पोर्चुगलका फार्ममा रूखहरूलाई अवकाश, सुँगुरहरू सुत्केरी हुन बिदामा
माटोको स्वास्थ्यलाई बढाउनदिन र जैवविविधतालाई समर्थन गरेर पुरानो चरन प्रणाली पूनर्जिवित गर्न पोर्चुगलको पुरानो ‘एग्रोसिलभोपास्टोरल प्रणाली’ परियोजना अघि सारिएको छ ।
एलेन्तेजोको नरम पहाडहरूमा, कालो इबेरियन सुँगुरहरू र मेरिनो भेडाहरू हेर्दा दि एस लुइसमा पुरानो होल्म कडुस (कट्टुस) रूखहरूमुनि चरिरहेका छन् ।
नजिकै, सर्पेन्टिना बाख्राहरूले ब्रेम्बलमा मसिना घाँस लुछिरहेका छन् । र गतिलो घाँसलाई खत्तम पार्ने ज्वलनशील घाँसलाई जमिनबाट थुतेर हटाउँछन्। तिनीहरूले ग्रीष्म ऋतु चरमोत्कर्षमा पुग्नु ठीक अघि आगो रोक्न मद्दत गरिरहेका छन् । जब पहाडहरू सुक्खा हुन्छन् र दक्षिणी पोर्चुगलमा तापमान ४५ डिग्री सम्म बढ्न सक्छ। त्यसले डढेलो दन्काईदिन्छ ।
सुँगुरहरू, बाख्राहरू र भेडाहरू साना झार तान्न व्यस्त हुँदा, ठेउवा र फ्राप्रे चराहरू त्यो प्रान्तका हजारौं रूखहरूमा उड्छन् । र जोसे मेन्डेसले हालै ७००-हेक्टर कडुसका रुखहरूबाट निकालिएको कर्क (बोत्तलमा लगाउने बिर्को) मुढाहरू थुपार्छन्।
हरेक गर्मीमा, उसले आफ्नो बन्चरो घुमाउँछन् र त्यसपछि रूखहरूलाई कुनै हानि नगरी कर्क निकाल्दा कडुसको रुखका बोक्राको बाहिरी तहलाई होसियारीपूर्वक फ्याँक्छन् । यो सीप उनले चार दशकभन्दा बढी समयदेखि कर्क कटनीकर्ता (कर्क कटर) को रूपमा हासिल गरेका हुन्।
फराकिलो हाँगामुनि उभिएर मेन्डेस भन्छन्, “मलाई सबैभन्दा मनपर्ने कुरा यी सुन्दर पुराना रूखहरू हेर्नु हो।”
रूखहरू सक्रिय भएर बृद्धिको चरणमा हुँदा कर्क निकाल्न उनलाई प्रत्येक वर्ष मे र अगस्टको बीचमा खेतालाको रुपमा लगाइन्छ ।
कर्कको काठ हटाइएपछि, यो बिस्तारै बढ्छ। यसलाई हरेक नौ वर्षमा काट्न सकिन्छ । प्रत्येक रूखको दुई सय वर्षको आयुले औसतमा १५ पटक काट्न सकिन्छ । जब तिनीहरू बूढो वा कमजोर हुन्छन् तिनीहरू कर्क निकासीबाट “अवकाश” हुन्छन् । तर फल उत्पादन गर्न जारी राख्छन् र फार्मका जनावरहरूलाई छाया प्रदान गर्छन् ।
“यहाँका धेरै कर्क र होल्म कडुस (कट्टुस) हरू दुई शताब्दीभन्दा पुराना छन्। तिनीहरू धेरै पुस्तादेखि मेरो परिवारले व्यवस्थापन गर्दै आएका छन्,” सम्पत्ति मालिक फ्रान्सिस्को अल्वेस भन्छन्।
न्यानो र सुख्खा हावापानीमा खाद्य उत्पादन
हेर्दादेद द लुईस मोन्टाडोको विशाल सम्पदाको एक हिस्सा हो, पहाडबाट तल आलेन्तेजोको मैदानहरूमा घुम्ने एक पुरानो सांस्कृतिक परिदृश्य जसले रूखहरू र बालीहरूसँगै साथ मिलाउँछ।
“मोन्टाडो उत्तम प्रणाली हो किनभने यसले हामीलाई विभिन्न भूमि प्रयोगहरूलाई एकीकृत गर्न अनुमति दिन्छ” अल्भेस भन्छन्।
“जन्तुहरूले आगोलाई रोक्न मद्दत गर्छन् र माटोलाई मल बनाउन सक्छन्। तिनीहरू एकोर्न (कडुसका काँचा फल, दाना) खान्छन्, र कडुसका रूखहरूको छायाबाट पनि लाभ उठाउँछन् ।”
अधिकांश भूमध्यसागरीय क्षेत्रहरू जस्तै, दक्षिणी पोर्चुगलले पनि खडेरी र मरुभूमिकरण ब्यहोर्दै गएको छ। आलेन्तेजोमा माटो कमजोर छ र अक्सर नौ महिनासम्म पानी पर्दैन ।
तर मोन्टडोको प्रणालीले अभावको अवस्थामा पनि प्रशस्त पानी सिर्जना गर्न सक्षम गराउँछ ।
“यो भूमि प्रयोग गर्ने तरिका हो जसले अवस्थित स्रोतहरूलाई सम्मान गर्छ,” इभोरा विश्वविद्यालयका प्राध्यापक टेरेसा पिन्टो-कोरियाले ग्रामीण परिदृश्य र कृषि प्रणालीहरूमा ध्यान केन्द्रित गरिन् ।
“यो एक धेरै समृद्ध जिव परिव्रित्ती प्रणाली (इकोसिस्टम) हो, जहाँ जैवकविविधता कायम राखिएको छ । तर सँगसँगै यो एक उत्पादक प्रणाली हो।”
चरन र कर्कको लागि मानव गतिविधि द्वारा आकार दिईएको यसले कडुस, फलफूल, मह र च्याउ पनि उत्पादन गर्न सक्छ।
मोन्टडो युरोपियन युनियन आवास निर्देशनमा समावेश गरिएको छ र यसलाई उच्च प्रकृतिमूल्यको फार्मल्याण्ड मानिन्छ जसले लोपोन्मुख इबेरियन सुँगुर र खतरामा परेको इम्पेरियल ईगल (चिल) सहित सयौं प्रजातिहरूलाई बाँच्नकोलागि बासस्थान दिन्छ ।
सुक्खा जमिन, जनावर र बालीमा अनुकूलन गरिएका रूखहरूले खाद्य उत्पादनलाई बढावा दिन सक्छन् तर माटो निर्माण गर्न, पानीको चक्रलाई नियमन गर्न, पहिरो, भू क्षयिकरणबाट जोगाउन, जैविक विविधता बढाउन र कार्बनलाई अलग गर्न सक्छ।
चरनको पुनर्जन्म
अल्भेसले मोन्टाडोको शताब्दीयौं पुरानो परम्परालाई मात्र बोकिरहेका छैनन्। उनले आफ्नो खेतमा माटोको स्वास्थ्यलाई बढावा दिन र गुणस्तरीय खाद्यान्न उत्पादन गर्न हालसालै पुनरुत्थान गरिएका प्रविधिहरूसँग यसलाई संयोजन गर्दैछन्।
हेर्दादे दे एस लुईसमा कुनै पनि रसायन प्रयोग गरिएको छैन र माटोलाई बाधा पुग्नेगरि जोत्ने गरिएकोपनि छैन । बरु माटोको स्वास्थ्य ख्याल गरेर अझ राम्रो बाली उत्पादनमा जोड दिईएको छ ।
आल्भेस नजिकबाट कहाँ र कति समयसम्म जनावरहरू चराउने, चारा दिने र भूमिमा तिनीहरूको प्रभाव व्यवस्थापन कसरि गर्ने भनेर हेर्छन् । जमिनको केहि भाग समय समयमा वा केहि महिनामा खालि राख्नु उचित हुनाले जमिनको एक खण्डमा तिनीहरूलाई प्रतिबन्धित गर्न उनले विध्युतिय तार लगाउँछन्। यहाँ तिनीहरू केही दिन चर्छन्, मल जम्मा गर्छन् र त्यसपछि नयाँ खण्डमा सारिन्छन्। चरनलाई नयाँ खण्डहरूमा सार्दा चरिएको जमिनलाई पुनर्जिवित हुन, पुन पलाउन र हुर्किन सहज हुन्छ।
“जनावरहरूले निरन्तर एउटै चरन चर्नु हुँदैन, किनभने यसले माटोको क्षय निम्त्याउँछ,” उनी बताउँछन्, बहु-प्रजाति पुनर्जन्म गराउने यो प्रणाली शाकाहारीहरू जमिन (ल्यान्डस्केप) मा सर्दै सर्दै गएर चर्ने तरिकाको नक्कल गर्न डिजाइन गरिएको हो।
माटोलाई स्वस्थ राख्ने दिगो तरिकाले चर्ने कुरा सुनिश्चित गर्न उसले आफ्नो बथानको आवातजावत चलायमान हुने तरिका समायोजन गर्छ।
अध्ययनहरूले यदि अत्यधिक चरन रोक्न सावधानीपूर्वक व्यवस्थित गरियो भने, व्यापक चरनहरूले बोटको वृद्धिलाई उत्तेजित गर्न, बीउ फैलाउन मद्दत गर्न, माटोको क्षयिकरण कम गर्न र पानीको अवधारणमा सुधार गर्न सक्छ भन्ने पत्ता लगाएको छ ।
अल्वेस भन्छन् “पुनरुत्थान विधिहरूले माटोको स्वास्थ्य मात्र होइन, पशु कल्याणमा पनि सुधार गरिरहेको छ। धेरै प्रजातिहरू सँगै चराउँदा परजीवीहरूको संख्या घटाउन र चरनको दक्षता बढाउन सकिन्छ।”
परम्परागत खेतीपातीको विपरीत, उनी औषधिमा धेरै पैसा खर्च गर्दैनन् र जनावरहरूलाई पशु चिकित्सककहाँ बिरलै लैजानुपर्छ।
उनका बुबाले फार्मको कालो एलेन्तेजानो सुँगुरहरूको लागि मातृत्व प्रणाली पनि ल्याउनुभयो। गर्भवती सुँगुरहरूलाई कडुस रूखहरू मुनि झुपडीहरूमा लगिन्छ जहाँ तिनीहरूले बच्चा जन्माउनु अघि र पछि केहि हप्ताहरू शान्तसित बिताउँछन्। उनीहरुलाई त्यहाँ सुत्केरी हुने समयकालागि आराम गर्न छुट्टी दिने गरिन्छ ।
(युरोन्युज डटकमको कथालाई नेपालीमा भावानुवाद गरिएको हो-सम्पादक)