मंगलबार, वैशाख १८, २०८१

पेरिस ओलम्पिक २०२४ का लागि पौडी परीक्षण सेन नदीमा

नेपालप्लस संवाददाता / फ्रान्स२०८० साउन ३२ गते १७:३०

Olympics – Paris 2024 holds triathlon test event for the Olympics – Paris, France – August 17, 2023 General view as athletes compete in the elite women triathlon test event in the river seine REUTERS/Stephanie Lecocq

पेरिस ओलम्पिक २०२४ मा सेन नदीमा पौडी प्रतिस्पर्धा गराउनकालागि बुधवार पौडी परिक्षण गरिएको छ ।

ओलम्पिक खेल परिक्षणका आयोजकहरुले बुधवार सेन नदीमा परिक्षण गराएको जनाएका छन् ।

अर्को वर्षको पेरिस ओलम्पिक अघि ट्रायल कार्यक्रमका आयोजकहरूले खराब पानीको गुणस्तरका कारण अघिल्लो परीक्षण यस महिनाको सुरुमा रद्द गर्नु परेपनि आगामी दिनहरूमा एथलेट्सहरूलाई सेन नदीमा पौडी खेल्न हुनुपर्ने सर्तहरू पूरा गरिएको बताएका छन् ।

“भर्खरको परीक्षणहरूले पानीको गुणस्तर स्वीकार्य मापदण्डहरूमा फर्किएको देखाउँदछ” पेरिस ओलम्पिक र प्याराओलम्पिक प्रतिनिधिमण्डलका डेपुटी जनरल डेलिगेट पेरिस सिटी हलमा क्रिस्टोफ रोजाले भनेका छन् ।

“हामी धेरै बलियो प्रक्रियासहित पानीको गुणस्तर अनुगमन गर्दैछौं जसमा दैनिक प्रयोगशाला परीक्षणहरू छन् । त्यसबाहेक स्वचालित नमूना प्रणाली मार्फत लगभग घण्टा घण्टामा परीक्षण गरिएको छ । सर्वोत्तम अवस्थाको ग्यारेन्टी गर्न एथलेट्सहरूले पूर्ण सुरक्षामा प्रतिस्पर्धा गर्न सकुन् भनेर विशेष गरी उनीहरूको स्वास्थ्यको सन्दर्भमा ख्याल गरिएको छ” उनले विस्तृतमा बताए ।

(AP Photo/Michel Euler)

यो घटना एउटा पौडी प्रतियोगिता सार्वजनिक गरिएको अन्तिम मिनेटमा रद्द गरिएपछि आएको हो जुन महिनाको सुरुमा सेनमा हुने थियो। भारी वर्षा भएपछि प्रशोधन नगरिएको फोहोर ओभरफ्लो भएको थियो । त्यसबाट आएको फोहोरले पानीको गुणस्तर बिन्दुमा बिग्रिएको थियो जुन ‘ओपन वाटर स्विमिंग विश्वकप’ आयोजनाको लागि मापदण्ड भन्दा तल थियो ।

खेल आयोजकहरूका अनुसार २०२४ मा जलमार्ग राम्रोसँग तयार हुनेछ । किनभने पेरिसले पानी-व्यवस्थापन परियोजनाहरूमा ठूलो मात्रामा खर्च गरिरहेको छ जुन अधिकारीहरूले आँधीबेहरीले गर्दा हुने प्रदूषणलाई कम गर्ने भनेका छन् ।

पेरिस क्षेत्रीय प्राधिकरणका प्रमुख क्रिस्टोफ नोएल डु पेराटले भनेका छन्, “सेनमा भएको यो पहिलो प्रतियोगिता सेनलाई पौडी खेल्ने क्षेत्र बनाउने लडाइमा एउटा महत्त्वपूर्ण कदम हो।”

सामान्य मौसम हुँदा पानीको गुणस्तर सुधार हुन्छ” उनले भने, “हामीले सन् २०२४ को लागि अझै धेरै काम गर्न बाँकी छ। असाधारण मौसमको सामना गर्न सक्षम हुनुछ जुन हामीले जुलाईको अन्त्य र अगस्टको सुरुमा थाहा पाएका छौं । त्यसपछि वर्षाको स्तर सामान्य औसतको चार गुणा पुगेको छ” उनले भने ।

सेनमा पौडी प्रतिस्पर्धा गराउनकालागि थप पूर्वाधारहरू खडा गरिएको छ । त्यसकालागि पेरिसमा एउटा विशाल भूमिगत जलाशय समावेश छ जसले आँधीबेहरीको समयमा अतिरिक्त पानी भण्डार गर्नेछ । त्यसैले यसलाई ट्रिटमेन्ट (उपचार वा शुद्द) नगरी नदीमा फाल्नु पर्दैन र पछि उपचार गर्न सकिन्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक