बिहीबार, वैशाख २०, २०८१

नेपाली जनप्रगतिशील मोर्चा यूरोपको अधिवेशन बेल्जियममा

नेपालप्लस संवाददाता / बेल्जियममा २०७९ चैत ५ गते २३:२९

नेपाली जनप्रगतिशील मोर्चा, यूरोपको चौंथो अधिवेशन ७ मे २०२३ मा बेल्जियममा हुने भएको छ । मार्च १९ आईतवार बसेको मोर्चाको बिस्तारित बैठकले आगामी मे ७ तारिखका दिन संगठनको चौंथो अधिवेशन बेल्जियममा भब्यताका साथ सम्पन्न गर्ने निर्णय गरेको हो । संगठनको उक्त अधिवेशनलाई सफल बनाउन पोर्तुगल, जर्मनी, स्पेन र अमेरिका लगायतका मोर्चामा आबद्ध नेत्रित्व, पदाधिकारी र प्रतिनिधिहरुको बेल्जियममा उपस्थिती हुनेछ ।

नेपालबाट विविध कारणले बिदेशिएका नेपालीहरुले भोग्नु परेको समस्यामा सदैव सहयोग गर्दै आएको र नेपालमा दलाल पूँजीवादी संसदीय ब्यबस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी ब्यबस्थाको आन्दोलनलाई एक्यबद्धता जाहेर गर्दै मोर्चाको उक्त अधिवेशनलाई विप्लव नेत्रित्वको नेपाल कम्युनिष्ट पार्टीका उच्च तहका नेताले पनि सम्बोधन गर्नेछन ।

उक्त बैठकमा नेपाली जनप्रगतिशील मोर्चा, पोर्तुगलका अध्यक्ष पूर्ण बहादुर विश्वकर्मा, नेपाली जनप्रगतिशील मोर्चा,जर्मनीका संयोजक भक्त श्रेष्ठ, नेपाली जनप्रगतिशील मोर्चा,बेल्जियमका अध्यक्ष मेख गुरुङ र नेपाली जनप्रगतिशील मोर्चा, अमेरिकाका अध्यक्ष विश्व बहादुर शाहले संगठनको रिपोर्टिङ गरेका थिए । मोर्चाका अध्यक्ष बिष्णु भुजेलको अध्यक्षतामा सम्पन्न भएको बैठकलाई उपाध्यक्ष बदन योङहाङले स्वागत र संचालन सचिव ईश्वरी शर्माले गरेका थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक