बिहीबार, फागुन १७, २०८०

दुख गरेर कमाएको पैसा बैंकबाटै डुब्छ कि ?

अनुराधा पौडेल / फ्रान्स२०७९ चैत ५ गते १४:५४

अनुराधा पौडेल

अमेरिकाको सिलिकन भ्याली बैँकमा तरलता सकट अर्थात पैसा नै नभएको खबर सुनेपछि हामीहरु सबैको मनमा चिसो पसेको छ । आफ्नो खाताको पैसा झिक्नकालागि मानिसहरु लामो लाइनमा बसेको र पैसा नपाएको निउँमा आक्रोस पोखेको हामीहरुले समाचारहरुमा देखेका छौँ ।

नेपालका बैंकहरुमा पनि तरलताको अभाव छ । सिके राउत जस्ता राजनीतिज्ञहरुले त नेपालमा दुइ देखि तीन शय व्यापारी र राजनीतिज्ञ समात्ने हो भने लुकाइएको पैसा सजिलै निकाल्न सकिन्छ भनेका छन् । कसै कसैले हजारको नोट जम्मा गर्दा १७ शय किलो बराबरको नेपाली रुपैया बजारबाट गायब गरिएको बताएका छन् । यो पैसा गायब गर्ने काम कालाबजारी र तस्करले गरेको भनाई तिनको छ ।

सत्र शय किलो भनेको एक टोयोटा निशाना गाडीको पछाडिको डिकीमा उपलब्ध ठाउँ हो रे । यो पैसा खाल्डो खनेर राखिएको छ कि धनिहरुका घरका दराजमा थन्केका छन् ? कि बिदेशी बैकमा हामीलाई थाह छैन ।

कसैले भने बजारमा जति माग छ त्यो अनुपातमा राष्ट्र बैंकले पैसा छाप्न सकेको छैन पनि भनेका छन् । कुरा जे जस्ता आएपनि नेपाल होस या युरोप हामी सबैलाई संकटका बेला बैंकमा रहेको पैसा प्रयोग गर्न सकिन्छ कि सकिंदैन भन्ने चिन्ता छ ।

हाम्रो नेपाली समाजको एउटा चरित्र छ, त्यो हो अनिकालमा पनि बिउ जोगाउने अर्थात केहि न केहि रकम बचत गर्ने । नेपालबाटै सिकेको यो बानीकै कारण एउटै अवस्था वा हैशियतमा रहेका फ्रान्सेलीको भन्दा हामी नेपालीको पैसा बढी बचत भैरहेको हुन्छ ।

बिश्व व्यवस्था अहिले तलमाथि हुँदै चलिरहेको छ । तराजुको व्यालेन्स कहिले चीनतिर र कहिले अमेरिकातिर लच्किँदा समग्र युरोप पनि प्रभावित छ । कोरोनाको महामारीबाट हामीहरु भर्खर तङ्ग्रिँदै गरेको युरोपमा बस्ने हामीहरु अहिले युक्रेन युद्दको राप र तापले डामिएका छौँ । महँगीले आकास छोएको छ । युरोपेली देशका कानुनहरुमा एकरुपता ल्याउने हिसाबले गरिएका निर्णयहरु ल्याउने क्रममा युरोपका बिभिन्न देशमा बिभिन्न खालका आन्दोलन र हडतालहरु भैरहेका छन् । यि आन्दोलन र हडतलाहरुको जग कोट्याउँदै जाँदा महँगिको मारमा परेको नागरिकमा गएर कुरा टुंगिन्छ । यो प्रभावले सबैभन्दा असर हामी मध्यम बर्गको मानिसलाई परेको छ जसले सरकारी सहयोग बिना जीवन निर्वाह प्रयत्न गरिरहेको छ । आफू बसेको देशलाई कर तिरिरहेको छ ।

