सोमबार, वैशाख ३१, २०८१

विश्वको सर्बोच्च शिखर सगरमाथामा दुर्लभ बिरालोको नयाँ प्रजाति फेला पर्‍यो

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ माघ १६ गते १:३५

Photo Credit- SHUTTERSTOCK.COM/ELLIOTTE RUSTY HAROLD via beauty of planet

बिश्वकै सर्बोच्च शिखर सगरमाथामा वैज्ञानिकहरूको एक टोलीले भर्खरै अविश्वसनीय र एकदम मनमोहक तथ्य पत्ता लगाए – सगरमाथा हिमालमा दुर्लभ बिरालाहरू बस्ने गरेका छन् ।

पल्लास क्याट भनिने बिराला जसलाई म्यानुलहरू पनि भनिन्छ, सगरमाथाको दक्षिणी भागमा कतै बस्छन्। यो खोज विश्वभरका अन्वेषकहरू र संरक्षणवादीहरूका लागि अत्यन्त नौलो र चकित पार्ने खालको छ ।

ब्युटी अफ प्लानेटका अनुसार पल्लास क्याटहरूपनि घरका बिराला जत्रै आकारका हुन्छन् । तर तिनको शरिरमा केहि भिन्नता हुन्छ, रङ फरक देखिन्छ । तिनीहरूका खुट्टाहरू धेरै छोटो हुन्छन् र तिनीहरूको रौं बाक्लो र चम्किलो हुन्छ । त्यसले गर्दा ति भरिला, मोटा देखिन्छन् ।

Photo Credit-SHUTTERSTOCK.COM/RADOVAN ZIERIK via beauty of planet

तिनीहरू झट्ट हेर्दा भन्दा सानो र हल्का हुन्छन् । किनकि तिनीहरूमा अलि बाक्लो रौं वा भुवा जस्तो हुन्छ । मोटो देखिएपनि रौं बाक्लो हुनाले हो । त्यो बाक्लो रौं हुनाको कारण हिमालको ठण्डीबाट बच्नकालागि हो ।

तिनको शारिरिक बनावटले गर्दा चट्टानी दरार र चट्टानका भिराला भागहरुमा चढ्न सजिलो हुनाले उनीहरू सगरमाथा जस्तो उच्च हिमालमा पाइएका हुन् । साना देखिएपनि यि विराला आक्रामक हुन्छन् । तिनलाई घरपालुवा जनावरको रूपमा राख्न, पाल्न सकिँदैन ।

SHUTTERSTOCK.COM/KUZMINA MARIA via beauty of planet

अनुहार फराकिलो र ठूला कानहरू हुनाले तिनीहरूलाई कार्टुनका पात्र जस्तो देखाउँछ । ति बिश्वको सर्बोच्च शिखर वरिपरि घुम्छन्, फन्को लगाइरहन्छन् ।

Photo Credit-SHUTTERSTOCK.COM/PANIYANI via beauty of planet

“विश्वको शीर्ष शिखरमा यो दुर्लभ र उल्लेखनीय प्रजातिको प्रमाण पत्ता लगाउनु अभूतपूर्व हो,” वन्यजन्तु संरक्षण समाजको प्राणी स्वास्थ्य कार्यक्रमका डा ट्रेसी सिमोनले वन्यजन्तु संरक्षण समाजको लागि तयार गरिएको लेखमा भने।

SHUTTERSTOCK.COM/ARTUSH via beauty of planet

“भविष्यको अनुसन्धानले सगरमाथामा कतिवटा पल्लास क्याटहरू छन् भनेर निश्चित गर्न मद्दत गर्नेछ । त्यसले तिनीहरूलाई सुरक्षित राख्न मद्दत गर्नेछ ताकि तिनीहरूले आफ्नो उत्कृष्ट जीवन जिउन जारी राख्न सकून्” उनले थपे ।

तपाइँको प्रतिक्रिया

फेसबुक