शनिबार, वैशाख २२, २०८१

रानी एलिजाबेथ द्वितीय: रेकर्डनै रेकर्ड

नेपालप्लस संवाददाता / बेलायत२०७९ भदौ २४ गते १९:४४

महारानी एलिजाबेथ द्वितीयले आफ्नो ७० वर्षको लामो सिंहाशनमा थुप्रै रेकर्डहरु बनाएकि छन् ।

दीर्घायु

एलिजाबेथ द्वितीयले ७० वर्ष, करिब चार महिना शासन गरिन् । यो बेलायती इतिहासमा कुनैपनि राजा वा रानीको भन्दा लामो समय हो । अघिल्लो कीर्तिमान उनकी हजुरआमा रानी भिक्टोरियाले बनाएकि थिईन् जसले १९०१ सम्म ६३ वर्ष, सात महिना र दुई दिन शासन गरेकि थिईन् ।

९६ वर्षको उमेरमा बिहीबार उनको मृत्यु अघिसम्म एलिजाबेथ विश्वको सबैभन्दा वृद्ध वर्तमान रानी र राज्य प्रमुख थिइन । उनले भन्दा बढी मात्र दुई राजाहरूले लामो समयसम्म शासन गरेका छन्: फ्रान्सको लुइस चौधौं, १६४३ र १७१५ को बीच ७२ वर्ष भन्दा बढी । र थाइल्याण्डका भूमिबोल अदुल्यादेज, ७० वर्ष र चार महिना, अक्टोबर २०१६ मा उनको मृत्युसम्म ।

विश्व भ्रमणकर्ता

रानीले १९५२ देखि १०० भन्दा बढी देशहरूमा यात्रा गरिन् । यो बेलायती राजसंस्थाले बनाएको अर्को कीर्तिमान हो । र कमनवेल्थ राष्ट्रहरूमा १५० भन्दा बढी भ्रमणहरू गरिन् । उनी सबैभन्दा बढी २२ पटक क्यानडा गइन् । युरोपमा उनले धेरै पटक प्रायः फ्रान्सको भ्रमण गरिन्-१३ पटक । उनी फ्रान्सेली भाषा बोल्थिन् ।

नोभेम्बर २०१५ मा ८९ वर्षको उमेरमा विदेश यात्राहरू रोक्नु अघि उनले गोलार्धको ४२ पटक बराबर यात्रा गरेको गणनादैनिक टेलिग्राफले उल्लेख गरेको थियो ।

उनको सबैभन्दा लामो विदेश यात्रा नोभेम्बर १९५३ देखि मे १९५४ सम्म १६८ दिनको थियो, जसमा उनले १३ देशको भ्रमण गरिन् ।

सधैं व्यस्त

२१ वर्षीया राजकुमारी रहँदैदेखि एलिजाबेथले आफ्नो जीवन राष्ट्रमण्डल (कमनवेल्थ) को सेवामा समर्पित गरेर आफूलाई ब्यस्त राखिन ।

रानीको रूपमा उनले लगभग २१ हजार वटा औपचारिक कार्यमा संलग्नता पूरा गरिन् । चार हजार वटा कानूनलाई शाही स्वीकृति दिइन् । र विदेशी राष्ट्र प्रमुखहरूको ११२ राज्य भ्रमणहरू आयोजना गरिन् । उनले होस्ट गर्नेहरूमध्ये इथियोपियाका सम्राट हेले सेलासी (१९५४), जापानका सम्राट हिरोहितो (१९७१), पोल्याण्डका राष्ट्रपति लेच वालेसा (१९९१) र अमेरिकी राष्ट्रपति बाराक ओबामा (२०११) थिए।

बकिङ्घम प्यालेसमा १८० भन्दा बढी गार्डेन पार्टीहरू आयोजना गरिए जसमा १५ लाखभन्दा बढी मानिसहरू सहभागी भए ।