यो चपेटामा भर्खर बिश्वविद्यालयको पढाइ सकाएर निस्किएका युवाहरु पनि परेका छन् जो आफ्नो पढाइ अनुसारको काम भेट्टाउन सकिरहेका छैनन । किनभने एक पछि अर्को गरी उद्योग या साना कलकारखानाहरु या त बन्द भैरहेका छन् या त सस्तो श्रम, कर प्रणाली भएका देशहरु तर्फ सरेका छन् । कलकारखानाहरु बन्द हुनु भनेको गरिवी निम्तिनु हो र सरकारले सामाजिक सुरक्षा भत्ता कोषमा थप पैसा भर्नुपर्ने अवस्था सृजना हुनुपनि हो ।

फ्रान्समा मध्यम वर्गको श्रमीक या व्यापारीलाई यतिबेला व्यवसाय भए त्यसलाई कसरी जोगाउने र जागिर खाइरहेको भए कम्पनी डुबेर जागिरबिहिन हुनुपर्छ कि भन्ने चिन्ता छ ।

म सन् २००४ मा फ्रान्स आइपुगेँ । त्यो बेला फ्रान्सको पैसा फ्रेन्च फ्र्यांकको प्रयोग रोकिएर युरो सन्चालनमा आएको केहि वर्ष मात्र भएको थियो । १० युरो लिएर हाट बजार जाँदा किनमेलका दुई वटा झोला भरिने गरी तरकारी र फलफुल आउँथ्यो र हामी तीन जनाको परिवारलाई एक हप्ता पुग्नेगरी छेलोखेलो फलफुल र तरकारी आउँथ्यो । जति खाएपनि हप्ताको खाद्यान्न बजेट पचास युरो माथि जाँदैनथ्यो । अहिले डेढ शय युरो माथि सजिलै पुग्छ ।

यो महँगीलाई ध्यानमा राखेर पोहरको वर्ष फ्रान्सेली सरकारले मुद्रास्फितीको तुलनामा तलब बृद्दी समायोजन गरेको थियो । तर परिणाम के भयो भने यसले खाध्यान्न मात्र होइन बिलासिताका सामान देखि सबै बस्तुको मूल्य उसैगरी बढायो । अहिले फ्रान्सेलीहरु अत्यावश्यक चिज मात्र किन्ने या छुटका समानहरु किन्ने या थोरै किन्ने र ठिक्क खाने गरी बजेट बिनियोजन गर्न थालेका छन् । यो महँगिले ठूलो परिवार धान्ने मानिसहरु र बृद्द भत्ता या जागिरबाट अबकास प्राप्त भत्ता खाएर जिवन जिउनेको हालत चौपट बनाउँदै लगेको छ ।

नेपालीहरु पैसा जोगाउन सिपालु किन भएको भने  बिलासिताका सामान र महँगा चिजहरु किन्दैनौँ । खाद्यान किन्दा पनि कहाँ सस्तो पाइन्छ ध्यान दिन्छौँ । हिँडडुल गर्न जाँदा या बाहिर घुमफिर गर्न जाँदा चाहिने चिज भन्दा बढी चिजमा हत्त न पत्त पैसा खर्च गर्दैनौँ र बैक व्यालेन्सलाई ध्यान दिन्छौँ । निश्चित रकम पुगेपछि अपार्टमेन्ट किन्ने या व्यापार या व्यवसायमा लगानी गर्ने हाम्रो चाहना हुन्छ ।

यो महँगीले हाम्रो नेपाली समुदाय अछुतो हुने कुरै भएन । तर पनि हाम्रो नेपाली समाजको एउटा चरित्र छ, त्यो हो अनिकालमा पनि बिउ जोगाउने अर्थात केहि न केहि रकम बचत गर्ने । नेपालबाटै सिकेको यो बानीकै कारण एउटै अवस्था वा हैशियतमा रहेका फ्रान्सेलीको भन्दा हामी नेपालीको पैसा बढी बचत भैरहेको हुन्छ ।

यो बानीलाई हामीले जारी राख्नुपर्ने छ । किनभने हामीले ढिलो काम शुरु गरेका छौँ । हामीहरु पहिलो पुस्ता भएकोले त्यो काम गर्न बिवश छौँ जुन काम फ्रान्सेलीले गर्दैनन । अर्थात हामीले गाह्रो मानिने काम गरेका छौँ । पेन्सन भत्ता हामीले निकै कम पाउनेछौँ । हामीले पुरा पेन्सन भत्ता पाउन ६७ बर्ष सम्म काम गर्नुपर्नेछ । अहिले आएको नयाँ पेन्सन कानुनले हामीलाई कत्तिपनि छुँदैन ।

यहि कारणले गर्दापनि हरेक बैंकहरुले पेन्सन भत्ता कोष खोल्नकालागि प्रोत्साहन र प्रेरणा दिइरहेका छन् । यो कोषमा तपाइले अहिले देखिनै प्रति महिना केहि रकम राख्न जम्मा गर्दै जान सक्नुहुन्छ । यो कोषमा जम्मा भैरहेको पैसाबाट प्राप्त आम्दानी माथि कर लाग्दैन । तपाइले यसको साथ साथ जीवन वीमा कोषपनि खोल्न सक्नुहुन्छ यो कोषको पैसा पनि बैंकले बिभिन्न ठाउँमा लगानी गरिदिएको हुन्छ । तपाइको कोषमा नाफा आइरहेको तपाइले देख्नुहुन्छ । यो नाफामा पनि कर लाग्दैन ।

यो बाहेक तपाइ राम्रो कम्पनीमा काम गरिरहनुभएको छ भने पेन्सन कोषलाई बृद्दी गर्ने हिसाबले कम्पनीले नै तपाइलाई पेन्सन कोषमा रकम राख्न प्रोत्साहन गरेको हुन्छ । ठुला र नाफामा चलेका कम्पनीहरुले बर्षको कम्तीमा दुइ पटक बोनस दिन्छन् फ्रान्समा । त्यो बोनस तपाइले कम्पनीमा कर्मचारी भएर सामुहिक नतिजा निकाल्न गरेबापतको (ल प्रिम द पार्तिसिपासियों-la prime de participation) परिश्रम र कम्पनीले नाफा गरे बापत (मेला प्रिम दाँत्रेस्म- La prime d’intéressement) को परिश्रममा आधारित हुन्छ । यो बोनसको रकम यहि पेन्सन कोषमा जम्मा गर्न सूझाब दिएको हुन्छ कम्पनिले । यि दुवै बोनसहरु बिना भेदभाद सबैको तलब स्केल अनुसार बाँडिन्छ । नेपालमा जस्तो नाफा जति सबै साहुले लुँडाउने चलन फ्रान्समा हुँदैन । फ्रान्समा कम्पनी नाफामा हुँदा कर्मचारीले पनि बाँडेर खाने चलन हुन्छ ।

नेपालीहरु पैसा जोगाउन सिपालु किन भएको भने हामीहरु बिलासिताका सामान र महँगा चिजहरु किन्दैनौँ । खाद्यान किन्दा पनि कहाँ सस्तो पाइन्छ ध्यान दिन्छौँ । हिँडडुल गर्न जाँदा या बाहिर घुमफिर गर्न जाँदा चाहिने चिज भन्दा बढी चिजमा हत्त न पत्त पैसा खर्च गर्दैनौँ र बैक व्यालेन्सलाई ध्यान दिन्छौँ । निश्चित रकम पुगेपछि अपार्टमेन्ट किन्ने या व्यापार या व्यवसायमा लगानी गर्ने हाम्रो चाहना हुन्छ ।

यसरी बचत भएको पैसा केहि समय पछि बजारमै जान्छ लगानी मार्फत र हामीले सानो तिनो अर्थतन्त्रलाई चलायमान पार्न योगदान गरिरहेका हुन्छौँ । बाहिरबाट हेर्दा कुनै ठूलो कुरा देखिँदैन । तर साना तिना व्यापार व्यवसाय मार्फत पूँजी चलायमान मनाउन हामी नेपाली मात्र होइन बिदेशबाट यहाँ आएको नयाँ पुस्ताले निकै योगदान गरिरहेको हुन्छ । त्यसैले यो देशमा मेरो केहि पनि योगदान छैन भन्नुहुँदेन हामीले ।

नेपालीले सानोतिनो बचत गरेको पैसा केहि समय पछि बजारमै जान्छ लगानी मार्फत र हामीले सानो तिनो अर्थतन्त्रलाई चलायमान पार्न योगदान गरिरहेका हुन्छौँ । बाहिरबाट हेर्दा कुनै ठूलो कुरा देखिँदैन । तर साना तिना व्यापार व्यवसाय मार्फत पूँजी चलायमान मनाउन हामी नेपाली मात्र होइन बिदेशबाट यहाँ आएको नयाँ पुस्ताले निकै योगदान गरिरहेको हुन्छ । त्यसैले यो देशमा मेरो केहि पनि योगदान छैन भन्नुहुँदेन ।

मैले यो लेखको शुरुमा शिलिकन भ्याली बैकको कुरा गरेकी थिएँ । सिलिकन भ्याली बैकको संकट बाहिर आएपछि युरोपमा एक ठूलो अर्को बैंक क्रेडिट स्विसको खातामा पनि पैसा रित्तिन थालेको खबर आयो । गएको मंगलबार यो बैंक यसरी धर्मरायो कि टाटै पल्टने हो कि भन्ने त्रास भयो । रातारात यसलाई थेग्नका लागि पाँच करोड डलर रकम प्रवाह गरियो र बैंकलाई जोगाइयो ।

उता स्विस बैक के धर्मराएको थियो यता फ्रान्सको शेयर मार्केटमा पनि एकाएक गडबड देखियो । यो गडबड देखेपछि मैले मेरो खाता रहेको बैकको सल्लाहाकारलाई एक इमेल लेख्न बाध्य भएँ । हामीले हाम्रो खातामा रहेको पैसा सुरक्षित छ भनेर कुन आधारमा ढुक्क हुने भनि मैले उनलाई प्रश्न सोधेकी थिएँ । उनले मलाइ हिजो शनिवार फोन गरे । उनले मलाइ केहि जानकारीहरु यसरी बाँडे । यो जानकारिहरु सबैकालागि मैले बाँड्न चाहेकी छु । उनका अनुसार :

१- सिलीकन भ्याली बैकको सन्चालन हुने नियम र फ्रान्सेली बैंकको सन्चालन हुने नियमहरुमा धेरै भिन्नता छ । सिलीकन भ्याली बैक इन्नोभेसन अर्थात आविश्कारका लागि (जसलाई स्टार्ट अप भनिन्छ ) लगानी गर्ने बैंक हो । भारतीय सहित बिश्वका धेरै इन्नोभेटरहरुको यो बैंकमा खाता छ । यसको खातामा जति पैसा थियो त्यो पैसा एकैदिन तानेर सकिएकोले यो अहिलेका लागि अस्थाइ रुपमा बन्द भएको हो । तर यसकालागि अमेरिकी केन्द्रिय बैंकले पुँजी प्रवाह गर्ने बाटो खोज्नेछ र यसलाई पुन सन्चालन गरिने छ । तर सन्चालनको मोडल फरक हुनपनि सक्नेछ र नहुनपनि । फ्रान्सेली बैंकहरुले इन्नोभेसनमा मात्र लगानी गर्ने काम गरेका छैनन । एक क्षेत्र डुब्दा अर्को क्षेत्रले थेगेको हुन्छ ।

२- फ्रान्सेली सरकारले हरेक बैँकलाई कम्तीमा पनि आफूले परिचालन गरिरहेको पूँजिको सात प्रतिशत रकम (बैंकको भाषामा तरलता) आफूसँग हुनैपर्ने नियम राखेको छ । ताकि कुनैपनि ग्राहक पैसा झिक्न आउँदा रित्तो जानु नपरोस । अहिलेको महँगी र युक्रेन युद्दले निम्ताएको जटिलतालाई देखेर कुनै कुने बैंकले यो तरलता रकम १७ प्रतिशतसम्म बृद्दि गरेका छन् । फ्रान्सका कुनैपनि बैँकहरु टाट पल्टिने अवस्थामा पुग्ने कुनैपनि छनक छैन ।

३- फ्रान्समा सोसाइटी जेनेराल भन्ने बैंक एकपटक डुब्ने हो कि हो कि जस्तो देखिएको थियो । किनभने त्यसको करोडौँ रकम एक डुब्न लागेको शेयर मार्केटमा लगानी भयो र त्यो रकम डुबेका पनि थियो तर यो बैंकसँग पनि अहिले पर्याप्त रकम छ र यो बैंकका ग्राहकले पनि चिन्ता मान्नुपर्ने अवस्था छैन ।

हामीहरु पहिलो पुस्ता भएकोले त्यो काम गर्न बिवश छौँ जुन काम फ्रान्सेलीले गर्दैनन । पेन्सन भत्ता हामीले निकै कम पाउनेछौँ । हामीले पुरा पेन्सन भत्ता पाउन ६७ बर्ष सम्म काम गर्नुपर्नेछ । अहिले आएको नयाँ पेन्सन कानुनले हामीलाई कत्तिपनि छुँदैन ।

४- फ्रान्सेली सरकारले हरेक नागरिकको खातामा रहेको रकम मध्ये एक लाख युरोको बिमा ग्यारेन्टी गरेको छ । तपाइँको बैक कसैगरी टाट पल्टियो भनेपनि एक लाख युरो तपाइलाई राज्यले एफजीडिआर भन्ने इन्सुरेन्स मार्फत पूर्ति गर्नेछ । यो विमालाई ल फों द गारँती दे देपो ए द रेजुलुस्सियों (Le Fonds de garantie des Dépôts et de Résolution)  अर्थात् ‘एफ जि डि आर’ भनिन्छ ।

५- तपाइसँग केहि पैसा छ भने तपाइले राज्यले प्रयोग गर्ने गरि दुइ किसिमका खाताहरु खोल्न सक्नुहुनेछ । पहिलो खाता हो लिभ्रे देपान्यिँय पपुलेयर (LIVRET D’EPARGNE POPULAIRE )। यो खाता बेरोजगार भत्तामा रहेका या निम्न आय भएका मध्यम तथा आर्थिक रुपले कमजोर वर्गको नागरिकलाई लक्षित गरि खोलिएको हो । यसै बर्ष देखि सन्चालनमा ल्याइएको यो खातामा सात हजार सात सय युरोसम्म राख्न सकिन्छ । ६ दशमलब १० प्रतिशत व्याज रहेको यो खातामा व्याज प्राप्तीका हिसाबले सबैभन्दा उत्कृष्ट कोष हो । यो पैसा राज्यले नै बिभिन्न ठाउँमा लगानी गर्छ र चाहिएको बेला जतिबेला पनि तपाइले झिक्न सक्नुहुन्छ ।

अर्को खाता हो लिभ्रे आ (Livret A) । यसमा २२ हजार नौ शय पचास युरोसम्म राख्न पाउनुहुन्छ । यसमा व्याजदर जम्मा तीन प्रतिशत छ । यसरी जम्मा भएको यो पैसा केस दे देपो ए कँसिनासियोँ (caisse des dépôts et consignation) भन्ने राज्यकोषमा जान्छ । अनि यो पैसा सामाजिक घर मतलब मध्यम या निम्न आय भएकामा मानिस बस्ने गरी बनाइने घर निर्माणका लागि खर्च हुन्छ । यो कोषको ८० प्रतिशत रकम सांसद कोषबाट जम्मा भएको हुन्छ भने यसको सन्चालन पनि सांसद कोषले नै गर्छ । तपाइँलाई कुनै शंका लाग्छ भने आफ्नो बैकको सल्लाहकारसँग सम्पर्क बढाउन सक्नुहुनेछ ।

तपाइँको प्रतिक्रिया

फेसबुक