भो गर्नु पर्दैन विकास, चाहिएकै छैन समृद्धि !
नेपालको सूदुरपस्चिम दार्चुला जिल्लामा भएको नेकपा एमालेको चुनावी प्रचार हेर्दा यो जिल्ला दूर्गम जस्तो लाग्दैन । यहाँका जनतामा शासकप्रति बितृष्णा पनि देखिन्न । राज्यप्रति गुनासो होला जस्तो पनि लाग्दैन । शुक्रवार नेकपा एमालेको चुनावी आमसभाले त्यहि संकेत गर्छ ।
चुनावी सभामा हजारौं हजारको उपस्थिति छ । नेताका भाषण सुन्न जनता भुइमा लाम लागेर बसेका छन् । घण्टौं घण्टाको लाम । मान्छेको भिड देख्दा कुनै अलौकित शक्तिको दर्शन गर्न जम्मा भएझैं लाग्छ । देशको कायापलट गर्ने कुनै नेता, महान राजभक्त जसले यो देशलाई विकास र उन्नतीको शिरमै पुर्यायो र त्यसैको गुन तिर्न नागरिक भिड लागेका छन् ।
चुनावी सभामा भाषण सुन्ने, प्रमुख बक्ता को ? नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली । यस्तो पात्र जो पटक पटक मन्त्री र प्रधानमन्त्री बन्यो । सरकार चलाउने पार्टीको मुली बन्यो । देशकै मुल पदमा पुग्यो । दुई देश बिचका समस्या समाधान गर्ने परराष्ट्रमन्त्री बन्यो । आफ्नो देशको शान्ति सुब्यवस्था कायम गर्ने, आफ्ना सिमानामा सुरक्षा दिने गृहमन्त्री बन्यो । बन्नुपर्ने सबै बन्यो । ए उटा कुरा बन्न सकेन, दार्चुका जनताको दुखसुखमा साथ दिने नेता, प्रधानमन्त्री । तर दार्चुलाका जनतालाई के दियो ?
भारतीय सिमा धार्चुलाबाट दार्चुलाका जनतामाथि हुने अत्याचार हटायो ? धार्चुलाबाट दार्चुलाका जनतामाथि भारतीय प्रहरीले गर्ने आक्रमण रोक्यो ? दार्चुला र धार्चुलाबिचको सिमा बिवाद अन्त्य गर्यो ? नुन र मट्टीतेल, लुगाफाटपनि भारतीय बजारमा निर्भरता हटायो ? कुनै भारतीय नेता वा सरकारसित त्यो समस्या समाधान गर्न अडान राख्यो ? दार्चुलामा कुनै स्कूल बने ? कुनै पूल बन्यो ? कुनै सडक खनिए ? समग्रमा भन्नुपर्दा सिन्को भाँचिएन ।
पटक पटक शक्ति, सरकार र कुर्सीमा पुगेका ओलीले चुनावी सभामा शुक्रवार निकै आश्वाशन दिए- अब त्यहाँ तुईन हटाईने छ । झलुंगे पूल हालिने छ । पक्की पूल बनाइने छ ।
उनले भारतीय सरकार, प्रदेश सरकारको मुख्यमन्त्रीसित ति कुरा राखेको र अब झोलुंगे पूल, पक्की पूल बनाउने आश्वाशन दिन कत्ति दकस मानेनन् । उनले ति कुरा भारतीयसित कहिले राखेका हुन् ? भारतीय सरकारको कुन् पात्रसित राखेका हुन् ? त्यसको मिति के हो ? उनले राखेको प्रमाण के हो ? त्यति ठूलो विषय भारतसमक्ष राख्दा ओलीलाई हाच्युँ आएको समाचार बनाउने एमाले मेडियाले किन छुस्ससमेत लेखेनन् ?
दर्चुला जिल्लावासीका समस्या ओलीलाई सबै कण्ठै रहेछ । चुनावी सभामा शुक्रवार सबै खरर बताए । पटक पटक सत्तामा पुगेका ओलीले आफू सत्तामै हुँदा किन गरेनन् ? किन यस अघि दार्चुलावासीका आँगन टेकेनन् ? किन चुनावनै कुरेर बसे ? तैपनि ओलीले ति आस्वाश बाँड्दा दार्चुलावासीले परररर तालि बजाएकै छन् । अनौठो यहिंनिर छ । आश्चर्य मान्नुपर्ने यहिं छ । समस्यापनि यहिं छ । त्यो समस्या ओली होइनन्, जनता हुन् । दार्चुलावासी जनता ।
पटक पटक पार्टी नेतृत्व, पटक पटक मन्त्री र प्रधानमन्त्रीसमेत बनिसकेको ब्यक्तिले त्यति धेरै आस्वाशन दिंदा किन जनताले प्रश्न गर्दैन ?
