शनिबार, साउन १२, २०८१

एनआरएनए ११ औं महाधिवेशनकालागि उच्चस्तरिय समिति गठन गर्न परराष्ट्र मन्त्रीसमक्ष आग्रह

नेपालप्लस संवाददाता / काठमाडौं२०८० साउन ३१ गते १५:२३

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबर १७ देखि २० तारिखसम्म हुने ११ औँ महाधिवेशन र गैरआवासीय नेपाली विश्व सम्मेलनअकलागि उच्चस्तरिय गठन गर्न एनआरएनएले परराष्ट्र मन्त्री एन पी साउतसमक्ष आग्रह गरेको छ ।

एनआरएनए प्रतिनिधिका नाममा करिब दुई दर्जन ब्यक्ति सम्मिलित टोली परराष्ट्र मन्त्री एन पी साउदलाई भेट्न पुगेको थियो ।

संघका कार्यकारी अध्यक्ष बद्री केसीको नेतृत्वमा गएको टोलीले एनआरएनएको आगामी अक्टोबर १७ देखि २० तारिखसम्म हुने ११ औँ महाधिवेशन र गैरआवासीय नेपाली विश्व सम्मेलनमा सहकार्यका लागि परराष्ट्र मन्त्री समक्ष अनुरोध गरेको थियो ।

संघका तर्फबाट संघका कार्यकारी अध्यक्ष डा. बद्री के.सी. तथा अध्यक्ष कुल आचार्यले संघले गैरआवासीय नेपाली विश्व सम्मेलन तथा संघको अन्तर्राष्ट्रिय महाधिवेशनको तयारीको बारेमा जानकारी गराएको थियो । एनआरएनए विश्व सम्मेलन नेपाल सरकारकै सहकार्यमा गर्ने परम्परा छ ।

संघका कार्यकारी अध्यक्ष बद्री केसीले सम्मेलनका लागि उच्चस्तरीय समिति गठन गरी यथाशक्य छिटो सम्मेलन सम्बन्धी काम अघि बढाउन र त्यसको सहजीकरण गर्न मन्त्री साउद समक्ष अनुरोध गर्नूभयो ।

जवाफमा मन्त्री साउदले विगतको परम्परालाई सरकारले अघि बढाउने र गैरआवासीय नेपाली विश्व सम्मेलनको लागि छिट्टै उच्चस्तरीय समितिको गठन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

भेटमा गैरआवासीय नेपाली संघको तर्फबाट कार्यकारी अध्यक्ष डा. बद्री के.सी., अध्यक्ष कुल आचार्य, उपाध्यक्ष महेश श्रेष्ठ, महासचिव डा. केशव पौडेल, प्रवक्ता सोम प्रसाद सापकोटा, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् थाईल्याण्डका अध्यक्ष भविन्द्र बस्नेत, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत, सहायक निर्देशक बन्दना शर्मा, अधिकृत कुनाल मिश्राको उपस्थिति थियो । मन्त्रालयका तर्फबाट माननीय पराष्ट्र मन्त्री एन. पी. साउद, नीति योजना, विकास, कुटनीति तथा विदेशमा बस्ने नेपाली सम्बन्धि महाशाखाका प्रमुख रिता धिताल तथा अधिकृत बिष्णु अधिकारीको उपस्थिति थियो ।

तपाइँको प्रतिक्रिया