शनिबार, जेठ ५, २०८१

घरेलु हिंसाका विविध आयाम

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ चैत २० गते २२:०५

प्रवासमा रहेको नेपाली समुदाय भित्र भइरहेका घरेलु हिंसाबारे छलफल गर्न हामीले गएको शनिवार नेपालप्लसले एक छलफल कार्यक्रम गरेको थियो । यस कार्यक्रम मार्फत घरेलु हिंसा के हो, यसका समाचारहरु प्रकाशित गर्दा के कस्ता कुराहरु ख्याल राख्नुपर्छ र घरेलु हिंसाको शिकार भएको मानिसमा के कस्ता बानी व्यहोराहरु देखिन सक्छन् भन्ने कुराहरु उजागर गर्न चाहेको थियो ।

यसका लागि अमेरिकाको न्यू जर्सी सहरका आयुक्त विष्णुमाया परियार, ओटवा विश्वविद्यालयका आम सन्चार बिज्ञ भानुभक्त आचार्य र बेलायतबाट एनएचएस फाउन्डेसन ट्रष्टका मनोरोग बिज्ञ डा बिजय भन्डारीलाई निम्ता गरिएका थियो।

डा. बिष्णुमाया परियार

घरेलु हिंसा भनेको शारिरीक हिंसा मात्र होइन । यसमा मनौवैज्ञानिक देखि यौन र आर्थिक हिंसापनि सलग्न हुन्छ । ठाउँ र अवस्था अनुसार यसका रुपपहरु फरक हुन्छन् । घरेलु हिंसाबाट महिला मात्र होइन पुरुष पनि पिडित हुन्छ ।

घरेलु हिंसाको शुरुवातमा मनपरी बोल्ने, हेप्ने, रिसाउने, झर्किने चर्कीने हुन्छ । अनि घरका भाँडाकुँडा फाल्ने देखि पिट्न तम्सिने धम्काउने काम हुन्छ । सबै कुरा नियन्त्रणमा राख्ने, भावनात्मक फाईदा वा लेनदेन (इमोशनल वल्याकमेलिङ) गर्ने, हात हतियारको प्रयोग गर्ने हुन्छ । हेपिने डिप्रेसनमा पर्छ र केहि पनि जवाफ दिन नसक्ने अबस्थामा पुग्न सक्छ । बिच बिचमा हनिमुन पिरियड पनि हुन्छ । त्यो अवधिमा एकदमै मिलेको देखिने हुन्छ तर यो केहि दिनलाई मात्र रहन्छ ।

भानुभक्त आचार्य (पिएचडी)

एउटा सन्चारकर्मीले समाचार पूर्ण दिने प्रयत्न गर्नुपर्छ । मिडिया सुरक्षित अवस्थामा बस्ने अवस्थालाई ‘स्पाइरल अफ साइलेन्स’ को एक नमुना मान्न सकिन्छ ।
अरुले के भन्ला भनेर पत्रकारले लेख्न र बोल्न डरायो भने भोली समाज बर्बाद हुन्छ ।
टेक्सास तिरका नेपालीले कृष्णजीको परिवारको समस्या थाह पाएका रहेछन् । तर यो कुरा कतै पुलुक्क आइदिएको भए दुवै पक्ष यो समस्यबाट पछि हट्न सक्थे र ज्यान जाँदैनथ्यो होला ।

पत्रकारले कहिल्यै पनि सुसाइड नोट प्रकाशित गर्नु हुँदैन । सुसाइड (आत्महत्या) कुने पनि हालतमा जस्टिफाइ (न्यायोचित) हुँदैन ।

आत्महत्या गर्नु पूर्व लेखिएको नोट या कुनैपनि ग्राफिकहरु (जस्तै झुन्डेको या रगतले लतपत भएको आदी) तस्विरहरु (जस्तो कि सोसल मिडियामा घाउका चोटपटकहरु पनि उहाँहरुले पछि समाचारका रुपमा हाल्नुभएको छ ।) प्रकाशित गर्नु हुँदैन ।

सस्ता सामाग्रीहरु राखेर आत्महत्यालाई अतिरन्जित या महान या सनसनिपुर्ण बनाउनु हुँदैन । आत्महत्या भनेको मानसिक समस्या हो भनेर लेखिनुपर्ने र योबाट छुटकरा पाउन कहाँ जाने या कहाँ सम्पर्क गर्ने भनेर सम्पर्क सहित लेखिनु पर्छ ।

डा. बिजय भन्डारी

घरेलु हिंसा भनेको एक खालको शोषण हो । घरेलु हिंसा र मानसिक समस्या एक अर्कामा जोडिएका हुन्छन् । घरमा समस्या छ भने मानसिक रोग निम्तिन्छ । कोही मानसिक रोगी छ भने उसको घरमा पनि घरेलु हिंसा हुन्छ । पिडक र पिडित महिला या पुरुष दुवै हुनसक्छन् ।

कुनैपनि घरेलु हिंसा पिडित मानिसले आत्म बिश्वास गुमाइरहेको हुन्छ । समाजमा मेरो ठाउँ छैन भन्ने हुन्छ । उसमा नैराश्यता देखिने हुन्छ । समाजिक कामहरुमा सहभागि हुन नजाने या मेरो मिल्दैन भनेर बहाना बनाउने गर्न थाल्छन् ।

अवस्था खस्किएको बेला (मुड लो) हुने गर्दा गर्दै पिडितले बाँच्न मन नलाग्ने हुनसक्छ । उसलाई यस्तो जीवन पनि के जीवन भन्ने नकारात्मक सोच्न थाल्छन् ।

कसैले कुटेको छ, धम्काउने या गाली गर्ने आदी छ भने तिनको पुनस्मरण (फ्लासब्ल्याक) भैरहन्छ । टेन्सनबाट निस्कन मानिसले ड्रग या कुलतमा फस्ने, रक्सी पिउने हुन्छ ।

बाँकी भिडियोमा हेर्नुहोला ।
लिकँ https://www.facebook.com/watch/live/?ref=watch_permalink&v=212836058016081

तपाइँको प्रतिक्रिया

फेसबुक