मंगलबार, जेठ ८, २०८१

पद्मश्री साहित्य पुरस्कारकालागि १५ पुस्तकको पहिलो सूची सार्वजनिक

नेपालप्लस संवाददाता / काठमाडौं२०८० असार १५ गते ९:३२

 

फोटो सौजन्य-हिमालय बुकहाउस, बुटवल

खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले हरेक वर्ष दिँदै आएको पद्मश्री साहित्य पुरस्कारकालागि सन् २०७९ भरिमा प्रकाशित १५ पुस्तकको पहिलो सूची सार्वजनिक गरेको छ ।

निर्णायक मण्डलको छनौट अनुसार पहिलो सूचीका १५ पुस्तकमा जानुका खतिवडाको आतोओडा, सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, गोपी सापकोटाको चिसो बाफ, प्रगति राईको थाङ्ग्रा, रमेश क्षितिजको पर्वतपर्वतमा बटुवा घाम, सुरेश प्राञ्जलीको पानीघट्ट, शैलेन्द्र अधिकारीको ब्रम्हास्त्र, रामलाल जोशीको बाआमा, प्रोल्लास सिन्धुलीयको भग्न भैरव, डा. देवीप्रसाद सुवेदीको मनु, प्रदीप रोदनको मफलर, हरिबोल काफ्लेको यशोधरा, डा। नवराज केसीको शून्यको मूल्य र अशोक थापाको सन्तापको धून छन् ।

खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा जारी बिज्ञप्तीका अनुसार चयन प्रक्रियाको पहिलो चरणमा प्रतिष्ठानमा प्राप्त भएका पुस्तक मध्येबाट १५ वटाको उत्कृष्ट विस्तारित सूची (लङ लिस्ट) सार्वजनिक गरिएको हो । दोस्रो चरणमा विस्तारित सूची मध्येबाट उत्कृष्ट संक्षिप्त सूची (शर्ट लिस्ट) चयन गर्ने र अन्तिम चरणमा पुरस्कृत पुस्तक घोषणा हुनेछ ।

खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले वि.सं.२०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरुमध्ये निर्णायक मण्डलको छनोटअनुसार उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक