मंगलबार, वैशाख १८, २०८१

फ्रान्समा लोडसेडिङको जोखिम कम गर्न बिजुली प्रयोग घटाउन माग

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ भदौ ३१ गते १७:१३

Image Credit-photo-paysage.com

फ्रान्समा आणविक प्लान्टले मात्रै बिजुलीको माग पूर्ति गर्न नसक्ने हुँदा जादोमा लोडसेडिङ हटाउने हो भने ग्राहकहरुलाई उर्जाको उपयोग घटाउन आग्रह गरिएको छ ।

आणबिक फ्लिटको अनुपलब्धता र युक्रेनमा युद्धले बिजुली आपूर्तिमा अहिले युरोपभरिनै अभूतपूर्व जोखिम खडा गरेको छ । फ्रान्सको नेटवर्क प्रबन्धक (आरटीई) ले लोडसेडिङबाट बच्न बिजुलीको प्रयोगमा संयमताको लागि आह्वान गरेको छ ।

“बिजुली प्रयोगमा संयमता नअपनाएमा जाडोमा बिजुली काटिनसक्ने सेप्टेम्बर १४ बुधबार एक पत्रकार सम्मेलनमा बिजुली प्रसारण नेटवर्क (आरटीई) को प्रबन्धकले चेतावनी दिएका थिए । फ्रान्सेली विद्युत प्रणाली अवरुद्द हुनबाट जोगाउन पहिलो पटक फ्रान्समा “सतर्कता” अन्तर्गत राखिने भएको छ। नोभेम्बर र डिसेम्बर सामान्यतया जनवरी जस्तै जोखिमपूर्ण हुने आरटीईले जनाएको छ।

“यो अभूतपूर्व हो” आरटीईको कार्यकारी बोर्डका अध्यक्ष जेभियर पिचेजिकले बिजुली कटौतीबाट बच्न “सामूहिक परिचालन” को लागी आह्वान भन्दै टिप्पणी गरेका थिए ।

नेटवर्क प्रबन्धकको चिन्तालाई धेरै कारणले व्याख्या गर्छन् । एकातिर, युक्रेनमा युद्ध छ जसले युरोपेली देशहरूमा ग्यास आपूर्तिलाई खतरामा पारेको छ । त्यसले गर्दा ऊर्जाको मूल्यमा वृद्धि गर्न योगदान पुर्‍याउँछ । फ्रान्सेली आणविक उत्पादन पनि तीस वर्षमा सबैभन्दा कम छ । ५६ रिएक्टरमध्ये २८ वटा अहिले बन्द छन् । मुख्यतया मर्मतसम्भार र प्राविधिक समस्याहरू जाँच गर्नका लागि। त्यसको नतिजा के भने फ्रान्सेली आणविक फ्लीटको उत्पादन क्षमता यस गर्मीमा १५ गिगावाटले घटेको छ । त्यसमाथि एक असाधारण खडेरी थपियो, जसले जलविद्युत उत्पादनलाई लगभग १५ प्रतिशतमा घटाईदियो ।

आरटीईले आगामी छ महिनामा बिजुली प्रणाली कसरी ब्यवस्थापन गर्न सक्छ भनेर मूल्याङ्कन गर्न तीन परिदृश्यहरू विकास गरेको छ। डिसेम्बरको सुरुमा ४० गिगावाईटको उपलब्धता (परमाणु फ्लीटको पूर्ण सञ्चालनको लागि ६१ दशमलव ५ गिगा वाईटको तुलनामा) र सुरुमा ५० गिगा वाईट उपलब्ध गराउने छ । हाल बन्द भएका रिएक्टरहरू द्रुत गतिमा पुनर्संचालन गर्ने उद्देश्य राखेको छ । उसले जनवरीसम्म यो विकल्प अपनाउने भनेको छ । तत्कालको समस्याको सामना गर्न रिएक्टरहरूको पुन: सुचारु गर्नको लागि “पूर्ण नियन्त्रण” आवश्यक पर्ने उल्लेख छ ।

उसले अझ सावधानीपूर्वक डिसेम्बरमा ३८ गिगा वाईट र जनवरीमा ४५ गिगावाईट पुनर्संचालित हुने रिएक्टरहरूले उपलब्ध गराउने र त्यसलाई सुचारु राख्ने योजना बनाएको छ । ग्यासबाट चल्ने पावर प्लान्टहरू र युरोपेली देशहरू बीचको बिजुली आदानप्रदान प्रणाली सामान्य रूपमा चलिरहने छ । तर नवीकरणीय ऊर्जाहरूको गति खासै प्रभावकारि हुने छैन ।

