मंगलबार, वैशाख १८, २०८१

पेरिसमा आयोजित दशौं एकता कप पिएनवाइ टीमको पोल्टामा

नेपालप्लस संवाददाता / फ्रान्स२०८० साउन १ गते ०:१३

नेपाली एकता समाज फ्रान्सले आयोजना गरेको “दशौं एकता कप २०२३” मैत्रीपुर्ण फुटवल प्रतियोगिताको बिजेता पेरिस नेप्लिज युथ टीम (पिएनवाइ) भएको छ ।

यो कपसँग यो टीमले एक हजार पाच शय एक युरो नगद राशी पनि जितेको छ । आइतवार सम्पन्न यस प्रतियोगितामा तमु समाज फ्रान्सको टीमले उपबिजेता कप हासिल गरेको छ भने यसका साथ ८ शय एक युरो पनि नगद राशी जितेको छ ।

पेरिस नजिकको शहर ओवरभिलिएको एक रंगशालामा आयोजित यस प्रतियोगितामा तमु समाज टीमका क्याप्टेन छवि गुरुङले उत्कृष्ट खेलाडीको पदक र एक शय एक युरो नगद राशी प्राप्त गरेका छन् ।

यसै प्रतियोगिता मार्फत पिएनवाइ टीमका सुप्रित रानामगरले सर्वाधिक गोलकर्ताका साथ ५१ युरो र पिएनवाइ टीमकै प्रकाश सारुमगरले उत्कृष्ट गोलकिपरका नगद राशी ५१ युरो प्राप्त गरेका छन् ।

दुइ अफ्रिकी मुलका वाने बालासान तथा युनोसा एनदेआइ र युवा नेपाली जीवन वाग्लेले स्वतस्फूर्त यस प्रतियोगितामा रेफ्री तथा लाइन्समेनको भूमिका निभाएका थिए ।

आठ ए (8A) साईडमा खेलाइएको यस खेलमा प्रत्येक टीममा खेलाडि संख्या ११ थिए भने सेमिफाइनल माथिका खेलहरु तीस तिस मिनेटका थिए । फाइनल खेल मात्र चालिस मिनेटको राखिएको थियो ।

वर्षेनी कार्यक्रम लामो हुन थालेपछि यो वर्ष देखि समयमै कार्यक्रम सम्पन्न गर्ने हेतुले सानो ग्राउन्डमा खेल खेलाइएको र समय तालिका छोट्याइएको कुरा आयोजकहरुले जानकारी दिए ।

यो प्रतियोगितामा नेपाली एकता समाज फ्रान्स, एन आर एन ए फ्रान्स, तमु समाज फ्रान्स, नेपाल बजार भित्रि, पिएनवाइ भेटरान र पिएनवाइ गरी ६ वटा समुहले भाग लिएका थिए ।

सन् २००९ देखि एकता समाज फ्रान्सले यस एकता कप आयोजना गर्दै आइरहेको छ । नेपालको भूइचालो र कोरोना संक्रमणका कारण बिच बिचमा यस प्रतियोगिता रोकिएको थियो ।

‘यो फुटबल प्रतियोगितासँग हाम्रो सँस्थाको सँस्थाको जन्मको कथा पनि जोडीएको छ’ भन्दै यस सँस्थाका सँस्थापक अध्यक्ष तप्त भन्डारीले नेपालप्लससँग भन्नुभयो, ‘शुरुमा हामी थोरै नेपाली हुँदा तिब्तियनहरुसँग फुटबल खेल्थ्यौँ । बिस्तारै नेपालीहरुको संख्या बढ्दै गएपछि ल एउटा सँस्था हामीले पनि खोलौ भन्ने कुरा भयो र सँस्थाको जन्म पनि भयो । पछि नेपाली तथा नेपालीका सँघ सँस्था बढ्दै जादा हामीले एकता कप प्रतियोगिता पनि राख्न थाल्यौँ ।’

प्रतियोगिता सम्पन्न भएपछि एक समापन कार्यक्रम राखिएको थियो । यस सँस्थाका अध्यक्ष जीता कटुवालले सबै खेलाडीहरुको खेल उत्कृष्ट रहेको बताउँँदै आउँदा दिनमा पनि पुन यस्ता कार्यक्रम गर्न आफू उत्साहित रहेको नेपाल प्लसलाई बताउनुभयो । उहाँले यस कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबै संघसँस्था, खेलाडि, चन्दादाता तथा सहयोगी महानुभावहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रमको सन्चालन यस सँस्थाका महासचिव सुशिल भन्डारीले गर्नुभएको थियो ।

 

 

तपाइँको प्रतिक्रिया

फेसबुक