शुक्रबार, वैशाख २१, २०८१

विरमान श्रेष्ठको अध्यक्षतामा एनआरएनए स्लोभेनियामा नयाँ नेतृत्व

कृष्ण थापा / स्लोभेनिया२०८० साउन १७ गते ०:२३

गैर आवासीय नेपाली संघ (एनआरएनए) स्लोभेनियाले बिरमान श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

आइतवार भएको अधिवेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मतीले नयाँ नेतृत्व चयन गरेको हो ।

एनआरएनए स्लोभेनियाको उपाध्यक्षमा गुणाखर गैरे, सचिवमा इक्स महर्जन, कोषाध्यक्षमा गणेश बहादुर थापा (कृष्ण) चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा ध्रुव नारायण, घिमिरे, कमल बस्नेत, गिता बस्नेत र बद्रि ढुंगाना छन् ।

नयाँ नेतृत्वले नेपालीहरुको बिचमा एकता, भाईचारा र सरसहयोग बढाउन भूमिका खेल्ने भन्दै एनआरएनए स्लोभेनियालाई अझै उचाईमा पुर्‍याउने आस्वाशन दिएका थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक