शुक्रबार, असोज २५, २०८१

अमेरिकी फोटोग्राफरले खिचेको हिउँ चितुवाको फोटो नक्कली प्रमाणित

ददि सापकोटा / फ्रान्स२०७९ मंसिर १० गते १:३९

फोटो साभार-https://alpinemag.com

एक जना अमेरिकी नागरिक किटीया पवलोस्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचिएको भनिएको हिउँ चितुवाको फोटोले खुबै तहल्का मच्चायो । नमच्चाओस पनि किन ? अमेरिकीहरु उति टाढाबाट आएर नेपालको हिमाल चहारी चहारि दुख गरेर फोटो खिच्छन् । नेपालका पत्रकार भने वाहियात छन् भन्दै ब्याख्या गरे केहिले । त्यहि फोटोलाई लिएर नेपालका केहि नाम चलेका पत्रकार र अखवार, टिभी र रेडियोलेपनि धमाका मच्चाए । त्यो फोटोले धमाका नमच्चाओस् पनि किन ? नेपालको हिमालमा गएर अमेरिकीले हिउँ चितुवाको दूर्लभ तस्विर लिएको भन्दै विश्वकै धमकेदार पत्रिका ‘द टाइम्स’ लेसमेत छाप्यो । त्यसैले यो फोटोले विश्वभरि हल्लाखल्ला र क्षणिक वाही वाही कमायो ।

तर वास्तबिकता ? बाहिर देखिएको यो तस्विरमा विशेषज्ञहरु उति विश्वस्त थिएनन् । मानेनन् । किनभने हिउँ चितुवाको फोटो खिचिएको द्रिष्य, त्यसको भूगोल, त्यो जनावर उभिएको थलो र तस्विरको देखावट सहजै पचाउन सकिने, प्राक्रितिक हो जस्तो लाग्ने थिएन । भित्रभित्रै त्यो फोटोबारे बहस चलेपनि यथेस्ट प्रमाण बिना कसैले बिरोधमा बोलिहाल्न भने सकेको थिएन ।

तर नेपाली विशेषज्ञहरु खासगरि सरिस्रिप विशेषज्ञ र हिउँ चितुवाको अध्ययनसमेत गरेका प्राध्यापक करन बहादुर शाह लगायतले भित्रभित्रै चलाएको छलफल जस्तै किटीया पवलोस्कीको तस्विर नक्कलीनै साबित भयो । यो फोटो नक्कली हो, फोटोसपको सहाराले काटकुट गरेर सक्कली आवरण दिईएको हो भन्ने विशेषज्ञ र पत्रीकाबाटै प्रमाण र तर्कसहित सार्वजनिक भएको छ ।

हिमाल, हिमाली जीवन र खासगरि हिमालकै सेरोफेरोमा विशेषज्ञता हासिल गरेको मानिने ‘अलपाईन इन्टरनेशल मेगाजिन’ लेनै नक्कली हिउँ चितुवाको सारा पर्दाफास गरिदियो ।

यस्तो छ पत्रीकाको तर्क

फोटो साभार-https://alpinemag.com

अलपाईन पत्रीकाले शुक्रवार २५ नोभेम्वरका दिन किटीया पवलोस्कीका तस्विरहरु नक्कली भएको भन्दै ‘द फेक स्नो लिओपार्ड फोटोमोन्ताज स्प्रेड एराउन् द वर्ल्ड’ शिर्षकमा निकै लामो रिपोर्ट सार्वजनिक गरेको छ ।

सारा संसारले केटीया पावलोस्कीको हिउँ चितुवाको फोटोहरु देखेका छन् । तर समस्या के भने अमेरिकी फोटोग्राफरको तस्बिरहरूमा प्रकाश अलि अनौठो छ । फोटोहरूले फोटोमोन्टेजहरूको सम्झना दिलाउने कोलाज (टाँस्सिएको, जोडिएको) प्रभावहरू देखाउँछन् ” पत्रीकाले उल्लेख गरेको छ ।

ति तस्विरहरुमा प्राकृतिकपन, वास्तविकता भन्दा फरक लागेपछि अलपाईन पत्रीकाले ति तस्बिरहरूलाई विस्तृत रूपमा विश्लेषण गर्ने निर्णय गरेको थियो । त्यसपछि उनीहरु कम्तिमा दुई फोटोहरू हेरफेर गरिएको छ भनेर प्रमाणित गर्न सक्ने अवस्थामा पुगे ।

हिउँ चितुवाको पृष्ठभूमि सिर्जना गर्न प्रयोग गरिएको पहाडका धब्बा वा टुक्राहरु पहिचान गरेर उनीहरुले फोटो मिसमास गरिएको पत्ता लगाए । हिउँ चितुवाहरू हिमनदी (ग्लेसियर) मा देखिने सम्भावना छ कि छैन भनेर अलपाईन पत्रीकाले हिउँ चितुवा विशेषज्ञ फोटोग्राफर भिन्सेन्ट मुनियरसितपनि सोधपुछ गर्‍यो । उनले हिउँ चितुवा त्यसरि हिमनदीमा नभेटिने उत्तर दिए ।

अलपाईन पत्रीकालाई उपलब्ध गारएको उनको आफ्नै फोटोपनि जोडजाड वा (कोलाज) गरिएको, किटीयाले आफ्नै फोटोपनि कोलाज गरेर वेभसाईटमा राखिएको, आफ्नै फोटोमा नक्कली हिमालय प्रिष्ठभूमी हालिएको अलपाईनले उल्लेख गरेको छ । र अलपाईनले भनेको छ “यदि तपाईं वास्तवमै त्यहाँ हुनुहुन्थ्यो भने किन आफैलाई नक्कली हिमालय पृष्ठभूमिमा चित्रण गर्नुहुन्छ ?”

अलपाईन पत्रीकाले उनले राखेका कम्तिमा तीन तस्विरलाई केलाउँदै एक एक ब्याख्या गरिदिएको छ । सबैभन्दा बढी हेरिएको हिउँ चितुवाको फोटो त झन ७१६१ मिटरमा खिचेको भनिएको र त्यसको प्रिष्ठभूमीपनि मिश्रण गरिएको उल्लेख छ । किनभने हिउँ चितुवाहरु ५५०० मिटरमाथि जाँदैनन् । अर्को एक तस्विरमा त्यति माथिको उचाईमा परेवा उडेको देखाईएको र त्यसलाई अविश्वशनिय भनिएको छ ।

“एउटा कुरा निश्चित छ, किटीया पवलोस्की दृश्य कला र फोटोसप प्रयोगमा एक विशेषज्ञ छन्” पत्रीकाले भनेको छ ।

छोटकरीमा :

-दुई तस्बिरहरू नक्कली छन् (फोटोका धेरै टुक्राहरू जोडिएको छ)
-फोटोग्राफरको वास्तविक पहिचान शंकाको घेरामा छ
-चितुवालाई असम्भव स्थानमा देखाइएको छ । अलपाईनका अनुसार यो हिउँ चितुवा विशेषज्ञ भिन्सेन्ट मुनियरले पुष्टि गरेका छन् ।

अलपाईनले आलेखमा ब्याख्या गरेका कुराहरु छोटकरीमा हेर्नुस्-

फोटो साभार-https://alpinemag.com

जम्मा चार वटा फोटो छन् र ति परिचय वा इतिहास बिना राखिएका छन् । तिनीहरूका लेखक, किटीया पवलोस्की, एक अमेरिकी फोटोग्राफर भएको दाबी गरिएको छ । तर वाइल्डलाइफ फोटोग्राफीको संसारमा कसैले पनि उनको बारेमा सुनेका छैनन् । सामान्यतया हिमाली फोटोग्राफी (माउन्टेन फोटोग्राफी) को संसारमा पनि त्यस्तै हुन्छ। तर भर्खर फोटोखिच्न शुरु गरेका, सिकारु फोटोग्राफरलाई भाग्यवश मौका मिल्न सक्छ त्यस्ता द्रिष्य भेट्टाउन । र किटीया पवलोस्की हिउँ चितुवाको केही शटहरू भेट्टाउन भाग्यशाली हुनपनि सक्थिन । हिमालयमा वर्षौं बिताए पनि केही मानिसहरूले मुस्किलले झुलुक्क मात्रै देख्नपनि सक्छ ।

समस्या तस्बिरहरूको प्रकृतिमा छ । तिनीहरूको संरचना, प्रकाश, तिनीहरूको स्थानमा छ । अर्को शब्दमा, तिनीहरूको सत्यतामा छ ।

पवलोस्कीका तस्बिरहरू उत्कृष्ट छन्, तर तिनीहरू सिर्जनाहरू हुन् । फोटोशप जस्ता सफ्टवेयर प्रयोग गरेर धेरै छविहरूको रचना गरिएको छ । यी तस्बिरहरूको प्रकाशनमा मुख्य समस्याहरू मध्ये एउटा के हो भने तिनीहरू काटकुट गरेर, थपथाप, जोडजाड गरेर सिर्जना गरिएको हो भनेर प्रस्तुत गरिएको छैन । बरु वास्तविक फोटोहरूको रूपमा प्रस्तुत गरिएको छ । यात्राबारे लामो ब्याख्या गर्दै प्रस्तुत गरिएको छ जसमा हिउँ चितुवाको खोजिमा पावलोस्कीले सगरमाथाको फेदमा रहेको गोरकशेपसम्मको आफ्नो पदयात्राको वर्णन गरेकि छन् ।

