शनिबार, वैशाख १५, २०८१

एलन मस्क र जुकरवर्गबिचको भिडन्त कसले आयोजना गर्ने भन्दै ईटालियनहरुबिच लडाइँ

नेपालप्लस संवाददाता / फ्रान्स२०८० भदौ १ गते १:२७

विश्वका दुई प्रमुख धनाढ्यहरु मार्क जुकरबर्ग र एलोन मस्कबीचको सम्भावित लडाइँको आयोजना कसले गर्ने भन्नेमा इटालियन सहर र क्षेत्रहरूबिच लडाई शुरु भएको छ ।

दुई विश्व धनाढ्यबिचको खेल आयोजना गर्ने भन्ने ध्येयले उत्तरी इटालीको मैदानदेखि सिसिलीको चट्टानी तटहरूसम्म, प्रायद्वीपका स्थानीय सरकारहरू लागिपरेका छन् ।

अरबपतिहरू एलोन मस्क र मार्क जुकरबर्गबीचको अन्तिम शोडाउन कसले आयोजना गर्ने भनेर हेर्नको लागि आफू आफूमै लडिरहेका छन्।

यद्यपि दुई अति धनी व्यक्तित्वहरू अझै पनि लडाइँ हुनमा सहमत भएकै भने छैनन् । यो अनिश्चितताले इटालियन शहर र नगरहरूलाई उनीहरूको पुरातात्विक क्षेत्रहरू विश्वलाई देखाउनबाट रोकेको छैन । उनीहरुले हाम्रो शहर यस्तो छ, यति सुन्दर छ, यस्तो सुविधा छ भन्दै प्रचारप्रसार गरिरहेका छन् ।

मस्क र जुकरबर्गले करिब दुई महिनादेखि एक्स (X) मा यी दुई बीचको केज-फाइट प्रकारको खेलको सम्भावना बारे ब्यानर बनाएर प्रचार गर्दै आएका छन्।

यो भिडन्तबारे पहिलो पटक जून महिनामा सुरु भएको थियो जब मस्कले दाबी गरे “यदि उहाँ तयार हुनुहुन्छ भने म केज म्याचको लागि तयार छु।”

त्यसको जवाफमा जुकरबर्गले “मलाई भिडन्तको थलो उल्लेख गरेर पठाउनुहोस्” भन्ने जवाफ दिए ।

इटालीको प्रचिन शहर रोममामा लडाइँ हुने प्रस्ताव मस्कले गरेका थिए । उनले यस बारेमा इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी र संस्कृति मन्त्री गेन्नारो साङ्गिउलियानोसँग छलफल गरेको समेत उल्लेख गरेका छन् ।

११ अगस्टमा, इटालियन संस्कृति मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मस्कसँग मैत्रीपूर्ण कुराकानी गरेको र उनीहरूले “स्थानहरूको सम्मान र पूर्ण सुरक्षा” गर्ने क्रममा कार्यक्रम कसरी आयोजना गर्ने भनेर काम गरिरहेको बताएको थियो ।

संस्क्रिति मन्त्री साङ्गिउलियानोले हस्ताक्षर गरेको बिज्ञप्तीमा दुईवटा इटालियन बाल अस्पताललाई उपहारस्वरूप ठूलो चन्दा दिने पनि बताएका थिए । यो दानको सटीक रकम वा कसले दान गर्ने हो भन्ने स्पष्ट छैन, तर संस्कृति मन्त्रीले “धेरै मिलियन यूरो” हुने उल्लेख गरेका थिए ।

खेलका लागि सम्भावित स्थानहरू

साङ्गिउलियानोले कोलोसियमलाई खेल आयोजना गर्नबाट वञ्चित गरे, जसले आधा दर्जन भन्दा बढी इटालियन शहरहरू र प्राचीन एम्फी थिएटरहरू भएका शहरहरूबाट प्रस्तावहरूको बाढी सुरु गरेको थियो ।

स्पष्ट प्रस्तावहरू पोम्पेई र वेरोना जस्ता शहरहरूबाट पनि आएका थिए, जसले दुवै पुरातन रोमन एम्फीथिएटरहरू होस्ट गर्छन्।

पोम्पेईका मेयर कार्मिन लो सापियोले आफू पोम्पेईको छनौट हुनेमा विश्वस्त रहेको बताएका छन्।

“एलन मस्क र मार्क जुकरबर्ग बीचको विश्वव्यापी चुनौतीको आयोजना गर्न पोम्पेई सबैभन्दा राम्रो साइट हो । मसँग भएको संस्थागत सम्पर्कहरूबाट, मलाई लाग्छ कि छनोट पोम्पेईमा पर्नेछ। म आशावादी छु” उनले भनेका छन् ।

अन्य कम सम्भावित उम्मेद्वारहरू शहरले सिसिलीको टाओर्मिनाबाट प्रस्तावहरू पठाएका छन्। रोमको दक्षिणपश्चिमी बाहिरी भागमा ओस्टिया एन्टिकाको बीचमा रहेको २,००० वर्ष पुरानो एम्फीथिएटरलाई सम्भावित स्थानको रूपमा हेरिएको छ।

क्यालाब्रिया क्षेत्रका अध्यक्ष रोबर्टो ओचिउटोले आफ्नो मैदानलाई युद्धभूमि बन्न प्रस्ताव गरेका छन् । तर उनले यो कहाँ हुनेछ भनेर निर्दिष्ट गर्न सकेनन्। “यो एक राम्रो अवसर हुन सक्छ । यो सामान्य छनोटहरूको विकल्प हो । सबैभन्दा पुरानो सभ्यताहरूको हजारौं वर्षको इतिहास सम्झने, परोपकार गर्न, हेर्न र यो क्षेत्रको प्रवर्द्धन गर्ने उपयुक्त अवशर हो” उनले एक विज्ञप्तिमा भने।

दुई अति धनी प्रविधिका दिग्गजहरूले यो कार्यक्रम हुने भनेर निर्णय गरेपछि, इटालियन शहरहरूबाट प्रस्तावहरू आउने क्रम जारी छ । उनीहरूले अन्ततः यो शताब्दीको रोचक लडाई मार्फत आफ्नो भूमिमा केही लगानी भित्राउने आशा गरेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक