बिहीबार, कार्तिक १५, २०८१

राष्ट्रप्रेम र आप्रवासी भावना

अनुराधा पौडेल / फ्रान्स२०७९ माघ २९ गते १२:५५

अनुराधा पौडेल

म मान्छु, तपाइलाई ध्रुवे हात्तीको कथा थाह छ । यो एकादेशको कथा होइन । यो चितवन राष्ट्रिय निकुञ्ज भित्रको ध्रुव पोष्टको कथा हो । केहि वर्ष पहिला त्यहाँ एउटा हात्ती देखिएको थियो । पहिलो पटक ध्रुव पोष्टमा देखिएको हात्ती भएकोले यसको नाम ध्रुवे भयो । तपाइ बिदेशमा हुँदा तपाइलाई त्यहाँको प्रशासनले नेपालमा उत्पत्ति भएको मानिस भनेर चिन्छ । त्यसैले तपाइँ नेपाली हुनुभयो । बैँशले अनमत्त भएका बेला ध्रुवे हात्ती बौलायो र माडि आसपास पन्ध्र जना जति मार्यो । ७७ सालको बैशाख महिनामा यसका दाह्रा काटिए । घाँटीमा रेडियोकलर जडान गरियो ।

आप्रवासी नेपालीहरु र यो ध्रुवे हात्तीमा के समानाता छ भने यि दुवै जहाँ पुगुन् उनीहरु आफ्नो उपस्थिती जनाउँछन् । ध्रुवेको उपस्थिति ‘रेडियोकलर’ बाट थाह हुन्छ । नेपालीको उपस्थिति कि त सामाजिक सन्जाल मार्फत कि आँसु मार्फत् आप्रवासी बनेर चिनिन्छ ।

त्यसो त मैले चिनेको निकै उम्दा र पढाइमा तिक्ष्ण भाइको नाम पनि ध्रुव नै हो । उनी पूर्व माओवादी लडाकु हुन् अनि कतै पोष्ट आक्रमणमा जाँदा घाइते भए र पछि उनको अपाँगता भयो । खुला राजनीति भएपनि उनी देशमा अटाएनन । उनी पनि प्रवासी भए ।

आप्रवासीहरु बिदेशमा बाँच्नकालागि तिन गुना मेहनत गर्छन् । त्यसैले शासक र साहुहरुले यसको फाइदा राम्रोसँग लिन्छन् । भोका नांगाहरुको देशका मानिस हामीलाई कसले वाह तिमी त सगरमाथाको भएको देशको मानिस भनेर महान मान्छ र ? ‌ओ तिमी बुद्दको देशका मानिस भनेर कसले गोडा ढोग्छ र ?

यसरी प्रवासी हुने ध्रुव भाइ मात्र होइन लाखौँ नेपाली छन् । बिदेशका गल्ली गल्लीमा उनीहरु देख्दा तपाइको मनमा के भाव आउँछ ? त्यो बेलाको अवस्था संझदा कसलाई गाली गर्नुहुन्छ ? अवस्य तपाइले नेतालाई संझनुहुन्छ । जुन ब्यक्तिलाई तपाइले नेता बनाउनुभयो । तर बिदेश आउँदा फेरी फूल माला लिएर तिनैलाई स्वागत गर्नुहुन्छ ।

कति दोहोरो बिरोधाभासमा बाँचेको छ बिदेशमा रहेको नेपाली पुस्ता हगि ? तर मैले यति कुरा चाहीँ निश्चिन्त भएर भन्छु, तपाइले बिदेशमा जे नयाँ देख्नुहुन्छ त्यो सबै नेपालमा बनाउन मन गर्नुहुन्छ । रत्नपार्कको अन्डरग्राउन्ड मेट्रो चढेर बनेपा झर्न मन लाग्छ । बुढानिलकन्ठ फेदिमा निर्माण भएको केबुल कार चढेर ककनी तिर या शिबपुरी राष्ट्रिय निकुन्जको चुचुरोमा बिचरण गर्न मन लाग्छ । किनभने तपाइँसँग साथैमा दुइ देश छन् नि । एउटा देश जहाँ बनाउनुपर्ने चिजहरु बग्रेल्ती छन् अर्को देश जहाँ नबनाएपनि जीवन सहज हुने अवस्थामा पुगिसकेका छन् । तपाइँसँग भएका तपाइका प्रिय दुइ देशहरु कसले बिभाजन गर्न सक्छ र ? ति त तपाइको देहबसान सँगै अन्त्य हुन्छन् । अनि तपाइमा दोहोरो संस्कार र सभ्यतामा बाँधिनै पर्छ ।

म ध्रुवको कुरा गर्दैथिएँ । भुगोलको परिभाषाले पृथ्वीमा उत्तरी र दक्षिणीगरी दुइ ध्रुव छ भन्छ । यो दुइ ध्रुव यस्ता हुन् जहाँ करौडौँ वर्ष देखि पानी बरफको रुपमा जमेको छ । दुवैका आफ्नै कथा छन् । फ्रान्सेली उपन्यासकार रेने बर्जावेल ले लेखेको ‘समयको रात’ उपन्यामा दक्षिणी ध्रुव अन्टार्कटिकामा नौ लाख बर्ष पुरानो मानव सभ्यताको अन्तिम चिनो भेटिएको कुरो छ । यस्तो सभ्यता जुन नष्ट हुने सँघारमा थियो । यो उपन्यासका दुइ पात्र एला र पाइकन (जो बरफ मुनि शुसुप्त अवस्थामा थिए) भेटिएका थिए । एला चाहन्थिन् नयाँ मानिसको जात जन्माउँ । तर उनीहरु पत्ता लगाउने साइमन एलासँग प्रेममा पर्छन् । अनि के हुन्छ ? यो बुझ्न तपाइले उनको किताब पढ्नै पर्छ ।

मैले भन्न खोजेको यत्ति हो कि अन्टार्कटिकाको ध्रुवमाथि परिकल्पना गरिएको यो उपन्यास बिश्वका चर्चित उपन्यासहरु मध्ये एक हो । म यसको प्रसंग तल जोड्नेछु ।

तपाइलाई थाहै छ जलवायुको भाषामा यो धर्तीमा तेस्रो ध्रुवपनि अस्तित्वमा छ । यो भनेको हाम्रो सगरमाथा क्षेत्र हो जो तिब्बती पठारको पश्चिम र दक्षिणी भेगमा पसारिएको छ । नेपाल सहित एसियाका ८ वटा मुलुकका १४ वटा हिमाल १० ठूला नदीहरु यो क्षेत्रमा पर्छन् । यो क्षेत्रमा पनि दुइ ध्रुवमा जस्तै पानीको ठूलो मात्रा बरफको रुपमा छ । यहाँ हलचल भयो भने भारतको हिमान्चल प्रदेशको जोशिमठमा जस्तै धाँजा फाँट्छ । बालुवामा जमेर बसेको पानी पग्लन्छ । बिनासलिला मच्चाउँछ ।

मैले देश छाडेको दुइ दशक भो । मुस्किलले म यो बिचमा चार पाँच पटक नेपाल पुगेँ । अब त मैले नेपालको जे देख्छु सबै सतहको या अनलाइनको नेपाल देख्छु । किनभने म आप्रवासी भैसकेँ ।

तपाइलाई थाह छ, साँच्चै कुनै नेपालीले तेस्रो ध्रुव बारे कुनै उपन्यास लेखेको छ कि ? मैले आजसम्म भेटेकी छैन । फ्रान्समा बस्ने रेनेले अन्टार्कटिकालाई बिम्ब बनाएर ‘समयको रात’ उपन्यास मार्फत आणविक बमको गलत प्रयोगले मानव सभ्यता नष्ट हुनसक्छ भन्ने लेखे । यहि तेस्रो ध्रुवबाट संसारलाई अहिंसाको सन्देश दिने बुद्द पात्रमा यति चर्चित उपन्यास लेख्न किन सकिएन ? नेपालमा उपन्यासकारहरुको जन्म नभएर हो र ? भाग्यवादी मानसिकता, हेपिएको मानिसकता, अल्छि पन, हल हल गरौंला या अरुलाई मात्र आलोचना गर्ने स्वभाव भएर हो कि किन होला ? कि नेपालीले नेपाललाई माया गर्नै जानेन ?

त्यसो त हालै सामाजिक सन्जालमा नेपालको आइ क्यु स्तर विश्वका कयौँ मुलुकको तुलनामा सबैभन्दा पुछारमा परेको प्रकाशित गरिएको थियो । कि हाम्रो सोच जीवन र जगतलाई बुझ्ने क्षमता नभएर या हाम्रो उप्पादनशिलता या सोच्न सक्ने क्षमतामै ह्रास आएर हो ?

तपाइ हामीलाई थाह छ, प्रकाश सीधा गतिमा खस्छ । त्यसैले पृथ्वी घुम्दा यो धर्तीको आधा भाग अँधेरो र आधा भाग उज्यालो हुन्छ । साँच्चै सगरमाथाको टुप्पोमा कति बजे रात पर्छ र उज्यालो हुन्छ ? तपाइलाई थाह छ, किन सबै मौसममा हिमाल जान उपयुक्त हुँदैन ? त्यहाँ के हुन्छ साँच्चै ? घुँडा घुँडा हिउँ मात्र पर्छ कि त्यो समयमा हाम्रा आँखाले नेदेखेको हिम मानव यति पनि नाचेको हुन्छ ? या कुनै अदृश्य देवीले हामी सबैलाई निल्नसक्ने ताकत राख्छिन् ?

तिमी आफैं सगरमाथाको छोरी, त्यतिपनि थाह छैन भनेर गिल्ला नगर्नु है । मैले सगरमाथाको सिंगो कथा पढिन । जे पढेँ त्यो पनि आधा र अधुरो पढेँ । अनि मानिसका अगाडि मैले आफ्नो तर्क शक्ति गुमाएँ । म बास्तविक घटना जोड्न चाहन्छु ।

फ्रान्स आएको केहि महिना पछि म पेरिसको एउटा प्राइभेट स्कूलमा फ्रान्सेली भाषा सिक्न गएँ । त्यो स्कूल चीनियाहरुले सन्चालन गरेका थिए जहाँ चीनिया बिद्यार्थीहरु बग्रेल्ती देखिन्थे ।

कक्षामा ‘मिसले’ तिमीहरुको देशको गौरब के हो र किन हो ? लेख भनिन । मैले सगरमाथाको नाम लिएँ । कक्षामा यसको लम्बाइको गाथा गाएँ । तेन्जिँग नोर्गे र एडमन्ड हिलारीको नाम लिएँ । त्यहि कक्षामा चीनियाले चोमुलुग्मो भनिन् । उनले पनि यसकै गाथा गाइन् । उनी सगरमाथा मेरो भन्ने म मेरो भन्ने । कक्षामा बिवाद निस्कियो । ‘मिसले’ हस्तक्षेप गरिन् । उनले भनिन, ‘सगरमाथा तिमीहरु दुवै देशको साझा हो ।’ तिब्बती मोहडाबाट पनि सगरमाथा चढिन्छ । नेपालबाट पनि सगरमाथा चढिन्छ । तर मैले मानिन । मैले सगरमाथा मेरै हो भनेँ । मेरो स्वाभिमानमा धक्का पुगेको त्यो सगरमाथा साँच्चै हामी दुवै देशको हो त ?

म यसो गम्छु, विपन्न मुलुकको मानिस हुनु कति पिडादायी छ । आफ्नै देशको चोक्टो लुछिएको सुनिन्छ तर शासकहरुले नक्कली राष्ट्रवादको नारा उरालेकै हुन्छन् र झुठा इतिहास पढाएका हुन्छन् ।

३५, ३६ वर्ष पहिला नेपालमा नयाँ शिक्षा लागू भएको थियो । त्यो शिक्षा अन्तर्गत मैले सगरमाथा हाम्रो हो भनेर पढेँ । जनकवी केशरी धर्मराज थापाले लेखेको ‘हाम्रो तेन्जिंग शेर्पाले चढ्यो हिमाल चुचुरा, गम्केर बज खैँजेडी झम्केर बज मुजुरा’ भन्ने गीत कन्ठ पारेको थिएँ । एक्कासी जब मैले सगरमाथा दुवै देशको साझा हो भनेर सुनेँ मलाइ खपिनसक्नु पिडा भयो ।

हुन पनि हो सगरमाथा तिब्बती मोहडाबाट पनि चढिन्छ । सगरमाथाको फेदी सम्म पुग्न उत्तरबाट चिल्लो मोटरगाडी गुड्ने बाटो बन्दैछ । सगरमाथाको उचाइको लाभ उतैतिर छ किनभने तिब्बती मोहडा चढ्न सजिलो छ । हाम्रो तिर त सगरमाथाको जटिल मोहडा पर्छ ।
यता नेपालतिर नि ?

बिकासको कुरा छाडौँ त्यो क्षेत्रमा अलिकति देश बेचिएको थियो भनेर फेरी कुनै बेला पढेको थिएँ । मैले पढेको त्यो इतिहास सत्य हो कि होइन मलाइ थाह छैन । कुनैबेला सगरमाथाको सीमा पार मानिसले नेपाल सरकारलाई कर तिर्थे रे ?

मैले देश छाडेको दुइ दशक भो । मुस्किलले म यो बिचमा चार पाँच पटक नेपाल पुगेँ । अब त मैले नेपालको जे देख्छु सबै सतहको या अनलाइनको नेपाल देख्छु । किनभने म आप्रवासी भैसकेँ ।

म तपाइलाई फेरि ध्रुव तिरै लैजान्छु । अर्थशास्त्रमा तेस्रो ध्रुव भनेको बिकासको बाटोमा लम्किँदै गरेका अति विपन्न मुलुकको समुह हो ।

विपन्न मुलुकको समुहमा हाम्रो मातृभुमी पर्छ । ‘विपन्न’ सभ्य शब्द हो । ठाडो भाषामा अति विपन्नहरु भनेका भोका नांगा र मगन्तेहरुहरु हुन् । नेपाली शब्दकोष शब्दसागरले विपन्नलाई ‘विपत्तीमा फसेको’, ‘सँकटमा परेको’ भनि परिभाषित गरेको छ ।

फ्रान्सेली भाषामा विपन्नताका अनेक अर्थ छन् । त्यसमा एक अप्रत्यासित रुपमा आश्चर्यमा पर्ने क्षणलाई या जवाफै दिन नसक्ने गरि हेपिएको या पेलिएको भन्ने अर्थमा पनि विपन्नतालाई बुझिन्छ । म यसो गम्छु, विपन्न मुलुकको मानिस हुनु कति पिडादायी छ । आफ्नै देशको चोक्टो लुछिएको सुनिन्छ तर शासकहरुले नक्कली राष्ट्रवादको नारा उरालेकै हुन्छन् र झुठा इतिहास पढाएका हुन्छन् ।

सगरमाथा तिब्बती मोहडाबाट पनि चढिन्छ । सगरमाथाको फेदी सम्म पुग्न उत्तरबाट चिल्लो मोटरगाडी गुड्ने बाटो बन्दैछ । सगरमाथाको उचाइको लाभ उतैतिर छ किनभने तिब्बती मोहडा चढ्न सजिलो छ ।

फ्रान्समा रहेको युरोपको अग्लो हिमाल मो ब्लँको फेद छेडेर एउटा सुरुङ मार्ग इटाली जान्छ । त्यो सुरुङ मार्ग चिल्लो छ । त्यो हिमाल हेर्न जाँदा मलाई यो बाटो नछिरी भएन । मेरो यात्रा नै अपुरो हुने भयो । चालिस युरो खर्चेर फ्रान्सको सुरुङ छिरेर म मोटर लिएर इटाली निस्केँ । सुरुङ मार्ग निर्माण हुनु युरोपकोलागि एक सुनौलो इतिहास थियो भन्ने पढेकी थिएँ । त्यो इतिहासलाई देख्न म बेचैन थिएँ । जब देखेँ तब मलाइ स्वर्गका परिहरु जस्तै उडेर सगरमाथाको फेदिमा पुग्न मन लाग्यो । चुट्कीका भरमा सुरुङ खन्न मन लाग्यो ।

यो त मेरो भावना हो । मातृभुमी बनाउने रहर हो नि ! साँच्चै तपाइ खाडी या जापान या अमेरिका हुनुहुन्छ । तपाइलाई पनि यस्तै देश बनाउन मन लाग्छ नि हगि ? यस्तो देश बनाउने परिकल्पना गर्नेहरु नेपालमा छन् नि ! महावीर पुन, सन्दुक रुइत, भगवान कोराइला अनि युवा पुस्ताका नेताहरु । म त आप्रवासी हुँ नि अब । मेरो निधारमा आप्रवासीको टीको छ । मैले कसरी देश बनाउन सक्छु र ! म अब भावनामा बग्छु र आफ्नो जिउ पाल्न कडा श्रम गर्छु । रोएर गर्छु । कहिलेकाहिँ खुसी पनि हुन्छु तर पनि भावना प्रबल हुन्छ । मनमा त आफ्नै मातृभूमि हुन्छ ।

तपाइलाई लाग्दैन आप्रवासीलाई देश बनाउने अधिकार भावनामा मात्र हुन्छ भनेर ? तपाइको अधिकार दुइ चार पैसा निकालेर फालिदिनुमा मात्र सिमीत हुन्छ भनेर ? तेस्रो ध्रुवबाट गएका आप्रवासीहरु भावनात्मक हुन्छन् भन्ने मेरो अनुभव छ । जो पनि अफ्रिकी या अरवी मुलुका मानिससँग बातचित गर्छु उनीहरुले आफ्नो पन गुमाएर चिन्ता गरेको, सुर्ताइरहेको भेट्छु ।

आप्रवासीहरु बिदेशमा बाच्नकालागि तिन गुना मेहनत गर्छन् । त्यसैले शासक र साहुहरुले यसको फाइदा राम्रो सँग लिन्छन् । भोका नाँगाहरुको देशका मानिस हामीलाई कसले वाह तिमी त सगरमाथाको भएको देशको मानिस भनेर महान मान्छ र ? ‌ओ तिमी बुद्दको देशका मानिस भनेर कसले गोडा ढोग्छ र ? हामी त ढुँगा हौँ अयोध्या पुगेको ढुँगा ! अब उतैकाले हामीलाई कुँदेर मूर्ती बनाउँछन् या ढुँगे कृति बनाउँछन् । हामीलाई चोइटाएर, हामीलाई तासेर जे बनाउनुपर्ने हो उनीहरुले त्यस्तै बनाउँछन् । हामी त अब उछिट्टिएर पर पुगिसक्यौँ । अनि मातृभुमिकाले पनि हामीलाई अचेल यो देश तिम्रो होइन भन्न थालेका छन् ।

तपाइँको प्रतिक्रिया