शनिबार, वैशाख २२, २०८१

फ्रान्सेली राष्ट्रपती माख्रों र रुसी राष्ट्रपती पुटीनबिच वार्ता

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ भदौ २६ गते २२:२७

Image credit-fr.wikipedia.org

फ्रान्सका राष्ट्रपती एमानुयल माख्रों र रुसी राष्ट्रपती भ्लादिमिर पुटीनबिच आइतवार वार्ता भएको छ ।

माख्रों र पुटिनबिच युक्रेनको जापोरिज्जिया आणविक प्लान्टको अवस्थाबारे छलफल गरेको रुसी राष्ट्रपतीको कार्यालयले जनाएको फ्रन्सेली मेडियाहरुले उल्लेख गरेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका फ्रान्सेली समकक्षी एमानुएल माख्रोंले युक्रेनको जापोरिज्जिया आणविक प्लान्टको सुरक्षा अवस्थाबारे छलफल गरेको क्रेमलिनले आइतबार जनाएको हो ।

क्रेमलिनको वेबसाइटमा प्रकाशित एक विज्ञप्ति अनुसार दुई राष्ट्रपतिबिच फोनमा कुराकानी भएको थियो । दुई नेताहरूले संयुक्त राष्ट्रको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएईए) को सहभागितामा यस विषयमा गैरराजनीतिक वार्ताका लागि तयार रहेको जनाएका छन् ।

पुटिनले आफ्नो फ्रान्सेली समकक्षलाई सम्भावित विपत्तिजनक नतिजाहरूको चेतावनी दिएका थिए । उनले युरोपको सबैभन्दा ठूलो, रूसको नियन्त्रणमा रहेको जापोरिझिया आणविक उर्जा केन्द्रमा युक्रेनी आक्रमणहरू भएको माख्रोंलाई बताएका थिए ।

आइतवार भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्तामा एमानुएल माख्रोंले जापोरिज्जिया आणविक उर्जा केन्द्रको सुरक्षा सुनिश्चित गर्न आवश्यक रहेकोमा जोड दिए । रूसी सेनालाई उक्त क्षेत्रबाट आफ्ना हतियारहरू फिर्ता लिन आग्रह गरेको फ्रान्सेली राष्ट्रपतीको कार्यालय एलिजे प्यालेसले उल्लेख गरेको छ ।

फ्रान्सेली राष्ट्रपतिले जापोरिज्जिया प्लान्टको अखण्डतामा आजको जोखिमको कारण रुसी कब्जा भएको स्मरण गराएका थिए । उक्त क्षेत्रको सुरक्षा सुनिश्चित गर्न आईएईएका सिफारिसहरू पालना गर्न आग्रह गरेको फ्रान्सेली राष्ट्रपतिद्वारा जारि विज्ञप्तिमा उल्लेख छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक