बिहीबार, वैशाख २७, २०८१

तीन हप्ताको पदयात्रा पछि सगरमाथामा बिदेशी जोडीको विवाह

नेपालप्लस संवाददाता / काठमाडौं२०८० असोज १६ गते २१:२८

विश्वको सर्बोच्च शिखर सगरमाथाको तीन हप्ते यात्रापछि एक जोडी बिदेशीले गरेको विवाहको अहिले बिदेशी मेडियाहरुमा चर्चा भैरहेको छ ।

मानिसहरु भन्छन्- प्रेमले पहाडहरू पनि सार्न सक्छ । तर क्यालिफोर्नियाका एक जोडीले उनीहरू सगरमाथा जस्तो उच्च हिमाल चढ्न पनि सक्छन् भन्ने प्रमाणित गरेका छन् ।

एश्ले स्मेइडर र जेम्स सिसनले आफ्नो देशमा गरिने पुरानै, परम्परागत र सामान्य शैलीको विवाह उचित हुन्न भन्ने महसुस गरे । त्यसैले तिनीहरूले एक अनुपम, फरक र आजन्म संझना दिलाईरहने शैली रोजे, सगरमाथामा विवाह । अहिले उनीहरुले सगरमाथामा गएर गरेको विवाहका तस्विरहरु संसारभर फैलिएको छ, महाकाब्य झैं ।

३२ वर्षीय एश्ले र ३५ वर्षीय जेम्सले सगरमाथा अभियानको लागि आफ्ना योजना र प्रशिक्षण पूरा गर्न पुरै एक वर्ष बिताए । अन्ततः मार्चको सुरुमा नेपाल आइपुग्दा उनीहरु आफ्नो देशको, कुनै शहर र गाउँको पार्कमा हिंड्नु जस्तो थिएन।

उनीहरू एक फोटोग्राफर लिएर आएका थिए, चार्लेटन चर्चिल । उनीहरूलाई १७,००० फिट अग्लो आधार शिविर सगरमाथामा पुग्न तीन हप्ताको राम्रो समय लाग्यो जहाँ उनीहरूले गहिरो हिउँ, चिसो तापक्रम, र लेक लाग्ने (उचाइको रोग) सबैलाई जितेर, सँगै बाँडेर आफ्नो वाचा पूरा गरे ।

थप हेर्न ईस्ताग्रामको यो लिंकमा जानुहोला !

https://www.instagram.com/charletonchurchill/?img_index=1

तपाइँको प्रतिक्रिया