शनिबार, जेठ ५, २०८१

उच्च गर्मीले इटालीका १६ सहरमा ‘रेड अलर्ट’ जारी, जनावरलाई फ्रीजको खाना

नेपालप्लस संवाददाता / फ्रान्स२०८० असार ३१ गते २२:५६

रिङ टेल्ड लमुर (बाँदर) हरू रोमको बायोपार्को चिडियाखानामा फ्रीजमा जमेको खाना खाँदै । फोटो: सिन्हुवा

तापक्रम उच्च वृद्धि भएपछि ईटालीको सरकारले आइतवार १६ शहरमा रेड अलर्ट जारि गर्दै सदरचिडियाखानाका जनावरलाईसमेत फ्रिजको चिसो खाना खुवाउन थालेको छ ।

इटालीको राजधानी रोमस्थित बायोपार्को चिडियाखानाका जनावरहरूलाई गर्मीमा चिसो हुन फ्रिजमा राखिएको खाना खुवाइएको हो ।

मौसमविदहरुले भने आगामी हप्ता फ्रान्स, स्पेन, जर्मनी, पोल्याण्ड लागयतका केहि देशले चरम गर्मी भोग्नुपर्ने बताएका छन् भने अन्य बिभिन्न युरोपेली देशमा तापक्रम उच्च वृद्धि हुने चेतावनी दिएका छन् ।

तापक्रम रेकर्ड स्तरमा बढ्दै गएपछि इटाली सरकारले राजधानी रोमसहित देशका १६ सहरमा रेड अलर्ट जारी गरेको छ ।

ईटालीको सरकारले ति १६ शहरका नागरिकलाई ११ बजे देखि साँझ ६ बजेको बीचमा प्रत्यक्ष घामबाट बच्न, वृद्ध र कमजोर व्यक्तिहरूको विशेष हेरचाह गर्न अनुरोध गरेको छ।

मौसम पूर्वानुमानकर्ताहरूले इटालियनहरूलाई “गर्मीको सबैभन्दा तीव्र लहर सबैभन्दा उच्च रहनाले हालसम्मकै सबैभन्दा तीव्र गर्मीबाट लड्नकोलागि तयारी गर्न भनेका छन् ।

आधिकारिक सरकारी अनुमान अनुसार सबैभन्दा बढी प्रभावित उत्तरमा मिलानमा ४० डिग्री सेल्सियस (१०४ फरेनहाइट) तापक्रम पुग्ने अनुमान गरिएको छ । यसको दक्षिणमा रहेको बोलोन्यियाँ र राजधानी रोममा ३९ डिग्री पुग्न सक्छ।

इटालीको स्वास्थ्य मन्त्रालयले सावधानीपूर्वक रहन भन्दै जारि गरेको तातो लहर रेड अलर्ट अन्तर्गत अन्य प्रमुख शहरहरूमा फ्लोरेन्स, जेनोवा, टुरिन र भेरोना छन्।

बिहीबार, मिलानको ठीक दक्षिणमा रहेको पाभिया सहरमा ३९ दशमलव ६ डिग्रीपुगेको थियो ।

“तपाईं शारीरिक रूपमा यस गर्मीबाट पीडित हुनुहुन्छ, जुन लामो समयसम्म रहन्छ। यो गर्मी केहि वर्ष अघिको जस्तो केहि दिन पछिनै रोकिने अवस्थामा छैन । अब यो गर्मी एक महिना भन्दा बढी रहन्छ” एक इटालियन महिलालाई उल्लेख गर्दै फ्रँस २४ न्युजले भनेको छ ।

यो गर्मीले मानिसहरूलाई मात्र सताउने र विशेष हेरचाह चाहिने होइन । रोमको चिडियाखानाका जनावरहरूलाई समेत शितल राख्न मद्दत गर्न फ्रिजको खाना खुवाइँदैछ। त्यहाँ रहेका चिम्पान्जी, सिलाईन, न्याउरीमुसा लगायतका जनावरलाई फ्रीजको चिसो खानेकुरा खुवाउन थालिएको हो ।

मे, जुन र जुलाई लगातार तीन महिना राष्ट्रिय तापमान औसत भन्दा कम्तिमा दुई देखि तीन डिग्री माथि रहेको छ । यो प्रवृत्ति अगस्टको सुरुसम्म जारी रहनुपर्छ, राष्ट्रिय मौसम विभागको वेबसाइट इलमेतेओ डट कम ले उल्लेख गरेको छ ।

द लोकाल अखबारका अनुसार गर्मीसँगै हालैका हप्ताहरूमा इटालीमा सयौं आगलागी भएका छन्। सबैभन्दा ठूलो शुक्रबार मध्य तुस्कनीमा थियो, जहाँ लुक्काको पश्चिम क्षेत्रमा सोमबारदेखि लागेको डढेलोले ८६० हेक्टर सखाप पारेको थियो।

बिहीबार एक हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । शुक्रबार, ८७ फायर फाइटरहरू आगो निभाउन खटिएका थिए ।

यसैबीच, स्पेनको ला पाल्मा टापुमा, गर्मीको लहरले गर्दा ठूलो जंगलमा आगलागी भएको बताइएको छ । अधिकारीहरूले पाल्मबाट करिब चार हजार मान्सि अन्यत्र सारेका छन् र थप मानिसहरुलाई अन्यत्र सार्नुपर्ने अनुमान गरेका छन् ।

इटाली, स्पेन, फ्रान्स, जर्मनी र पोल्याण्डमा अर्को हप्ता तापक्रम उच्च रहने अनुमान गरिएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक