शुक्रबार, वैशाख २१, २०८१

रसियाले विश्वव्यापी खाद्य आपूर्ति निर्यात सम्झौता रद्द गरेपछि युक्रेनी अन्नको ढुवानी अवरुद्ध, विश्वभरि खाध्यान्न बितरणमा थप संकट

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ कार्तिक १४ गते ०:२०

Image Credit-Oleksandr Kubrakov via Twitter

रुसले विश्वव्यापी खाद्य आपूर्तिका लागि अत्यावश्यक रहेको निर्यात सम्झौता रद्द गरेपछि आइतवार मृतसागरमा युक्रेनी अन्नको ढुवानी अवरुद्ध भएको छ जसले विश्वभरिनै खाध्यान्नलाई थप संकटमा पार्ने छ ।

यो निर्णयको कीभ, वाशिंगटन र ईयूले आलोचना गरेका छन् ।

युक्रेनको सरकारले अनाज निर्यातमा संलग्न २१८ जहाजहरू अवरुद्ध भएको बताएको छ । अनाज भरेर राखिएका २२ पानी जहाज बन्दरगाहहरूमा अड्किएका छन् । ९५ वटा बन्दरगाहबाट प्रस्थान गरेका छन् र १०१ निरीक्षणको लागि पर्खिरहेका छन् ।

संयुक्त राष्ट्र संघको सहायता कार्यक्रम अन्तर्गत इथियोपियाका लागि ४० हजार टन अन्न बोकेको एउटा जहाजले आइतबार रुसको अवरोधका कारण बन्दरगाह छोड्न नपाएको युक्रेनका पूर्वाधार मन्त्री ओलेक्जेन्डर कुब्राकोभले ट्वीटरमा उल्लेख गर्दै भनेका छन् “अहिले निर्यात असम्भव भएको छ” ।

उत्तर एटलान्तिक सन्धी संगठन (नाटो) ले रुसलाई आफ्नो निर्णय फिर्ता लिन आह्वान गर्दै अन्तर्राष्ट्रिय समुदायलाई यसका बिरुद्द उत्रिन आव्हान गरेको छ ।

रुसले टर्की र संयुक्त राष्ट्र संघसँग चाँडै अन्न ओसारपसार सम्झौतामा सम्पर्क गर्ने रुसी राज्य समाचार एजेन्सी टासले उप विदेश मन्त्री एन्ड्रे रुदेन्कोलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।

तर, मृतसागर क्षेत्रको पानी जहाज रहने ब्यापारिक र बन्दरगाह क्षेत्रमा युक्रेनको आक्रमण वरपरका सबै परिस्थितिहरू स्पष्ट भइसकेपछि र संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक बसेपछि मात्र यो हुने रुसी भनाई छ।

युक्रेनले भने रुसले क्रिमियामा भएको कथित हमलामा अन्न सम्झौता रद्द गर्नुलाई झूटो बहानाको रूपमा जोडेको भन्दै निन्दा गरेको छ । रसियालाई आफ्नो दायित्वहरूमा पुन: प्रतिबद्ध छ भन्ने सुनिश्चित गर्न दबाब दिन युक्रेनले आह्वान गरेको छ।

युक्रेनलाई कृषि उत्पादन निर्यात गर्न अनुमति दिन संयुक्त राष्ट्र संघले सम्झौतामा भूमिका खेलिदिएको छ । युक्रेनले यहि सम्झौताका आधारमा युद्धको समयमा ९० लाख टनभन्दा बढी अनाज निर्यात गरेको छ । यहि कारणलेपनि विश्वव्यापी खाद्यान्नको मूल्य चर्कोसित बढिरहेका बेला केहि कमि गरिदिएको छ ।

रुसको कदमप्रति अन्तर्राष्ट्रिय आक्रोश

संयुक्त राष्ट्र संघको मध्यस्थतामा भएको मृतसागर अनाज सम्झौता रोक्न रसियाको आकस्मिक कदमले अन्तर्राष्ट्रिय आलोचना निम्त्याएको छ र विश्वको खाद्य संकटलाई कम गर्ने प्रयासमा प्रहार गरेको आरोप लगाइएको छ ।

नाटोका प्रवक्ता ओना लुङ्गेस्कुले भनेका छन् “राष्ट्रपति पुटिनले खाद्यान्नलाई हतियार प्रयोग गर्न बन्द गर्नुपर्छ र युक्रेनमाथिको अवैध युद्ध अन्त्य गर्नुपर्छ। हामी रूसलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न र तुरुन्तै सम्झौता नवीकरण गर्न आह्वान गर्दछौं, जसले गर्दा खाध्यान्न सबैभन्दा बढी आवश्यक पर्नेहरूसम्म पुग्न सक्षम पार्छ ।”

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले रुसको निर्णयबाट आफू गहिरोसित चिन्तित भएको र सम्झौतालाई पुनर्जीवित गर्ने प्रयास गर्न अन्य देशको विदेश भ्रमणमा ढिलाइ गरेको बताएका छन् ।

युरोपेली संघले युक्रेनमा युद्धका कारण उत्पन्न भएको विश्वव्यापी खाद्य संकटलाई सम्बोधन गर्न मस्कोले जोखिम आपूर्ति मार्गमा राखेको आरोप लगाउँदै रसियालाई सम्झौताबाट बाहिरिने निर्णय फिर्ता लिन आह्वान गरेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कदम विशुद्ध रूपमा अपमानजनक भएको र यसले भोकमरी बढाउने बताएका छन्।

“यो अफ्रिका र एसियाका लागि ठूलो मात्रामा अनिकालको खतरामा फर्काउने रसियाको पूर्ण पारदर्शी प्रयास हो” युक्रेनका राष्ट्रपति जेलेन्स्कीले एक भिडियो सम्बोधनमा भनेका छन् ।

आइतवार युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले ट्वीटरमा रुसले आफ्नो कदमको पूर्व योजना बनाएको र अनाज कोरिडोरबाट २०० किलोमिटर टाढा विस्फोटको झूटो बहाना बनाएको आरोप लगाएका छन्।

तपाइँको प्रतिक्रिया

फेसबुक