आइतबार, वैशाख २३, २०८१

रुग्बी विश्व कप २०२३ समितिको मुख्यालयमा छापा

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ कार्तिक २३ गते १८:२८

फ्रान्सेली वित्तीय अभियोजकहरूले २०२३ रुग्बी विश्वकप आयोजक निकायको मुख्यालयमा छापा मारेका छन्।

सम्भावित भ्रष्टाचार र अन्य अनियमितताको छानबिनका लागि बुधबार रुग्बीको मुख्यालयमा छापा मारिएको हो ।

गत महिना पक्षपात, प्रभाव पेडलिंग, भ्रष्टाचार र व्यवस्थापनसँग सम्बन्धित बिभिन्न अपराधको आरोपमा प्रारम्भिक अनुसन्धान खोलेको अभियोजकहरूले बताएका छन् ।

पेरिसको रुग्बी मुख्यालय र अन्य स्थानहरूमा पनि छापा मारिएको युरोन्युजले उल्लेख गरेको छ । तर अहिलेसम्म कुनैपनि आरोप औपचारिकरुपमा सार्वजनिक गरिएको छैन ।

२०२३ रग्बी विश्व कप समितिका प्रमुख कार्यकारी क्लाउड एक्टरलाई उनको कार्यस्थलको आचरणमाथि छुट्टै अनुसन्धान पछि गत महिना बर्खास्त गरिएको थियो ।

फ्रान्सको राजधानी पेरिसमा १० महिनापछि रुग्बी प्रतियोगिता सुरु हुने भएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक