शुक्रबार, वैशाख २८, २०८१

‘थाइल्याण्ड, म्यानमार र मलेसियाका तीन पुस्तेलाई नेपाली परिचयको जिम्मेवारी एनआरएनएले लिने’

नेपालप्लस संवाददाता / काठमाडौं२०८० साउन ३१ गते १८:४१


थाइल्याण्ड, म्यानमार र मलेसियाका तीन पुस्ते नेपालीलाईपनि नेपाली परिचयको जिम्मेवारी लिएपछि पिएनओले बुझाएको ज्ञापनपत्रका साथमा पिएनओ र एनआरएनए अभियन्ता

झण्डै दुई दशकदेखि गैर आवासीय नेपाली (एनआरएन) ले नेपाली नागरिकताको निरन्तरताको माग उठाए । दुई दशक नाघ्दापनि बिदेशी नागरिकता लिएका ति नेपालीको माग बल्लतल्ल सुनुवाई भयो । ‘हस, हुन्छ, छिट्टै हुँदै छ’ आदि नाममा दुई दशक झुलाए । अझै त्यसले पूर्णता पाउन सकेको छैन । तर एनआरएनएका नेताहरुले आफ्नै हातमा सम्पूर्ण अधिकार भए जसरि थाइल्याण्ड, म्यानमार मलेसिया लगायतका देशमा रहेका नेपाली पूर्खालाई तिनको माग अनुसार नेपाली पहिचान दिलाउने जिम्मेवारी लिएका छन् ।

दक्षिण एशिया बाहेकका अन्य मुलुकका बसोबास गर्दै आएका गैर आवासीय नेपालीलाइ राजनितिक अधिकारबाहेकको सुविधा दिनेगरि गैर आवासीय नेपाली परिचयपत्रका रुपमा संवोधन गरिएपछि थाइल्याण्ड, म्यानमार मलेसिया लगायतका देशमा रहेका नेपाली मुल वा नेपाली पुर्खा भएकाहरुलेपनि एनआरएन कार्ड जस्तै पहिचानको मुद्दा उठाउन थालेका थिए ।

पिएनओको नाममा थाइल्याण्ड, म्यानमार मलेसिया लगायतका देशमा रहेका नेपालीले केहि वर्षदेखि आवाज चर्काउँदै आएका थिए । तिनले केहि दलका नेता, राजदूत र मेडिया प्रयोग गर्दै आएका थिए । सबैभन्दा बढी एन आर एनका केहि अभियन्ता थिए ।

नेपाली कांग्रेसका तर्फबाट म्यानमारको राजदूत बनेका बेला एनआरएनएका पूर्व संस्थापकमध्ये एक भिम उदासले यो नारा सतहमा ल्याएका थिए । म्यानमार, थाईल्याण्ड, मलेशिया लगायतमा रहेका नेपाली पूर्खाका नेपालीलाईपनि नेपाली परिचय दिनुपर्ने भन्दै उदासले सार्वजनिक अभिब्यक्ति शुरु गरेका थिए ।

उनीहरुले पिपल्स अफ नेपाली ओरिजिन (पिएनओ) अर्थात् नेपालीमुल वा नेपालीसित पूर्खा जोडिएका नेपालीलाईपनि एनआरएनए मार्फत् दिईएको नेपाली परिचयपत्र हुनुपर्ने माग राखेका छन् ।

त्यो आवाजलाई सरकार र पार्टीको उच्च निकायमा पुर्‍याउन पिएनओकर्मीले हालको अवस्थालाई उपयुक्त देखेका हुन् । किनकि आगामी अक्टोबर १७ देखि २० सम्म काठमाडौंमा एनआरएनएको महाध्विएशन हुँदै छ । यो महाधिवेशनमा सरकार, पार्टी, नेता, मन्त्री र प्रशासनका उच्च ब्यक्तिहरुसित भेटघाट बाक्लिन्छ । एनआरएनएका अभियन्ताहरुपनि काठमाडौं केन्द्रित बन्छन् । यो बेला नयाँ नारा र आस्वाशनहरु बिक्छन् । तिनाई यति बेला वा चुनाउको बेला अनेक स्वार्थमा बिक्रि गर्न, प्रभावित पार्न सहज हुन्छ ।

यो महाधिवेशनका बेला विश्वभरका आप्रवासी ब्यापारीहरुपनि नेपाल आउँछन् । दलहरुको आर्थिक स्वार्थ पनि चम्किलो बन्छ । आर्थिक स्वार्थ पुरा भएका बेला दलका नेता, प्रशासनिक ब्यक्ति र मन्त्रीहरुले अरुका कुरापनि बढि सुन्छन् । यहि मेसो पारेर पिएनओ अभियन्ताहरुले आफ्ना माग संवोधन गर्नुपर्ने भन्दै आफ्ना एजेण्डालाई चर्काउन, चम्काउन खोजेका छन् ।

बुधवारनै पिएनओ अभियन्ताहरुले गैर आवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रिय नेताहरुसित मिलेर पिएनओ वालाहरुलाईपनि पहिचान गर्नुपर्ने भन्दै एक संयुक्त छलफल कार्यक्रम गरे । उनीहरुले यसलाई अन्तर्क्रिया नाम दिए ।

आगामी निर्वाचनमा एनआरएनएको केन्द्रिय अध्यक्ष पदमा उम्मेदवारी दिने तयारि गरेका हालका कार्यकारी अध्यक्ष डा बद्रि केसी के केम ? उनले पिएनओको मागलाई संवोधनकालागि सम्पूर्ण जिम्मेवारी एनआरएनएले लिने भन्दै भाषण ठोकिहाले ।

संघको सचिवालयमा बुधबार भएको कार्यक्रममा पिएनओका सरोकार र त्यसमा एनआरएनएको भूमिका सम्बन्धमा छलफल भएको थियो ।

थाई नेपाली संघका अध्यक्ष वासना राईले थाइल्याण्डमा बसोबास गर्दै आएका नेपाली मूलका नेपालीभाषी थाई नागरिकलाई गैर आवासीय नेपाली (एनआरएन) परिचयपत्र उपलब्ध गराउन पहल गरिदिन एनआरएनएलाई आग्रह गरे । उनले भने, ‘नेपालीभाषीहरू थाइल्यान्डमा ‘नेपाली जीवन’ बाँचिरहेका छन् । उनीहरू आफूलाई नेपाली भनेरै चिनाउँछन्। थाइल्यान्डका नेपालीभाषीहरू नेपालसँगको नाता टुटाउन चाहँदैनन्।’

हो थाईल्याण्डमा लामो समयदेखि नेपाली मुलका नागरिक छन् । यकिन संख्या कसैलाइ थाह छैन । तर तीन लाख भन्दा बढी भन्नेहरुपनि छन् । थाईल्याण्डमा रहेका नेपाली पूर्खाका नागरिकहरु केहिले नेपाली पहिचान छोडेका पनि छैनन् । तर नेपाल र नेपालीमा सरोकार नराख्नेपनि धेरै छन् । कतिपयलाई नेपालसितको अनता र पहिचानमा कुनै मतलव छैन तर तिनका पक्षमापनि एनआरएनए र पिएनओ वालाले राजनिति शुरु गर्न खोजेका छन् ।

कार्यक्रममा थाई नेपाली संघका निवर्तमान अध्यक्ष कुमार कार्कीले आफ्नै पुर्खाको भूमिमा आफू पहिचान विहिन भएको गुनासो गरे । उनले आफूहरुलाई नेपाली भन्ने परिचय दिलाइदिन सरकारसँग पटक-पटक अनुरोध गरेपनि अझै सो अनुरोध सम्बोधन नभएको भन्दै दुख व्यक्त समेत गरे ।

आफू र आफूजस्ता बहुसंख्यक नेपाली जो पुस्तौँदेखि थाइल्याण्ड, म्यानमार मलेसिया लगायतका देशमा छन् ती नेपालीहरुलाई पहिचान दिलाउन एनआरएनले पनि सहयोग गर्नुपर्ने बताए । उनको भनाईमा एनआरएनएले यो विषय उठान गरेको त छ तर त्यसका लागि थप पहल आवश्यक छ ।

गैर आवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसीले पीएओको माग सम्बोधनको जिम्मेवारी एनआरएनले लिने प्रतिबद्धता व्यक्त गरे ।

एनआरएनएले नेपाली नागरिकताको निरन्तरता, नेपाली मूलका नेपालीलाई नेपाली पहिचान दिनुपर्ने भन्ने मुद्दा दुई दशकसम्म पुरा हुन सकेन । जिवा लामिछाने, डा सुर्य सुवेदी, डा उपेन्द्र महतो, देवमान हिराचन, शेष घले र अन्य दर्जनौं दिग्गजहरुले दुई दशक मरिमेट्दापनि पुरा गर्न नसकेको माग डा बद्रि केसीले तत्कालै ‘यो मागको जिम्मेवारी एनआरएनएले लिन्छ’ भनेर आस्वाशन बाँडिहाले । यसरि अध्यक्षको कुर्सीमा बसेर तत्कालै आस्वाशन बाँड्न हुन्छ कि हुन्न ? त्यसले देश र संस्थालाई केकति जिम्मेवार, अप्ठेरो बनाउँछ, त्यो बाँडेको आस्वाशन पुरा गर्न सकिन्छ कि सकिन्न भन्ने हेक्का राखेको भने देखिन्न ।

बद्रि केसीले भने, “जुन देशका हजुरबाहरुले नेपाली वीर भनेर ख्याती कमाए, तिनका नातीले नेपाली भनेर भन्न पाउँ, चिनाइपाउँ भनेर आँसु बगाउनुपर्ने, यो त ती वीरको वीरता र रगतप्रति नै अन्याय भयो । आज थाइल्याण्ड, म्यानमारमा देखिएको यो समस्या भोली यूरोप, अमेरिका लगायतका देशमा पनि देखिने पक्का छ । यसर्थ यसको समाधान हुनुपर्छ र यो समस्या समाधानको जिम्मा एनआरएनएले लिन्छ ।”

अर्का अध्यक्ष कुल आचार्य त झन् कम हुने कुरै रहेन। उनले त झन बढी आस्वस्त पारे । ‘पीएनओको समस्या एनआरएनएले सरकारसमक्ष राखिसकेको र त्यसको समाधानका लागि आफूहरुले उच्च तहसम्म छलफल गरिरहेको’ आचार्यले बताए।

कार्यक्रममा आमन्त्रित थिए एमाले नेता सूर्य पाठक । ‘आफूले पीएनओको माग र समस्या संसददेखि उच्च तहसम्म राखीसकेको’ बताए । उनले भने, ‘यो त्यति जटिल पनि रहेनछ, तर यसलाई सम्बोधन गर्न ढिलाई भएकै हो । यस विषयमा मैले पनि आवाज उठाएको छु र अबका दिनमा पनि यस समस्या समाधानका लागि पहल गर्छु ।’

एनआरएनए थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतले सञ्चालन गरेको कार्यक्रममा पीएनओका प्रतिनिधिहरु र संघका अध्यक्षद्वयसहित, उपाध्यक्ष महेश श्रेष्ठ, महासचिव डा केशव पौडेल, लगायतको उपस्थिति थियो । सो अवसरमा पीएनओका प्रतिनिधिहरुले एनआरएनलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।

तपाइँको प्रतिक्रिया