युरोपमा पूर्वाधारको मुख्य स्वामित्व चीनमा, तर्सिंदै युरोपेली
रुस-युक्रेन युद्धले चिन्तित बनेको सम्पूर्ण युरोपेली युनियनमाथि अर्को चिन्ता थपिएको छ- युरोपका महत्वपूर्ण पूर्वाधारहरु चीनको स्वामित्वमा छन् र तिनबाट कसरि मुक्ति पाउने ?
रुस-युक्रेन युद्ध र मुख्य पूर्वाधारमा तोडफोड, हेरफेरको कार्यहरूले युरोपेली देशहरूलाई चिन्तित बनाएको छ । रुससित संवन्ध बिग्रिएपछि आफ्ना पूर्वाधारहरु के महत्त्वपूर्ण छन्, कसले यसलाई नियन्त्रण गर्नुपर्छ भन्ने दृष्टिकोणमा पुनर्विचार गर्न बाध्य तुल्याइरहेको छ । किनभने युरोपका धेरै पूर्वाधार रुसमा पनि निर्भर थिए । चीनमा उसैगरि निर्भर छन् ।
रुस-युक्रेन युद्दपछि पूर्वाधारहरु रसियाले भंग गरिदियो जब उसमाथि ईयुले प्रतिबन्ध लगायो । वा एक अर्का मुलुकले फ्रिज गरिदिए । मूल इन्धन ल्याउने नर्ड स्ट्रिम २ पाईपलाईननै बन्द गरिदियो रुसले ।
पूर्वाधार बन्द हुनुले रुसलाईपनि आर्थिक घाटा त छ । तैपनि रुस युरोपेली युनियनसित त्यस मामिलामा डराएको छैन रुस । तर चीनले आफ्ना पूर्वाधारहरु बन्द गरिदिन्छ कि भनेर ईयु नेताहरु भने त्रसित भएका छन् ।
“सबैभन्दा ठूलो डर, के छ भने द्वन्द्वको अवस्थामा चीनले महत्वपूर्ण पूर्वाधार हटाउन सक्छ, वा कमसेकम चीनले हामीलाई महत्वपूर्ण पूर्वाधार हटाउन धम्की दिनसक्छ” जर्मन काउन्सिल अन फरेन्स रिलेसन्सका अनुसन्धानदाता डा टिम रुहलिगले भनेका छन् ।
बाहिरबाट हेर्दा चिनीयाँ सामानहरु युरोपेली बजारमा देखिन्छन् । झट्ट हेर्दा त्यत्ति मात्रै जस्तो लाग्छ । तर चीनले इयुको बजारमा, धेरै देशको बजार, निर्माण र अन्य आधारभूत क्षेत्रमा लगानी गरेको छ । चीनको आवाश तथा भवन, रेल वे, बैंक, होटेल, कलकारखाना, आयातनिर्यात, स्वास्थ्य, उर्जा लगायत धेरै ठाउँमा लगानि छ ।
त्यसबाहेक चिनियाँ कम्पनीहरूले बन्दरगाह, एयरपोर्ट, बिजुली कम्पनीहरू, हावा र सौर्य फार्महरू साथै दूरसञ्चार जस्ता युरोपेली महत्वपूर्ण पूर्वाधारहरूको विस्तृत लगानीमा स्वामित्व ओगटेका छन् ।
चीनका शहरहरु चोङकिङ, वुहान, झेङझाउ, चाङ्सा र शेनयाङ लगायतका धेरै चिनियाँ सहरहरूबाट चिनीया रेलहरु युरोप आउने गर्छन् ।
चीनले ईयुका देशमा सबैभन्दा बढी लगानी गरेको सन् २०१२ देखि २०१५ को बिचमा हो । त्यो बेला युरोपमा आर्थिक मन्दि शुरु भएको थियो । बैंकको ब्याजदर स्वाट्टै घटेको थियो । निर्माण ब्यवशाय चौपट बनेको थियो । बैंकहरुले लगानी खुम्च्याएका थिए । ऋणको दायरा कसिलो पारिएको थियो । घर, अपार्टमेन्टको बिक्रि शिथिल बनेको थियो । एक किसिमले आर्थिक गैतिबिधि ठप्प बन्न लागेको मौका पारेर चीनले युरोपेली मुलुकमा ब्यापक लगानी गरेको थियो । अर्थात् युरोप गम्भिर बित्तीय संकटमा फसेका बेला ठूला पूर्वाधारहरु बिक्रि भएका थिए र चीनले त्यहि बेला लगानी गरेको थियो ।
हाल चिनियाँ कम्पनीहरूले ग्रीस, इटाली, पोर्चुगल, स्पेन, बेल्जियम, नेदरल्यान्ड्स र जर्मनीलगायत युरोपियन युनियनका देशहरूमा बन्दरगाहहरूमा लागनी गरेका छन् । त्यसका साथै फ्रान्सको तुलुज जस्ता विमानस्थलहरूमा स्वामित्व लिएका छन् ।
त्यो बेला रुस-इयु संवन्ध बिग्रिएको थिएन । बिग्रिने कुनै संकेतपनि थिएन । चीन भन्दा निकट रुसलाई मानेको थियो, ईयुले । त्यसैले सकेसम्म चीनसित भन्दा रुससितै आर्थिक-सामाजिक संवन्ध बढ्थ्यो । चीनसित आपतपर्दा र ब्यापारिक बाध्यतमा मात्रै बन्यो । यहि बित्तिय संकटका बेला चीनले लगानीको अवशर पायो ।
तर अहिले ? भूराजनीतिक वातावरण नाटकीय रूपमा परिवर्तन भएको छ । रुससितको संवन्धमा ईयुसित पानी बाराबार भएपछि अब चीनको हात माथि परेको छ । वा इयुको बजार र लगानीमा चीनको एकाधिकार, शक्ति बढेको छ । रुसलाई एक्ल्याएपछि चीन ईयु मामिलामा अधिनायकवादी बन्दै गएको बुझाइ ईयुको छ ।
“विगत छ, सात वर्षले दुइटा चीजहरू देखाएका छन । चीन अधिक अधिनायकवादी बन्यो । आर्थिक रूपमा हामीसित कम गठबन्धन गर्छ, धेरै फरक भयो” इन्डिपेन्डेन्ट केन्द्र रोडियम ग्रुपका निर्देशक अगाथा क्राट्जले युरोन्यूजलाई बताएकि छन् ।
उनले ठिकैपनि भनेकि छन् । किनभने जब रुससितको संवन्ध अबरुद्द भयो तब ईयुका नेताहरुले चीनसितको आर्थिक संवन्धलाई थप गहिराइ र गम्भिरताकासाथ हेर्न थाले । अहिले युरोपेली पक्षले शब्द, विचार, आर्थिक दृष्टिकोण, राजनीतिक विचारहरूमा ध्यान दिएका छन् । त्यसमा धेरै बलियो भिन्नताहरूको अनुभूति गरिरहेको ईयु पक्षबाट ब्यक्त हुनेगरेको छ ।
चीनले आफ्नो पूर्वाधारको लगानी रोकिदिए के होला ? यस प्रकारको पूर्वाधारमा एकल नियन्त्रणले शान्तिको समयमा जोखिमको संभावना बोकेको हुन्छ । वा बढी शर्तहरुको जोखिम हुन्छ । जासुसी बढाउन सक्छ । चीनले नेदरल्याण्ड, ईटाली लगायतका देशमा गोप्यरुपमा जासुसी प्रहरी केन्द्र चलाएको भन्दै सार्वजनिकसमेत भैसकेको छ । हुन त चीनले त्यसलाई अस्विकार गर्दै आएको छ । तर चीनले युरोपमा यी व्यावसायिक हबहरू क्षेत्रीय कम्पनीहरूको पक्षमा लिनको लागि प्रयोग गर्ने सम्भावना पनि औंल्याउने गरिएको छ ।
युरोपेली नेताहरु युक्रेनको मामिलामा रुसको हात माथिपर्न सक्ने संभवनापनि देख्छन् । युक्रेनको युद्धमा मस्को विजयी भएमा चीनले ताइवानमा आफ्नो सेना प्रयोग गर्न साहसी महसुस गर्न सक्छ भन्ने डर पनि मानेका छन् ।
चीनले ताईवान टापुलाई आफ्नो देशको एक क्षेत्र, हिस्सा मान्दछ र हालका महिनाहरूमा सेनाको सम्भावित प्रयोग हुनसक्ने चेतावनीपनि दिंदै आएको छ ।
यदि चीनले ताईवानमाथि सैन्य कारवाहि गरे के गर्ला ईयुले ? ईयूसँग प्रतिबन्ध लगाउनु बाहेक अर्को विकल्प हुनेछैन । ईयुले त्यसो गरेमा चीनले त्यसको बदला लिनेछ।
त्यसैले चीनले ईयुमा लगानी गरेका महत्वपूर्ण पूर्वाधारमा थप दबाब दिन आफ्नो नियन्त्रण प्रयोग गर्न सक्छ कि भनेर चिन्ता गरिरहेका छन् ।
पछिल्लो ढोकाबाट लगानी
बन्दरगाह र एयरपोर्टहरू जस्ता भौतिक पूर्वाधारहरू वास्तवमा चिनियाँहरूका लागि बढी दायित्व भएका क्षेत्र हुन्” क्राट्जले तर्क गरे । किनभने यो चरम भूराजनीतिक तनावको अवधिमा ईयु देशहरूले कब्जा वा फ्रिज गर्न सक्छन् ।
त्यसैले ईयुका देशहरुको चिन्ता त्यसमा खासै होइन । वास्तविक चिन्ता डिजिटल र चिनियाँ प्रविधिमा युरोपको निर्भरता हो । जस्तो चिनियाँहरुले ५ जि () को प्राविधिक सन्जाल जासुसीकोलागि प्रयोग पनि त गर्न सक्छन् । वा तिनको नियत्रणमा भएपछि आफूलाईइ अप्ठेरो पर्दा वा द्विपक्षिय संवन्ध बिग्रिंदा पूर्णरुपले बन्द गरिदिनपनि सक्छन् । युरोपेलीहरुमा यो चिन्ता छ ।
युरोपेलीहरुले जर्मन रेलवे कम्पनीमा भएको साईबर हमलालाईपनि शंकाको आँखाले हेरिरहेका छन् । त्यहाँको रेलवे कम्पनीमा चिनीया लगानी छ र यसमा चिनीयाको कुनै हात हुनसक्ने आशंका गर्छन् । जे होस, यस्ता क्षेत्रको लगानी चिनीया सरकारकालागि पछिल्लो ढोकाबाट छिरेर गरिने लगानी जस्तै भएको युरोपेलीहरुको बुझाई छ ।
चिनियाँ कम्पनीहरूलाई युरोपेली विद्युतीय ग्रिडका साथै नवीकरणीय ऊर्जा क्षेत्रहरू र दूरसञ्चार प्रणालीहरूमा ब्यापक लगानी गर्न दिईएको छ । हो यसमा कुनै दिन अवरोधको सम्भावना ठूलो हुनसक्ने त्रास युरोपेलीमा छ ।
त्यसैगरि युरोपेली बन्दरगाह र एयरपोर्टहरुमा आफ्नो नियन्त्रण गुमाएपछि चीनले तिनमा क्षति पुर्याउन यी व्यावसायिक केन्द्रहरुबाट डाटा हतियार प्रयोग गर्न सक्ने आशंका गर्छन् ।
किनभने समुद्री बन्दरगाह र एयरपोर्ट दुबै डिजिटल पूर्वाधारका क्षेत्र हुन् । बन्दरगाह टर्मिनलबाट जुनसुकै कन्टेनरहरू जान्छन् । त्यसले त्यस बन्दरगाहमा धेरै डाटा छोड्छ । यसमा उचित पहुँच भएमा ती कन्टेनरहरूमा के छ भन्ने थाह हुन्छ । त्यो पठाउने को हो, कहाँ लगिंदै छ, लजिस्टिक चेन के हो भन्ने जानकारि हुन्छ । नत्र हुँदैन ।
यदि चिनीयाहरुलाई युरोपमा अत्यावश्यक, नभैनहुने वस्तु के हो भन्ने जानकारि छ भने त्यसको आपूर्तिमा अवरोध पुर्याइदिन सक्छन् भन्ने तर्कपनि इयु विशेषज्ञहरुको छ । अत्यावश्यक वस्तुका उत्पादक र आपूर्तिकता जम्मा चार पाँच वटा छन् र ति एकिक्रित आपूर्ति स्रिंखलामा छन् भन्ने जानकारि भएमा त्यसमाथि प्रतिबन्धकालागि सुसज्जित हुनसक्ने त्रास छ ।
त्यसकारण चीनको सरकारी स्वामित्वको शिपिंग कम्पनी कोस्कोलाई ह्याम्बर्ग बन्दरगाह टर्मिनलको हिस्सेदारी बिक्री गर्दा ब्यापक बिरोध भएको थियो । ह्याम्बर्ग युरोपको तेस्रो व्यस्त बन्दरगाह हो ।
यस्ता क्षेत्रमा बिभिन्न लगानीकर्ता भएमा ति हरेकसित पहुँच हुने, डाटा हुने तर एक मात्रै लगानीकर्ता हुँदा उसको एकाधिकारले गर्दा समस्या हुनसक्ने चेतावनी ईयु व्हिशेषज्ञहरु दिन्छन् ।