राजनीति र धर्म

कुल १५ बेलायती प्रधानमन्त्रीहरूले रानीको अधीनमा सेवा गरे । उनको पहिलो विन्स्टन चर्चिल (१९५२-१९५५) र अन्तिम लिज ट्रस थिइन्, जसलाई मंगलबार शपथ खुवाईएको थियो । उनले आफ्नो प्रधानमन्त्रीसँग नियमित निजी बैठकहरू गर्थिन्, सामान्यतया साप्ताहिक रुपमा बकिंघम दरवार भित्रै।

एलिजाबेथ द्वितीयले लिन्डन बी जोन्सन बाहेक १४ अमेरिकी राष्ट्रपतिहरू मध्ये १३ लाई भेटिन् । ह्वाइट हाउसबाट उनको अन्तिम आगन्तुक सन् २०२१ मा जो बाइडेन थिए ।

रानी चर्च अफ इङ्गल्याण्डको सर्वोच्च गभर्नर थिइन्, जुन १६ औं शताब्दीमा हेनरी आठौंको अधीनमा निर्माण गरिएको थियो ।

उनले आधिकारिक भ्रमणका क्रममा चार पोपहरूलाई भेटिन् -जोन २३ (१९६१), जोन पल द्वितिय (१९८०, १९८२ र २०००), बेनेडिक्ट १६ औं (२०१०) र फ्रान्सिस प्रथम (२०१४)।

पोष्टकार्ड

रानीले लगभग तीन लाख बधाई दिएका कार्डहरू पठाईन् सय वर्ष वा सोभन्दा बढी उमेर पुगेका ब्यक्तिलाई । नौ लाख भन्दा बढी विवाहको ६० वर्ष उत्शव मनाउने जोडीहरूलाई पठाईन् ।

उनको वैवाहिक जिवन ७३ वर्ष रह्यो जुन बेलायती राजसंस्थाको लागि अर्को रेकर्ड हो । उनका पति प्रिन्स फिलिपको गत वर्ष अप्रिलमा ९९ वर्षको उमेरमा निधन भएको थियो ।

पोर्ट्रेटहरू

रानीले सात वर्षको उमेरदेखि नै २०० भन्दा बढी तस्विर खिचेकी थिइन् । धेरैजसो परम्परागत शैलीमा थिए । तर २००१ मा चित्रित लुसियन फ्रायडको चित्र विवादास्पद साबित भयो । किनभने एक जना आलोचकले उक्त पोर्ट्रेटले रानीलाई उनको कोर्गी कुकुरहरू मध्ये एक जस्तो देखाएको उल्लेख गरे ।

अग्रगामी

सन् १९९६ मा रानी मुख्य भूमि चीन (मेनल्याण्ड चाईना) भ्रमण गर्ने पहिलो ब्रिटिश राजसंस्थाको पात्र बनिन्। उनी वासिङ्टनको प्रतिनिधि सभालाई सम्बोधन गर्ने पहिलो व्यक्ति पनि हुन् ।

उनले आफ्नो पहिलो इमेल मार्च २६, १९७६ मा रक्षा मन्त्रालयको अनुसन्धान केन्द्रको भ्रमणको क्रममा पठाएकी थिइन्।

१९९७ मा उनले बकिंघम प्यालेस वेबसाइट सुरु गरिन् र २०१४ मा आफ्नो पहिलो ट्वीट पठाईन् । तीन वर्षअघि उनले इन्स्टाग्राम शुरु गरेकी थिइन् ।

ओलम्पिकको उद्घाटन समारोहमा जेम्स बोन्डसँग हेलिकप्टरबाट हाम फाल्ने र प्यारासुट गर्ने एक मात्र रानी र राजसंस्थाको पात्र हुन् रानी ।

(नेपालप्लस, फ्रंस २४, ए एफपी)

तपाइँको प्रतिक्रिया

फेसबुक