आइतबार, वैशाख २३, २०८१

पोल्याण्डले बेलारुससितको सिमानामा १० हजार सैनिक पठाउने

नेपालप्लस संवाददाता / फ्रान्स२०८० साउन २५ गते १२:१६

रुस-युक्रेन युद्दपछि बेलारुसले रुसी पक्षधरता लिएकाले पोल्याण्डले बेलारुससितको आफ्नो सिमानामा थप १० हजार सैनिक पठाउने तयारि गरेको छ ।

पोल्याण्डले सीमा गार्डलाई सहयोग गर्न बेलारुससँगको सिमानामा थप १० हजार सेना सार्ने योजना गरिरहेको पोलिस रक्षा मन्त्री मारिउज ब्लास्जाकले बिहीबार विहानै बताएका हुन् ।

रसियाको रक्षा मन्त्रालयले रातभर क्रिमिया नजिकै ११ युक्रेनी ड्रोनहरू र राजधानी मस्कोतर्फ उडेका दुई ड्रोनहरू खसालेको बताएपछि यो समाचार आएको हो।

“लगभग १० हजार सुरक्षाकर्मीहरू सीमामा हुनेछन्, जसमध्ये ४,००० ले प्रत्यक्ष रूपमा सीमा गार्डलाई सहयोग गर्नेछन् र ६,००० रिजर्भमा हुनेछन्,” मन्त्रीले सार्वजनिक रेडियोको लागि एक अन्तर्वार्तामा भने।

“हामी सेनालाई बेलारुससँगको सिमाना नजिक लैजान्छौं ताकि आक्रमणकारीलाई डर होस् र उसले हामीमाथि आक्रमण गर्ने साहस नगरोस्,” ब्लास्जाकले भने।

पोल्याण्डले बेलारुससँगको सीमामा थप २,००० सेना पठाउने उप-गृहमन्त्री माकिएज वासिकले बुधबार बताएका थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक