आइतबार, असार १०, २०८१

विश्वकै सबैभन्दा साना कम्प्युटर शंखेकिराको ढाडमा

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ माघ २४ गते १:२१

शंखेकिराहरु आफ्नो ढाडमा विश्वकै सबैभन्दा सानो कम्प्युटर बोकेर हिँडिरहेका छन् । तिनले ढाडमा कम्प्युटर बोक्नुको घिस्रिनुको उद्देश्य तिनको आफ्नै अस्तित्वको रहस्य समाधान गर्न हो । बैज्ञानिकहरुले शंखेकिरा वा घोंघी (स्नेल) को ढाडमा हुने खपडा जस्तो ढकनीमा सानो कम्प्युटर जोडेर छोडिदिने गरेका छन् ।

आफ्नो ढाडको खोलमा संसारको सबैभन्दा सानो कम्प्यूटर बोकेका घोंघीहरूले सबै बाधाहरू विरुद्ध आफ्नो अस्तित्वको रहस्य व्याख्या गर्न मद्दत गरेका छन् । ति कहाँ जान्ह्चन् । के खान्छन् र कहिले खान्छन् । तिनको दैनिक जिवनको चर्या, तिनको गतिबिधि सबै ति आफैंले बोकेको कम्प्युटरले भण्डार गर्छ ।

दक्षिण प्रशान्त क्षेत्रको सोसाइटी नामक टापुहरू जुन फ्रेन्च पोलिनेसियाको एक रमणीय उष्णकटिबंधीय द्वीपसमूह हो त्योइ कुनै समय रूखमा बस्ने शंखेकिराको कम्तीमा ६१ प्रजातिहरूको घर थियो। तर विशाल अफ्रिकी ल्यान्ड स्नेल (जमिनमा बस्ने ठूला शंखे किरा) टापुहरूमा पुगेपछि यसले चाँडै एक कीटको रुप लियो । त्यसैले कृषि वैज्ञानिकहरूले १९७४ मा जमिनको शंखेकिरा मार्नको लागि रोजी वुल्फ स्नेल नामक आक्रमणकारी शंखेकिरा लगेर स्थापित गराए ।

त्यसपछि त्यहाँका मूल शंखेकिरा जुन रूखमा बस्थे तिनलाई रोजी स्नेलले सजिलोसित लक्ष्य बनायो र धेरैजसो गायब भए । तर रुखमै बस्ने पार्तुला क्यालिन भन्ने एक प्रजाति भने जिवित रह्यो । त्यसले बैज्ञानिकहरुलाई आस्चर्य बनायो ।

युनिभर्सिटी अफ मिचिगनका जीव वैज्ञानिकहरु र ईन्जिनियरहरु मिलेर विश्वको सबैभन्दा सानो कम्प्युटर डिजाईन गरे । त्यसलाई ढाडमा राखिदिएर गरिएको सहकार्यले पार्तुला क्यालिन रोजी शंखेकिराको आक्रमणबाट बाँचेको देखाएको छ किनभने यसको शरिरमा अद्वितीय, सेतो गोलाहरू हुन्छन् । पोलिनेशिया जातमा यो एक बहुमूल्य सजावटको रुपमा काम गर्छ। त्यसले गर्दा घामको किरणमा मज्जाले बसेर घाम ताप्ने, जंगलको छेउको न्यानोमा बस्न सक्ने बनाउने पत्ता लगाए । शंखेकिराका अन्य प्रजातीले यस्तो घाम सहन नसक्ने भनाई अनुसन्धनाकर्मीहरुको छ ।

शंखेकिराको ढाडमा राख्न विकास गरिएको कम्प्युटर विश्वकै सबैभन्दा सानो भनेर दाबी गरिएको छ । त्यसको नाम मिचिगन माईक्रो मोट (एम ३) राखिएको छ । यो २०१४ मा इलेक्ट्रिकल इन्जिनियरिङ् र कम्प्युटर विज्ञानका प्रोफेसर डेभिड ब्लाउको नेतृत्वमा रहेको टोलीद्वारा घोषणा गरिएको थियो। यो नयाँ आविष्कार यो क्षेत्रमा प्रयोग भएको पहिलो पटक हो।

अन्वेषक सिन्डी बिक र डायरमाइड क्यु फिओगिलले सेन्सरहरूलाई सिधै रोजी वुल्फ स्नेलको ढाडका पट्टीहरूमा टाँसिदिए । तर लोपोन्मुख प्रजाति भएकाले पि ह्यालिना शंखेकिरामा जोड्न सकेनन् । त्यसैले तिनीहरूले एम ३ कम्प्युटरलाई शंखेकिरा हिँड्ने पातको मुन्तिर र माथितिर राखिदिए ।

एम ३ ले सौर्य उर्जा प्रयोग गरेर रिचार्ज गर्न कति समय लिएको हो भन्ने मापन गर्छ । तिनीहरूले प्रकाशको तीव्रता मापन गरे। टोलीले दिउँसो पि ३ हयालिनाले रोजी शंखेकिराको तुलनामा औसतमा १० गुणा बढी सूर्यको प्रकाश प्राप्त गरेको पत्ता लगाए । तिनीहरूले अनुमान गरेका छन्, रोजी वुल्फ स्नेलहरु जंगलको छेउमा जान सक्दैनन् । रातमा पनि जाँदैनन् किनकि घाम धेरै तातो हुनु अघि भाग्न असम्भव हुन्छ ।

हामी तथ्यांक प्राप्त गर्न सक्षम भयौं जुन अरु कसैले पनि प्राप्त गर्न सकेको छैन” अनुसन्धानकर्ता ब्लाउ भन्छन् “यो किनभने हामीसँग एउटा सानो कम्प्युटिङ प्रणाली थियो जुन शंखेकिरामा टाँस्न पर्याप्त सानो थियो ।”

“सेन्सर गर्ने कम्प्युटरहरूले हामीलाई टापुहरूमा स्थानीय प्रजातिहरूलाई कसरी जोगाउने भनेर बुझ्न मद्दत गरिरहेको छ” यस परियोजनाका अनुसन्धानकर्ता सिन्डी बिक भन्छिन् “यदि हामीले उपयुक्त संरक्षण उपायहरू मार्फत यी बासस्थानहरूलाई नक्सा बनाउन र सुरक्षित गर्न सक्षम भयौं भने हामीले प्रजातिहरूको अस्तित्व सुनिश्चित गर्ने तरिकाहरू पत्ता लगाउन सक्छौं।”

“एम ३ ले वास्तवमा हामी मेरुदण्ड नभएका प्राणीको व्यवहारिक पारिस्थितिकीय प्रणाली र ब्यववहारसँग के गर्न सक्छौं भन्ने झ्याल खोल्छ । अहिले हामी ती सम्भावनाहरूको फेदमा छौं” क्यु फ्वाघिल भन्छन्।

तपाइँको प्रतिक्रिया

फेसबुक