बिहीबार, वैशाख २७, २०८१

पेरिसमा नेपाली महिलाहरुको तीज

नेपालप्लस संवाददाता / फ्रान्स२०८० भदौ १७ गते २३:३९

एनआरएनए फ्रान्सको आयोजनामा पेरिसमा आइतवार नेपाली महिलाहरुले धुमधामसँग तीज पर्व मनाएका छन् । नेपाली चेलीहरुको महान पर्व तीजमा दाजुभाई वा माईतीले नेपालमा तीज खुवाए झैं सम्मान र आदरका रुपमा एनआरएनए फ्रान्सले निशुल्क आयोजना गरेको हो । तर इच्क्षुकहरुका लागि संस्थालाई चन्दा दिन पाइने ब्यवस्था गरिएको थियो ।

नेपाली महिलाहरुको यो लोकप्रिय सांस्कृतिक पर्वमा नेपालबाट आएकी कलाकार मल्लिका कार्कीले सबैलाई नचाएर रमाइलो गराइन् ।

नेपाली दुतावास पेरिसका कार्यवाहक राजदूत सीता बस्नेत लागायतका दुताबास परिवारको उपस्थितिमा सम्पन्न यस कार्यक्रममा एनआरएनए फ्रान्सको पुरानो कार्यसमितिलाई बिदाइ र नयाँ कार्य समितिलाई स्वागत पनि गरियो ।

पेरिसमा सन् २०१० यता नेपाली महिलाहरुले सामूहिक रुपमा तीज मनाउन थालेका हुन् । शुरुका वर्षहरुमा तिज पेरिस स्थित नेपाली राजदूतको रोहबरमा राजदुत निवास र व्यक्तिका घरमा मनाइन्थ्यो भने नेपालीको संख्या बढ्दै गएपछि अचेल तीज कार्यक्रम सँस्थागत बन्दै गैरहेको छ ।

आ इतवारको कार्यक्रम पेरिस नजिकै रहेको ओभरभिलियस्थित कामरान रेस्टुरेन्टमा भएको हो ।

आगामी हप्ता स्याङ्जा समाज फ्रान्स र त्यसपछिको अर्को हप्ता नेपाली एकता समाज पेरिसको आयोजनामा तीज कार्यक्रम पुन मनाउने कार्यक्रम सार्वजनिक गरिएको छ ।

यो तिजमा दिदी बहिनीहरु जम्मा भएको अवशर पारेर एक महिना अगाडि निधन हुनुभएका रामजी गुरुङ (प्रेम दाई) को परिवारलाई पनि आर्थिक सहयोग संकलन गरियो । अध्यागमन मार्फत परिवारलाई पेरिस ल्याउन औपचारिक प्रक्रिया अगाढि बढाएर आवश्यक सबै कागजात बुझाइसेकपछि उहाँको निधन भएको थियो । अहिले उहाँको परिवार फ्रान्सको नियम कानुन अनुसार छोराछोरि तथा श्रीमतीमा उहाँको सम्पत्तीको उतराधिकारिको हक लिनका लागि बिभिन्न प्रशासनिक काममा भुलिहरनुभएको छ ।

उहाँको मद्दतको लागि यहाँका नेपालीबाट आइतबार कूल एघार शय पाँच यूरो संकलन भएको छ । केहि दिदी बहिनीहरुको सक्रियतामा अहिले रामजी गुरुङको परिवारलाई भाडा तिर्न र केहि दिन पेरिसमा बस्नकालागि कम्तीमा २५ शय यूरोको जरुरत परेको कुरा कार्यक्रममा जानकारि दिइयो । बाँकी रहेको १४ शय युरो सबै सँघसँस्थाहरुले मानविय हिसाबले व्यहोरिदिनुहोस भनि कार्यक्रममा आग्रह गरियो ।यसकालागि संघसँस्थासँग समन्वय गर्न एनआरएनए फ्रान्सकी महिला संयोजक निर्मला शाहीलाई सँयोजक तोकिएको छ ।

तपाइँको प्रतिक्रिया