शुक्रबार, वैशाख २१, २०८१

महानायक हमालसित लक्जमवर्गका नेपालीको अन्तर्क्रिया

नेपालप्लस संवाददाता / लक्जमवर्ग२०८० असोज ८ गते ०:१६

गैर आवासीय नेपाली संघ (एनआरएनए) लक्जमवर्गको आयोजनामा नेपाली सिनेमा क्षेत्रका महानायक राजेश हमालसित आइतवार अन्तर्क्रिया गरिएको छ ।

हमालको यूरोप भ्रमणको सिलसिलामा त्यहाँका नेपालीले हमालको युरोप भ्रमणका बारेमा चासो राखेका थिए ।

एनआरएनए लक्जमवर्गका अध्यक्ष बिमलबाबु उपाध्यायले महानायक हमाललाई स्वागत गर्दै आफ्नो युरोप भ्रमणबारे बताईदिन आग्रह गरेका थिए ।

लक्जमवर्गको स्थानिय नमस्ते रेस्टुरेन्टमा आयोजना गरिएको सो कार्यक्रममा करिब १५० जना नेपालीको सहभागिता रहेको थियो।

हमालले नेपालको ठूलो जनसंख्या प्रवाशमा रहेको र ति मध्ये बिभिन्न क्षेत्र र प्रिष्ठभूमिबाट आएकालेपनि तिनको प्रतिनिधित्व हुनुपर्ने बताए । ति नेपाली मध्ये धेरैले आफ्नो पेशा, ब्यापार, शिक्षा र अन्य क्षेत्रमा सक्रियता जनाउँदा नेपाललाई प्रवर्धन र नेपालीलाई सहयोग गरेकाले तिनको कहिँ न कतै पहिचान, उल्लेख हुनुपर्ने, तिनको योगदानको कदर हुनुपर्ने र तिनलाई नेपाल र नेपालीले चिन्नुपर्ने खाँचोको आफूले महसुस गरेको उल्लेख गरे ।

नेपाल र नेपालीलाई प्रवर्धन गर्ने, नेपाललाई कुनै न कुनै रुपमा नेपाल र नेपालीको शिर उँचो राख्ने नेपालीबारे आफूले विशेष कार्यक्रम ल्याउनकालागि योरोप भ्रमण गर्न लागेको स्पष्ठ पारेका थिए । कुनै एक टेलीभिजन कार्यक्रम मार्फत् आफूले नेपाल र नेपालीको शिर उचाल्ने प्रवाशका नेपालीबारे सार्वजनिक गर्ने महानायक हमालले सुनाए ।

त्यसै सिलसिलामा आफू अ मेरिका बेलायत, जर्मनी लगायतका मुलुकमा रहँसा त्यस्ता नेपालीको खोजि र चासो राखेकोसमेत सुनाए।

कार्यक्रमका बेला राजेश हमलाले निकै रोचक प्रसंग सुनाएर उपस्थित नेपालीहरुलाई हँसाएका थिए । ‘साथीहरुकोलागि यो हात सलाम, दुस्मनकालागि यो हात फलाम’ भन्दै हँसाएका थिए । अन्तर्क्रियाका क्रममा उनले सिनेमा जगतका केहि रोचक डाईलगहरु समेत सुनाएका थिए ।

एनआरएनए लक्जमबर्गका संस्थापक अध्यक्ष नारायण गुरुङले नेपाली कला क्षेत्रका महानायक, नेपालका एक बौद्दिक ब्यक्तित्व राजेश हमाललाई लक्जमबर्गमा स्वागत गर्न पाउनु, उहाँसित अन्तर्क्रिया गर्न पाउनु नेपालीका लागि अवशर रहेको सुनाए ।

तपाइँको प्रतिक्रिया

फेसबुक