सोमबार, फागुन १४, २०८०

भेटिए, जमिनमा हिँड्ने माछा

नेपालप्लस संवाददाता / फ्रान्स२०८० जेठ ७ गते २३:१४

माछा जमिनमा हिँड्ने ? सुन्दैमा अचम्म लाग्दैन ? उभयचर माछा हो भने पक्कै पनि जमिनमा हिँड्न सक्छ। सबै उभयचर माछाहरूमध्ये सबैभन्दा तगडा माछा कस्तो होला ? यस्तो माछाले हामीलाई जैविक विकासको सिद्दान्त बारेमापनि त केहि सिकाउला पक्कै !

“पानीबाट बाहिर माछा” भन्ने सुन्नासाथ यसैपनि धेरैलाई पत्यार लाग्दैन । पानी बाहिरको जिव माछा हुनै सक्दैन, भनिन्न जस्तो लाग्छ । तर अचम्म नमाने हुन्छ, पानी बाहिरपनि आश्चर्यजनक संख्यामा माछाहरू छन् र तिनीहरूले घरहरू र जमिनमा निस्कन आफूलाई विकसित गरेका छन्। आधा जीवन पानी र आधा जीवन जमिनमा बिताउने भ्यागुताहरू जस्तै, यी माछा उभयचर हुन्।

लगभग ४० करोड वर्ष पहिलेको पुरानो माछाको परिवार लुङ्गफिस लाई लिउँ । तिनमा साँच्चै फोक्सो हुन्छ र यदि तिनीहरूले धेरै समय पानीमुनि बिताए भने डुब्छन् । इल क्याटफिसलेपनि यस बीचमा आफू बस्ने हिलो र दलदलबाट आफूलाई बाहिर निकाल्न सक्षम भयो । गोब्रेकिराहरू जस्तै तिनीहरूको मनपर्ने स्थलीय खानाहरूमा रमाउन थाले । त्यसपछि ग्रुनियन, सार्डिन भनिने माछाहरू देखिए जो संभोगको मौसममा पानीबाट बाहिर निस्कन्छन् र अमेरिकाको क्यालिफोर्नियास्थित समुद्र तटहरूमा बालुवामा फुल पार्छन्।

तर उभयचर माछाहरू मध्ये यो मडस्किपर माछा हो जसले जमिनमा फस्टाउन सक्ने क्षमतालाई उत्कृष्ट बनाएको छ । ऊ माटोमा चिप्लिन सक्छ ।

मडस्किपर के हो ?

अफ्रिकादेखि दक्षिण एसिया र दक्षिण अमेरिकासम्म २५ प्रजातिका माछा माटोको दलदल र समुद्रि किनारका जङ्गलमा बसोबास गर्छन् । मडस्कीपर्स भनिने ति माछाहरूले आफ्नो जीवनको आधाभन्दा बढी समय जमिनमा बिताउँछन् । खानेकुरा खानेदेखि लिएर प्रजननक्रियासम्म सबै काम जमिनमै गर्छन्।

क्यालिफोर्निया विश्वविद्यालय, लस एन्जलसका जीवविज्ञानका प्राध्यापक एमेरिटस माल्कम एस गोर्डनले यो विषयमा पुस्तकनै लेखेका छन् । मडस्किपर्सको बारेमा थप जान्नले वैज्ञानिकहरूलाई कसरी कशेरुकहरूले जलीय जनावरबाट स्थलीय जीवहरूमा संक्रमण गरे भन्ने केन्द्रीय विकासवादी प्रश्नको समाधान गर्न मद्दत पुग्ने उनको पुस्तक इनभे ईजन अफ द ल्याण्ड : द ट्रान्जिसन अफ अर्गानिज्म फ्रम अक्वाटिक टु टेरेस्ट्रियल लाईफमा उल्लेख गरेका छन् ।

उनले आफ्नो पुस्तकमा भनेका छन् “वास्तवमा, मडस्किपर्सका कुनै पनि दुई प्रजातिहरू समान छैनन्, वा ठ्याक्कै उस्तै कार्य गर्दैनन्, तिनमा केहि स्पष्ठ भिन्नता छन् जसले तिनीहरूमध्ये धेरैलाई बाँकी माछाहरूबाट अलग बनाउँछ । हामीलाई त्यसबारे सुन्ने बानी परेको छ ।

मडस्किपर्सले कसरी सास फेर्छन् ?

यदि माछामा गहिराइमा पनि पानीबाट अक्सिजन निकाल्ने विशेषखाले कान (जिल) हरू छन् भने, मडस्किपर्सहरूले कसरी खुला हावामा सास फेर्न सक्छन् त ?

तिनको शरिरमा दुई तरिका छन् । पहिलो, तिनीहरूले छालाबाट श्वासप्रश्वास गर्छन् । त्यसैले उभयचर माछाहरूले आफ्नो नरम छाला मार्फत हावाबाट निरन्तर अक्सिजन लिइरहेका हुन्छन् । साथै तिनीहरूको मुख र घाँटीको भागमा यस्तो अंग (अस्तर) हुन्छ जुन अक्सिजन अवशोषित गर्न सक्ने केशिका (कापिलारिज) हरूले भरिएको हुन्छ ।

श्वासप्रश्वासको काम गर्नको लागि कापिलारिजहरु भिजेको हुनुपर्छ । त्यो भिजाएर ति माछा पानी बाहिर निस्किन्छन् । त्यसैले तिनीहरूले आफ्नो अधिकांश समय पानी बाहिर बिताउँछन्। तैपनि, चिसो वातावरणमा माटोमा टाँस्सिने, लडीबडी खेल्ने, घोटिने गरेको देखिन्छ । मडस्किपरहरूले आफ्नो छालामा चमक राख्नको लागि हिलोमा घुमिरहेको देख्न सकिन्छ । चिसो रहन र ताजा हुनको लागि पोखरीका छेउमा पल्टिरहेको देख्न सकिन्छ ।

दोस्रो विधि अझ प्रत्यक्ष छ: एक मडस्किपरको जिलले आफ्नो थैलीमा पानीलाई जालमा राख्छ वा पानीलाई अल्झाएर राख्छ र यसलाई लामो समयसम्म अक्सिजन पुन: प्राप्तिको लागि भण्डार गर्छ। यही कारणले गर्दा केही प्रजातिहरू पानीमाथि शरिरले बाटो बनाएझैं गर्छन् । आफ्नो मुख खोलेर हावा लिएको वा पानी भरेको देख्न सकिन्छ।

गोर्डन भन्छन्, “तिनीहरूले आफ्नो बङ्गारा पानीमा हाल्छन् र तपाईंले उनीहरूलाई पानी पम्प गरेको वा पानी चुसिरहेको देख्न सक्नुहुन्छ। र त्यसपछि तिनीहरूले आफ्नो जिल कभर (कान) हरू फुलाउने, सुकाउने गर्दै अन्त्य गर्छन् । र तिनीहरूको मुखमा पानी भरिएको हुन्छ जुन लिएर तिनीहरू वरिपरि हिँड्छन्। ”

(स्रोत- द साईन्स डेली)

तपाइँको प्रतिक्रिया

फेसबुक