एन आर एन निर्बाचन र हाम्रो नियति
२२ जुलाइका दिन बेलायतमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को नाममा दुइ पक्षको निर्बाचन सम्पन्न भयो। एक पक्षले पुरा टिम निर्बिरोध घोषणा गर्यो। अर्कोमा चाहिने जति सबै पदमा उमेद्वारी नभए पनि अध्यक्षमा तीन , उपाध्यक्षमा पाँच, महासचिबमा दुइ सहित केहि पदमा पहिलो पटक फेस भेरीफिकेशनको आधारमा निर्बाचन भयो। मतदानको लागि तोकिएको मध्यरातसम्मको समयावधिको करिब एक घण्टा पछाडी नतिजा पनि आयो। निर्धारित कार्यक्रम अनुसार भोलि पल्ट ह्यारो फुटबल क्लबमा घोषणा सभा भयो।
बिगत दुइ वर्ष देखि यस संस्थामा देखिनेगरि फुट आएको हो । यस बिचमा एक अर्काको बिरुद्धमा खर्चेका समयहरु सम्झेर सम्बन्धित सबै जना कुनै दिन पछुताउनुपर्ने त छँदैछ, अधिबेशन र निर्बाचनको तयारीको क्रममा कुनै अप्रिय घटना हुने हो कि भन्ने आशंका चाहिँ सहि साबित हुन् पाएन । यो सकारात्मक पक्ष हो।
एम्पायर हलमा सर्ब सहमतिमा घोषणा भएको कार्यक्रममा सबैले एक स्वरमा आफू आधिकारिक भएको, एकले अर्कोलाई आफ्नो स्वार्थ पूर्ति गर्न मात्र यो संस्थाको प्रयोग गरिरहेको भन्ने आरोप लगाउन ब्यस्त देखियो। अहिले संजालमा त एकातर्फ नेपालीहरुको र अर्को तर्फ भुटानीहरुको सम्मेलन भएको थियो भन्ने सम्म पनि पढियो।
सामन्यत : हामी सबैले एनआरएनएमा राजनीतिक हस्तक्षेप हुनुहुँदैन भन्ने गर्दछौं। हाम्रो विधानमा नै राजनीतिक, धार्मिक र जातिय संघ संस्थामा नेतृत्व गरेका व्यक्तिहरु यस संस्थाको नेत्रित्वका लागि उमेद्वार नै बन्न नपाउने ब्यवस्था छ। तर ब्यवहारमा हामीले यसलाई मानीरहेका छैनौं । कुनै एक अमुक संस्थाको नेतृत्व गरेकाहरु यो संस्थाको पदेन अध्यक्ष बन्ने परम्परा जस्तै बनेको छ।
ह्यारोमा कार्यक्रम किन आयोजना गरेको होला ? भन्ने मेरो खुल्दुलीलाइ एक जना मित्रले ‘निर्बाचनको परिणाम यस्तो आउला भन्ने कसलाई थाहा थियो र ?’ भनेबाट अडकल काटन सजिलो भयो। त्यहाँ उप बिजेता साथीहरुको पनि सक्रिय सहभागितालाइ उच्च सम्मान गर्नुपर्दछ। दोश्रो उपविजेताले यो अभियानबाट झन्डै सन्यास लिएको घोषणा गरेजस्तो लाग्यो। यदि त्यसो हो भने अभियानको लागि अपुरणिय क्षति पुग्ने छ। समयसँगै वहाँले आफ्नो धारणामा परिबर्तन ल्याउनपर्छ भन्ने मेरो अनुरोध छ। प्रथम उपविजेताले व्यक्त गर्नुभएको एउटा बिषयले भने मलाइ पनि चिमोटिरहेको छ। वहाँको दुख मन थियो ‘मैदानमा जो देखिए पनि अदृश्य शक्तिहरुसँगको मुकाबिला थियो’ रे यो निर्बाचन।
सामन्यत : हामी सबैले एनआरएनएमा राजनीतिक हस्तक्षेप हुनुहुँदैन भन्ने गर्दछौं। हाम्रो विधानमा नै राजनीतिक, धार्मिक र जातिय संघ संस्थामा नेतृत्व गरेका व्यक्तिहरु यस संस्थाको नेत्रित्वका लागि उमेद्वार नै बन्न नपाउने ब्यवस्था छ। तर ब्यवहारमा हामीले यसलाई मानीरहेका छैनौं । कुनै एक अमुक संस्थाको नेतृत्व गरेकाहरु यो संस्थाको पदेन अध्यक्ष बन्ने परम्परा जस्तै बनेको छ। विभिन्न राजनीतिक संघ संस्थामा महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका मात्र होइन पदमा नै बसेर चुनाबमा होमिनेहरु पनि धेरै नै छन्। भात्री संगठनका नेताहरुले चुनाबको बेला देखाउने ब्यबहारहरु पनि बिचित्र नै छ।
कुनै एक पक्षको समर्थन गर्नु त स्वाभाविक नै हो, तर आज एउटाको कार्यक्रममा गएर अर्कोलाई भरमार गालि गर्ने अनि भोलिपल्ट अर्को टोलीमा मिसिएर बधाई शुभकामना साटासाट गरिन्छ। एक पक्षको निर्बाचनमा बिभिन्न टिममा बाँडिनु मात्र होइन अर्को पक्षको कार्य समितिमा बसेर माला खादा र फेटा लगाउने सम्म गरिन्छ। हिजोसम्म सत्तोसराप गर्नेहरु पनि निर्बाचनको नतिजा आएपछि जुनसुकै समुहमा भएपनि आफ्नो नाता गोता वा अन्य सम्बन्धको आधारमा बधाई र शुभकामना दिनेहरुको सामाजिक संजाल देख्दा पनि उदेक लाग्दछ।
हामीले धेरै अगाडी देखि आफू एनआरएनको नेता बन्न राजनीतिक पार्टीका नेताहरुलाई आफ्नो पक्षमा लबी गर्न प्रेरित गरेका हौं । यो बिस्तारै केहि नेताहरुको कमाइ खाने भाँडो वा चुनाबी खर्च जोहो गर्ने बाटो बन्यो। पहिला जस्तो पहल कदमी पनि थोरैको हातमा नभएको हुँदा सम्पर्क र पहुँचको आधारमा थरि थरिका शक्ति केन्द्रहरु बन्न थाल्यो। अहिले त भात्री संगठनमा देखिएको मनमुटाबलाइ एनआरएनको निर्बाचनमा हराएर बदला वा सन्तुष्टि लिने हदसम्म पुगेको छ। केन्द्र देखि राष्ट्रिय स्तरसम्म उमेद्वारको प्यानल बनाउने बेलामा तल देखि माथिसम्म आफ्नो भात्री संगठनको सदस्यहरु मात्र नाम लेख्ने अनि फेरि राजनीतिक हस्तक्षेप कतैबाट पनि नहोस भनेर भाषण गर्दा आफूलाई नै गिज्याएको चाल पाउँदैनौं।
आफ्ना झिना मसिना स्वार्थको कारण निर्बाचन नै हुनुनपर्ने वा उमेद्वारी नदिए पनि हुने अवस्थामा समेत बलजफ्ती चुनाबी माहोल बनाइन्छ । केन्द्रिय नेतृत्वलाई साथ र सहयोग पाउनको लागि भनेर स्थानीय निर्बाचनमा झन् बढी प्रतिस्पर्धा हुने गरेको छ । आफूले चाहे बाहेकका अन्यलाई कुनै हालतमा पनि नेतृत्व सुम्पन्न नचाहने आफ्नो जिद्दीले समाज ध्वस्त भएको चाल पाएर पनि सचेत भईदैन। आफू आफूबिच लड्ने अनि अरु कोहि जित्यो भने सधैं एकै परिवेशका मानिसले जित्यो भन्दै अदृश्य शक्तिको खोजि गर्न थालिन्छ।
गत निर्बाचनमा त्रिपक्षिय निर्बाचन नभएको भए अहिलेको जस्तो परिस्थिति नआउन पनि सक्दथ्यो। यस्तो बाध्यात्मक अवस्थामा पनि हामीले एक मतले नेत्रित्व छान्न सकेनौं । धेरै पदमा उमेद्वारीसम्म पनि खडा गर्न सकिएन। तर मुख्य पदमा भने हानाथाप गरियो। चुनियर पनि जीतको महसुस गर्न सकिएन र समाज झन् बिखन्डन हुने भयो भने झन घातक हुने थियो। समाजको समस्या के हो छर्लंग देखिँदा पनि फाटेको टालोले छोप्ने प्रयास भयो। राष्ट्रिय भन्दा केन्द्रिय निर्बाचनमा केन्द्रित हुन पुगियो। जसको कार्य समिति बन्यो उसैले केन्द्रिय निर्बाचनको लागि प्रतिनिधि छान्ने केहि सुबिधा भएको कारण स्थानीय समस्या समाधानले त्यति महत्व पाउँदैन।
हामीले धेरै अगाडी देखि आफू एनआरएनको नेता बन्न राजनीतिक पार्टीका नेताहरुलाई आफ्नो पक्षमा लबी गर्न प्रेरित गरेका हौं । यो बिस्तारै केहि नेताहरुको कमाइ खाने भाँडो वा चुनाबी खर्च जोहो गर्ने बाटो बन्यो। पहिला जस्तो पहल कदमी पनि थोरैको हातमा नभएको हुँदा सम्पर्क र पहुँचको आधारमा थरि थरिका शक्ति केन्द्रहरु बन्न थाल्यो।
बेलायतको हकमा आफूलाई निर्बाचनबाट अध्यक्ष बनाएको कारण केन्द्रले मान्यता नदिए पनि आफू आधिकारिक हुँ भन्ने जिकिर छ। गत दुइ वर्षको लागि सिंगो कार्य समिति नै निर्बाचनबाट आएको थियो। अध्यक्ष बाहेक अरु प्राय सबै एकातिर भएको कारण केन्द्रले निर्बाचित बहुमतको शिफारिश अनुसार मान्यता प्रदान गरिएको हो। केन्द्रले तोकिए अनुसार साधारण सदश्यहरुले बुझाएको शुल्क तिरेपछि केन्द्रले अन्य निर्णय लिने प्रश्न रहेन। झन्डै सम्पूर्ण निर्बाचित पदाधिकारी र सदस्यहरु हटेपछि आफूखुशी थपिएको समिति चाहिँ कसरि आधिकारिक हुनसक्छ र ? मतकै आधार लिने हो भने त अध्यक्षले भन्दा बढी मत ल्याउने अन्य सदस्यहरु पनि छन्।
संस्थाको बिधान अनुसार प्रत्येक देशमा सदस्यता वितरण गरिएता पनि प्रति सदस्य पाँच डलर केन्द्रमा बुझाए पछि मात्र त्यस्ता सदस्यहरुले मान्यता पाउने हो। केन्द्रको नाममा उठेको शुल्क बुझाउँदैनौं भन्न पाइदैन । अहिले बिना शुल्क २० हजार सदस्यता भयो भन्नु बिधान सम्मत हुन सक्दैन । जसले केन्द्रको बिधान पालना गर्दैन त्यहि केन्द्र अन्तर्गतको बैधानिक संस्था हौं भन्न चाहिँ किन आवस्यक हुन्छ र ?
जे जसरि जो नेतृत्वमा आए पनि अबको मुख्य प्राथमिकता भनेको समाजलाई सकेसम्म कम विभाजित गर्ने हो। अर्को पक्षसँगको दुरी कम गरी सकेसम्म सहकार्य गर्न सकिने वातावरण तयार पार्ने हो। सँगै बस्न सकिएन भने पनि एक आपासमा अनावश्यक आरोपको भारी बोकाउन हुँदैन। संस्थालाइ एकताबद्ध बनाउन केन्द्रिय रुपमा एक खालको सहमति भैसकेको अवस्थामा राष्ट्रिय रुपमा केहि स्थानमा अलग अलग सम्मेलन भए पनि अक्टोबरसम्म एकसाथ हुनसक्ने आधारहरु तयार पारौं । सामाजिक काम गर्ने भन्ने तर कसैलाई कपोलकल्पित र व्यक्तिगत विषयहरु उठाएर सार्वजनिक रुपमा हतोत्साही गराउनु उचित होइन । प्रहरी प्रशासनले गर्नुपर्ने काम हामीले गर्ने हो भनेर भाषण गर्दै हिँड्न आवश्यक छैन। कानुनी रुपमा कोहि कसैले सिमा पार गरेको छ भने बेलायत जस्तो देशमा त्यस्ता व्यक्तिहरु कुनै दिन सजायको भागिदार हुने नै छन्। भौतिक रुपमा हामी बिकसित देशमा बसेका छौं । तर मानसिक रुपमा हामी अझ धेरै पछाडी रहेको यथार्थता भुल्न हुँदैन। अरुलाई सुझाव दिन खप्पिस हामीले आफ्नो ब्यवहार पनि सुधार गर्न सक्नुपर्दछ।
(लामो समय देखि बेलायत बसोबास गर्दै आएका लेखक गैर आवासीय नेपाली संघका पूर्व केन्द्रिय सल्लाहाकार हुन्।)