शुक्रबार, वैशाख २८, २०८१

लोक पुनको अध्यक्षतामा एनआरएनए फ्रान्समा सर्वसम्मत नेतृत्व

नेपालप्लस संवाददाता / फ्रान्स२०८० साउन १५ गते १६:४६

लामो छलफल, बहस, किचलो, बिमतीलाई चिर्दै गैर आवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सले लोन पुनको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

आइतवार पेरिसमा भएको अधिवेशनले सर्वसम्मतीमा चयन गरेको समितिमा उपाध्यक्षमा दिलिप गुरुङ र लाल सोडारी, महिला उपाध्यक्षमा संगिता तिम्सिना छन् ।

महासचिवमामा महेन्द्र अधिकारी, सचिवमा कमल काफ्ले, कोषाध्यक्षमा टिकादत्त अधिकारी, सहकोषाध्यक्ष विष्णु कुमारी तिमल्सिना, महिला प्रतिनिधी निर्मला शर्मा, युवा प्रतिनिधि लभसन गुरुङ र प्रवक्ता (सदस्यसहित) मा राजेन्द्र बाबु श्रेष्ठ चुनिएका छन् ।

त्यस्तै सदस्यहरुमा ईन्द्र बहादुर बस्नेत, सरुप शाही, सुर्य बहादुर क्षेत्री, मन बहादुर सार्की,सामुन राई र दिलबहादुर नेपाली छन् ।

गैर आवासीय नेपाली संघ फ्रान्सको अन्तर्राष्ट्रिय संयोजन समिति (आइसिसी) सदस्यमा शिवराम भण्डारीलाई चयन गरिएको छ ।

नव नियुक्त समितिका अध्यक्षले समितिको सहमतिमा दुई जना सदस्य मनोनित गरिने जानकारि गराइएको थियो ।

अधिवेशनलाई सभापतीको आसनबाट आफ्नो मन्तब्य राख्दै निवर्तमान अध्यक्ष गीता थापाले सबैलाई धन्यावाद दिईन् । आफ्नो कार्यकालमा ऐतिहासिक रुपले सबै नेपालीलाई समेट्न सक्ने बिधान बनाएको, सबैले सहयोग गरेको र कसैप्रति गुनासो नरहेको भन्दै सबैलाई धन्यावाद दिएकि हुन् । आफ्नो कार्यकालमा आफ्नो नेत्रित्वलाई सहयोग गर्ने करिब पाँच दर्जन ब्यक्तित्वलाई थापाले आफ्नै खर्चमा मायाको चिनोसमेत प्रदान गरेकि थिईन् ।

कार्यक्रममा प्रमुख अतिथिका तर्फबाट नेपाली राजदुतावास पेरिसकी कार्यवाहक राजदुत सिता बस्नेतले प्रवाशका नेपालीहरुको मुख्य समस्या सबैमा अहंता (ईगो) रहेको बताईन् ।

“हामी नेपालीमा ईगो छ । म ठिक छु र अरु बेठिक छन् । त्यसैले मैले नेत्रित्व गर्न पाउनुपर्छ भन्ने छ । त्योनै समस्या हो” बस्नेतले आफ्नो मन्तब्यका क्रममा भनिन् ।

बस्नेतले ‘मेरो कमजोरी कति छ र अरुको कमजोरी कति छ’ भनेर केलाउने पो हो कि भन्दै सुझाव दिएकि थिईन् ।

युरोपको सबल र शक्तिशाली राष्ट्र, संयुक्त राष्ट्र संघ पाँच भिटो राष्ट्र मध्ये एक फ्रान्समा बस्न पाउनु धेरै कुरा जान्न, देख्न, भोग्न र सिक्न अवशर रहेको भन्दै बस्नेतले यस्तो देशमा बसेरपनि ईगो पाल्ने, बिवाद गर्ने गर्न नहुने बरु यहाँबाट नेपालीले सिक्नुपर्ने बताईन् । गर्नुपर्ने नगर्ने र नगर्नुपर्ने काम गर्दै हिँड्ने बानीलाई त्याग्नुपर्ने सुझावसमेत उनको थियो । अन्यथा समय घर्किने र त्यसपछि पस्चाताप गरेर फाईदा नहुने बताईन् ।

सिता बस्नेतले नेपालीहरुमा अरुलाई अर्ति उपदेश दिने बानी रहेको पनि औंल्याईन् ।

लामो समयदेखि संस्थाप पक्ष र असहमत पक्ष भनिने मुल्त दुई खेमामा बिभाजित रहेको एनआरएनए फ्रान्सलाई अध्यक्ष गीता थापाले सहमतिमा ल्याएर सर्वसम्मत निर्णय गराई एकताको सन्देश दिएको भन्दै थापाको धेरैले प्रशंसा गरेका थिए ।

संस्थापन पक्ष र अर्को पक्षबिच राती १० बजेसम्मपनि नेतृत्वका विषयमा सहमति हुनसक्दा निकैबेर बादविवाद भएको थियो । अन्त्यसम्मपनि दुबै पक्ष टसको मस नभएपछि निर्वाचन कमिटी र पर्यवेक्षकहरुले केन्द्रिय समिति र एनआरएनए युरोपका पदाधिकारीसित पटक पटक सामुहिक र आफ्ना निकट अन्य ब्यक्तिसित एक्लाएक्लै समेत गोप्य मन्त्रणा गरेर सुझाव लिएका थिए ।

एनआरएनए फ्रान्सको बिधानमा पाँच जना उपाध्यक्ष राख्न पाईने प्रावधान नभएकाले सहमतिका नाममा राखिएका पाँच उपाध्यक्षनै बिवादको प्रमुख विषय बनेको थियो । बिधान बिपरित पाँच उपाध्यक्ष राख्न नपाइने भन्दै पन्जिक्रित सदस्य र स्थानिय अभियन्ताले चर्को विवाद, हुटिङ र चेतावनी दिएपछि सहमति गरिएको नेतृत्वबाट कसलाई हटाउने भन्ने मुल विवाद देखिएको थियो ।

संस्थापन पक्ष र अर्को पक्षबिच सहमति गर्न भन्दै १० मिनेटको समय मागेर एक घण्टासम्मपनि सहमति गर्न नसकेपछि हलमा रहेका सदस्यहरुले हस्तक्षेपको शैली अपनाएका थिए । यसपछि निर्वाचन कमिटि, अनुगमन कमिटी र नेत्रित्वका दुबै पक्षधरमाथि विवादलाई टुंगोमा पुर्‍याउन थप दबाब परेको थियो ।

केहि सदस्यले मञ्चमै गएर टेबल ठोक्दै आपत्ती जनाएका थिए । त्यसपछि पनि सहमति नभएपछि निर्वाचन कमिटी र पर्यवेक्षकहरुले केन्द्रसित रायसुझाव लिएका थिए । पूर्व सहमति अनुसार सहमतिको नेतृत्व चयन नगरेमा निर्वाचन कमिटी र पर्यवेक्षकहरुलाई सोहि सहमति अनुसार निर्णय गर्न केन्द्रले सुझाव दिएपछि दुबै पक्ष बाध्य भएर सहमति गर्न अघि सरेका थिए । सहमति अनुसार दुबै पक्षले एक एक जना उपाध्यक्ष हटाउने घोषणा गरेलगत्तै सहमतिमा नेत्रित्व चयन भएको हो ।

निवर्तमान अध्यक्ष गीता थापाद्वारा प्रस्तुत नयाँ बिधान र आर्थिक प्रतिबेदन अधिबेशनले सर्वसम्मतीमा पारिद गरेको छ । यस अघि रहँदै आएको भुटानी, नेपाली वा अन्य कुनै कारण देखाएर नेपाली मुलका नेपालीलाई सदस्यताबाट बञ्चित गर्ने बिधानलाई परिमार्जित गर्दै नयाँ विधानले ति सबैलाई समेट्ने ब्यवस्था गरेको छ ।

नेत्रित्व चयन भएपछि हिजै नयाँ कमिटीलाई शपथ खुवाईएको छ ।

पन्जिक्रित सदस्य, संघसंस्थाका प्रतिनिधि र एनआरएनए फ्रान्सका पूर्व अभियन्ताहरुले आर्थिक पारदर्शिता नभएको भन्दै ब्यापक गुनासो गरेका थिए ।

(अधिवेशनको विश्लेषणका लागि नेपालप्लस हेर्दै गर्नुहोला)

तपाइँको प्रतिक्रिया