धेरै वर्षदेखि हिउँ चितुवालाई ट्र्याक गर्ने (खोजि गर्ने, पिछा गर्ने) फोटोग्राफर भिन्सेन्ट मुनियर स्पष्ट भन्छन् : ‘म यस प्रकारको सिर्जनाको विरुद्धमा लाग्नुपर्ने, भन्नुपर्ने केही छैन । तर यसलाई त्यस्तै रूपमा (मिसमास गरेर वा आफूले स्रिजनात्मक रुप दिएर बनाएको अलग फोटो हो, प्राकृतिक होइन) भनेरै प्रस्तुत गर्नुपर्दछ।

अन्य तस्विरहरू बिनाकी फोटोग्राफर

फोटो साभार-https://alpinemag.com

किटीया पावलोवस्कीको काम खासै ज्ञात छैन । उनको वेबसाइट चारवटा हिउँ चितुवाकै फोटोमा मात्रै सिमित छ । अन्य कुनै जनावरको फोटो छैन । उनको इन्स्टाग्राम खातापनि उस्तै छ जहाँ जम्मा पाँच तस्बिरहरू छन् : चार हिउँ चितुवाका फोटो र उनको आफ्नै फोटो। उनलाई ५० हजारभन्दा बढीले पछ्याएका (फलोअर्स) छन् । कति फोटोग्राफरले आफूले खिचेको फोटो अनलाइन ग्यालरीहरूमा देखाउँदैनन् ? केहीले सायद । केवल मुट्ठीभरले ।

अलपाईन पत्रीकालाइ उपलब्ध गारएको उनको आफ्नै फोटोपनि जोडजाड वा (कोलाज) गरिएको, कोलाज गरेर वेभसाईटमा राखिएको, आफ्नै फोटोमा नक्कली हिमालय प्रिष्ठभूमी हालिएको अलपाईनले उल्लेख गरेको छ । र अलपाईनले भनेको छ “यदि तपाईं वास्तवमै त्यहाँ हुनुहुन्थ्यो भने किन आफैलाई नक्कली हिमालय पृष्ठभूमिमा चित्रण गर्नुहुन्छ ?”

किटीया पवलोस्कीले आफ्नो ब्लगमा हिउँ चितुवा देखेको जसरि ब्याख्या गरेकि छन् त्यसलाईपनि अलपाईनले नाटकिय भनेको छ । ‘घोस्ट अफ हिमालय (हिमालयको भूत)’ नामक उनको कथाले मुस्ताङमा चितुवाको खुट्टाको डोब (स्पोर) देखेर पवलोस्कीलाई खुम्बु उपत्यकामा कसरी पुर्यायो भन्ने कुरा बताउँछ । पहाडको यस भाग (थकान, चिसो, किलोमिटर) मा ट्रेकको सामान्य कठिनाइहरू वर्णन गर्ने केही वाक्यहरू पछि, फोटोग्राफर कथाको केन्द्रमा पुग्छिन् : ‘मेरो क्यामेराको टेलीफोटो लेन्समा हेर्दै, पुमोरी हिमालको छायामा मैले केहि याद गरें । सुरुमा, मलाई यो चट्टान हो जस्तो लाग्यो, तर मैले खोजेको ठ्याक्कै त्यही हो।’ चितुवा पहिले नै त्यहिँ भैरहेको जस्तैगरि उनले ब्याख्या गरेकि छन् । जस्तो कि फिल्ममा जेपनि यस्सो औंला पड्काएकै भरमा समाधान हुन्छ ।

विगत तीन दशकमा यस क्षेत्रमा घुम्न आएका अधिकांश पर्वतारोहीले हिउँ चितुवाको झलकसमेत देखेका छैनन् । यस मायावी जनावरबाट मोहित वन्यजन्तु फोटोग्राफरहरूलाई चिन्ने मानिसहरूलाई यो देख्न कत्ति गाह्रो छ भनेर थाहा छ ।

फ्रान्सको सबैभन्दा प्रसिद्ध वन्यजन्तु फोटोग्राफर भिन्सेन्ट मुनियर भन्छन् “यी तस्बिरहरूको अकल्पनीयताले मलाई तुरुन्तै छोयो । मैले चितुवाहरू बाटो पार गरेको देखेको छु, तर तिनीहरू धेरै छिटो हिँड्छन् र तिनको फोटो छोप्न (क्याच गर्न) लगभग असम्भव हुन्छ । एउटा चितुवा बसेको पोज लिन धेरै असम्भव छ। तर त्यहाँको त्यो पृष्ठभूमिसँग चितुवा बसेको अनौठो छ। एउटा तस्बिरमा जुन उज्यालो छ त्यो फिट हुँदैन । त्यहाँ दुईवटा सूर्य भएजस्तो देखिन्छ । ती तस्बिरहरू यस्तो प्रकारका हुन् जुन तपाईंले प्राप्त गर्ने प्रयासमा जीवनभर पर्खिनुपर्ने हुनसक्छ। मलाई लाग्छ कि यसलाई फरक नछुट्ट्याउनु साँच्चै खराब हो। विशेष गरी, उनी लामो कथा बुनिरहेकि छन् । अझ के भने, मैले चितुवा दौडिरहेको बेला देखेको छु, जबकि चितुवाको मुखबाट निस्कने सास [द टाइम्स अफ लन्डनले छापेको बसिरहेको चितुवाको ठाडो तस्बिरमा] पूर्णतया अवास्तविक छ ।

“उनीहरुलाई हिउँ चितुवा भनिन्छ । तर तिनीहरू लगभग कहिल्यै हिउँमा जाँदैनन् । बरफ र दरार (ख्रभेसेस) को क्षेत्रमा पनि कम जान्छन्” भिन्सेन्ट मुनियर भन्छन् ।

हिउँ चितुवाहरू ५,५०० मिटर भन्दा माथि जान सक्दैनन्। पवलोस्कीको तस्बिरहरूमा चितुवा उच्च हिमाली वातावरणमा ‘बसिरहेको’ छ ।

हामीले नुप्सेको पूर्वी काँधको रूपमा पहिचान गरेका ठाउँमा, आइसफल माथि, लगभग ६,३०० मिटरमा बसिरहेको छ । भिन्सेन्ट मुनियरले भनेझैं: ‘तिनीहरूलाई हिउँ चितुवा भनिन्छ, तर तिनीहरू प्रायः कहिल्यै हिउँमा जान तर्फ लाग्दैनन्, बरफ भएको ठाउँमापनि कम जान्छन् र सिकार नभएका ठाउँहरूमा पनि कम। तिनीहरू कहिल्यै कठिनाइहरू खोज्दैनन्। तिनीहरू चट्टानी इलाकामा बस्छन् ।’

तिनीहरू एकान्ततालाई मन पराउँछन् । हो त्यसलाई ध्यानमा राख्दै, यो स्पष्ट छ कि तिनीहरू हिमालयको सबैभन्दा धेरै भ्रमण गरिएको भागहरू मध्ये एक गोरकशेप जस्ता व्यस्त ठाउँहरूबाट टाढा रहनछन् । हेलिकप्टरहरूको निरन्तर उडान एभरेष्ट बेसक्याम्प भित्र र बाहिर भैरहन्छ र त्यहाँ धेरै हल्ला भैरहन्छ ।

संसारनै पासोमा

११ नोभेम्बर २०२२ मा तस्बिरहरू संसारभर गए । पवलोस्कीको इन्स्टाग्राम खाताबाट केही वाक्यहरू अनुवाद गरियो । र निर्विवाद सत्यको रूपमा प्रस्तुत गरियो। टाइम्स अफ लन्डन लगायत विश्वका ठूला मिडिया आउटलेटहरू पनि पासोमा परे र तिनीहरूलाई वास्तविक तस्बिरहरूका रूपमा प्रकाशित गरे । जस्तै पेटापिक्सेल र चेस्यूर डी’इमेजहरू जस्ता विशेषज्ञ मानिएका फोटो वेबसाइटहरू, साथै नेपालस्थित अमेरिकी दूतावास लगायत अन्य संस्थाहरूलेपनि सारे । र इन्स्टाग्रामको स्टार वाइल्डलाइफ फोटोग्राफी खाता एनिमल प्लानेटलेपनि दियो ।

यहाँ अलपाईन मेगाजिनमा हामीले किटीया पवलोस्कीलाई उनको चार तस्बिरहरूको उच्च रिजोल्युसन प्रतिलिपिहरू माग्न इमेल गर्यौं। उनले जवाफ दिइन् र केही घण्टाभित्रै पठाइन् । ‘मैले यस शृङ्खलाका करिब ५० प्रिन्टहरू बेचेकि छु र तीमध्ये धेरैजसो फ्रान्समा थिए, त्यसैले मलाई विश्वास छ कि यसले तपाइँका पाठकहरूलाई चासो दिनेछ’ उनले भनिन् ।

फोटोहरूमा समावेश जानकारी (मेटाडेटा र एक्जिफ, अर्थात्, प्रत्येक तस्बिरको परिचयपत्र) मा प्रयोग गरिएको क्यामेरा निकोन डि ८५० मा ५००-एम एमको निक्कोर लेन्सर लेन्स भएको देखाउँछ । यो उही मोडेल हो जुन पावलोवस्कीले शंकास्पद पृष्ठभूमिसहित आफ्नै दुई फोटोहरू समातेकि छन्।

तपाइँको प्रतिक्रिया