शुक्रबार, वैशाख २१, २०८१

एनआरएनए एसिया प्यासिफिक महिला संयोजकमा अनिता गुरुङले दिईन् उम्मेदवारी

नेपालप्लस संवाददाता / काठमाडौं२०८० असोज १८ गते १७:२८

गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक महिला संयोजकमा अनिता गुरुङले उम्मेदवारी दिने घोषणा गरेकी छन्।

एनआरएनए अभियानमा लामो समयदेखि आबद्ध गुरुङले एनआरएनए एसिया प्यासिफिक महिला संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्।

काठमाडौँमा यही अक्टोबर १७ देखि २० सम्म हुने ११ औं अन्तर्राष्ट्रिय महाधिवेशनमा एसिया प्यासिफिक महिला संयोजक पदमा आफुलाई सहयोग गर्न एनआरएन अभियन्ताहरूलाई गुरुङले अपिल गरेकी छन्।

उनले विदेशमा रहेका नेपाली र नेपाली मूलका विदेशी नागरिकको ज्ञान, सीप, प्रविधि र पूँजीको परिचालन गर्दै नेपालको विकासमा योगदान गर्ने सोचलाई कार्यान्वयन गर्न सहयोगी बन्ने बताइन्।

तमुधिं जापानकी पूर्वअध्यक्ष गुरुङ परिचित अनुहार हुन्। एसिया प्यासिफिक महिला संयोजक पदमा आफूले शुभेच्छुकहरुको आग्रहका कारण उम्मेदवारी दिएको उनले जानकारी दिइन्।

लामो समयदेखि जापानलाई कर्मभूमि बनाउँदै आएकी अनिता समाजसेवामा सधैँ अग्रपंक्तिमा छिन्। जापानमा मात्र होइन, उनले नेपालमा समेत आपतबिपत परेको बेला राहतका कार्यक्रमहरु संचालन गर्दै आएकी छन्।

एनआरएनए भित्र एक क्षमतावान नेतृको रुपमा हेरिने अनितालाई एनआरएएन अभियन्ताहरुले निर्वाचनमा उठ्न सुझाव दिएपछि बढेको उनले बताएकि छन् ।

यस्ता छन् उनका एजेन्डा

१- संस्थाको शुद्धिकरण र भावनात्मक एकता: एनआरएनएमा महिला सहभागिता बढाउने ।

२- परदेशी भूमिमा रहेका नेपाली महिलाहरुको समृद्धि र सचेतनाको उजागर गर्ने।

३- परदेशी भूमिमा हुर्किँदै गरेका बालबालिकाहरुलाई नेपाली भाषा, कला संस्कृति र भेषभूषा सिकाउने ।

४- नेपाली महिलाहरुले परदेशमा सिकेका ज्ञानसीप घरदेशमा रहेका महिला दिदिबहिनीहरुबीच समन्वय गरि जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने । महिलाहरुको समस्या पहिचान र समाधान गर्न महिला नेतृत्वलाई अगाडि बढाउने ।

५- विदेशमा बस्ने नेपालीहरुलाई एनआरएनए सुखदुखको अभिभावकीय संस्था हो भन्ने अनुभूति गराउने, जुनसुकै कारणले विदेशीएका नेपालीहरुका लागि “एनआरएनए मेरो भरपर्दो साथी” भन्ने अवधारणा ल्याउने ।

तपाइँको प्रतिक्रिया

फेसबुक