जनताले पाँच वर्ष ढुक्कले सरकार चलाउ भनेर दिएको मतलाई अनादार गरेर पार्टी फोड्ने, सरकार ढाल्ने गर्दा किन कोहि जनताले प्रश्न गर्दैन ? किन कसैलेपनि ‘बहुमत दिएकै थियौं, आफैंले देशलाई अस्थिर बनाउनु भो, अब फेरि किन दिने ?’ भनेर कोहिपनि किन प्रश्न गर्दैन ? ओलीजी तपाई पार्टी, सत्ता र सरकारमा पुगेको अहिले कम्तिमा २० वर्ष भयो । त्यो काम किन गर्नुभएन भनेर किन कोहि सोध्ने आँट गर्दैन ?
हो देश अस्थिर हुनु, विकास र समृद्धि नहुनुको कारणपनि जनताको यहि कमजोरि हो । वर्षौं वर्षसम्म सत्ता, सरकार र पार्टीको उच्च ओहदामा बसेका नेताले झुटो आस्वाशन बाँड्दापनि पत्याउने, थपडी बजाईरहने र प्रशंसा गरिरहने जनताको कमजोरीलाईनै नेताले नगदमा बेचिरहेका छन् ।
नेताहरुलाई थाह छ- खासमा देशमा केहि गर्नै पर्दैन । चुनावका बेला केहि आस्वाशन दिएपनि जनताले पत्याइहाल्छन् भने किन दुख गर्नुपर्यो ? किन विकास र समृद्धिको लेखो गर्नुपर्यो ? जे बोलेपनि पत्याउँछन् भने किन सहि र गलत छुट्याएर सहि बोल्नुपर्यो ? हँसिमजाकमै भुल्ने जनतासित किन देश विकासका गम्भिर पक्ष सुनाउनुपर्यो ? हावादारी हँसिमजाकलेनै हुँदाहुँदै किन तथ्यगत, प्रमाणिक कुरामा टाउको दुखाउनुपर्यो ?
अझैपनि कतिपयको भनाई ४०, ५० वर्ष अघिको जस्तै छ । जनता लाटा छन् । जनता अनपढ र अशिक्षित छन् । जनताले कुरा बुझ्दैनन् । दल र नेताहरु यहि कमजोरिको फाईदा उठाइरहेका छन् ।
तर के यो मानवसागर सबै अनपढ, अशिक्षित, अबुझ जनताले भरिएको हुल मात्रै हो ? के अझैपनि नेपाली जनता केहि बुझ्दैनन् ? आफैंलाई दिएका पटक पटकका आश्वाशनपनि बुझ्ने क्षमता राख्दैनन् ? आफैंले बहुमत दिएर पाँच वर्ष सरकार चलाउन दिएकोपनि भुल्छन् ? आफ्नै मतलाई अपमानित, अनादार गरेर सरकार गिराउने, पार्टी फोर्ने, चुनाव घोषणा गर्ने गरेकोपनि बुझ्ने क्षमता नेपाली जनतासित नभएकै हो ?
बरु वास्तविकता त के हो भने जनतालाई फूर्सिलो राख्नुमानै पार्टी र नेताहरुलाई फाईदा छ भन्ने कुरो नेताहरुले राम्रोसित बुझेका छन् । वास्तवमा कलकारखाना नबनाउने, विकाश नगर्दा र समृद्धि नल्याउँदा दलहरुलाई फाईदा हुनेरहेछ । फूर्सदिला, ईलम नभएका जनताको चुनावमा मानव महासागर उर्लने रहेछ । सबैको इलम भए हरेक दलका चुनावी भेलामा यस्तो मानव महासागर हुन्थ्यो होला र ? जेभनेपनि पत्याउने, पत्याइरहने, चुनाउमा भिडलागेर आइरहने, ताली बजाईरहने । केहि नगरिकनै जनताले पत्याउने, तालि बजाउने, भोट झरिरहने र तिनको मतले सत्ता टिकाईरहन पाइने भएपछि किन गर्नुपर्यो विकास ? किन चाहियो समृद्धि ?