आरटिईद्वारा आँकलन गरिएअनुसार ग्यासमा धेरै तनाव उत्पन्न हुने छ । फ्रान्स र छिमेकी देशहरूमा ग्यासको अभाव हुनेछ। ग्यासबाट चल्ने पावर स्टेशनहरूको उत्पादन धेरै सुस्त हुनेछ र युरोपेली देशहरू बीचको बिजुली आदानप्रदान गम्भीर रूपमा बाधा हुनेछ।

“यसरि हेर्द हामीलाई आवश्यक पर्ने बिजुलीको आयात तनावको स्थितिमा पुग्नसक्छ” जेभियर पिच्याक बताउँछन् ।

पिच्याकको भनाईमा यदि जाडो उग्ररुपमा नभएर सामान्य अवस्थामा रहेमा उर्जाले धान्न सक्छ । नत्र यदि जाडो ज्यादै उग्र भएमा र उग्र जाडोको समय लम्बिएमा वा मौसम विज्ञान बिभागले गरेको मौसम परिकल्पनाले पार गरेमा “रेड अलर्ट” जारि हुने छ । बिजुली कटौतीबाट बच्न जनतालाई सकेसम्म कम खपतकालागि सकेसम्म चाँडो आव्हान गर्नुपर्छ । साथै गरहकलाई सूचित गर्न बिजुली बढी खपत भएको आह्वान गर्ने उपकरण उपलब्ध गराउनुपर्छ ।

यडिजाडोको अवस्था “सामान्य” भएमा बिजुलीको असंतुलनको जोखिम पनि कम हुनेछ ।  “जाडो धेरैनै चिसो भएमा सबै कुरा जटिल हुन सक्छ । असंतुलनको जोखिम स्पष्ट रूपमा ठूलो हुनेछ” जेभियर पिचेजिक भन्छन् “बिजुली उत्पादनमा दखल परेको अवस्थामा तीस पटक सम्म “रातो अलर्ट” जारी हुनसक्छ ।

उनको भनाईमा बिजुली प्रसारण सञ्जालको प्रबन्धकले बिजुली वितरण सञ्जालको भोल्टेज धेरै पटक घटाउन आवश्यक पर्ने छ । मुख्य बिजुली उत्पादक साझेदारीमा रहेका बाह्र उत्पादकहरूको बिजुली काट्न पनि सक्छ। अन्तिम उपायको रूपमा बिजुली उत्पादन सञ्जालको पूर्ण रुपमा अवरुद्द हुनबाट बच्न संगठित, अस्थायी र स्थानीयस्तरमा कटौतीहरू हुन सक्छन्। संवेदनशील प्रतिष्ठान र स्थानहरू, जस्तै अस्पतालहरूलाई भने जोगाइनेछ।

समस्या समाधानकालागि केहि बिकल्पहरुपनि नसोचिएको भने होइन । नेटवर्क प्रबन्धकले घरहरू, व्यवसायहरू र सार्वजनिक भवनहरूको तापक्रम घटाउन लगाउने छन् ।  भवनहरूमा प्रकाश कम गरिने छ । “गैर-आवश्यक” बोर्डहरु बन्द गर्न सिफारिस गरिने छ । यसले घरपरिवारहरूलाई उनीहरूको ऊर्जा खाना पकाउन सहयोग पुग्ने छ ।

यतिसम्म कि खाना बनाउने भाँडाहरूको प्रयोगलाई मध्यस्थ गर्न, र कम भार पर्ने अवधिमा (बिजुली कम प्रयोग गरिने समय, दिउँसो, रात र सप्ताहन्त) मा ग्यासको सट्टा बिजुली प्रयोग गर्न लगाउन सुझाव दिने छन् । यसरी दिनको सबैभन्दा जोखिमपूर्ण समय बिहान र साँझमा देशको विद्युत् माग ९ गिगावाटले घटाउने नेटवर्क सञ्चालकको आशा छ । “यदि सबैको परिचालन बलियोसित गर्न सके बिजुलीको लोडसेडिङ टार्न सकिने जेभियर पिचाकजिकले आशागरेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक