतलाई सहयोग गरिन् ।
![](https://nepalplus.com/wp-content/uploads/2022/09/elisabeth-2.jpg)
रेडक्रसको तालिमका क्रममा राजकुमारी एलिजावेथ
![](https://nepalplus.com/wp-content/uploads/2022/09/Elizabeth-3.jpeg)
स्वयंसेवा गर्न जाँदै सैन्य गाडी चढेर
![](https://nepalplus.com/wp-content/uploads/2022/09/elizabeth-queen-12.jpg)
सैनिक ट्रक चलाउँदै एलिजावेथ
![](https://nepalplus.com/wp-content/uploads/2022/09/queen-elizabeth-4.jpg)
दोस्रो बिश्व युद्दका बेला अक्जुलरी टेरिटोरियल सर्भिस भनिने महिला सैनिकहरुको ईकाईमा सहकर्मीका साथ पछिल्लो लाइनको बिचमा एलिजावेथ । उनीहरु सैन्य तालिमका क्रममा थिए
(तस्विर स्रोत- एजिनमार्क डट कम, डिस्कोभरी डटकम, एपी र वासिङटन पोस्ट डट कम)